काठमाडौँ महानगरपालिकामा एमाले चौध हजारले अगाडि

काठमाडौँ महानगरपालिका वडा नम्बर ६ को वडाअध्यक्षमा दिपेन्द्र लामा विजयी हुनुभएपछि राष्ट्रिय सभा गृहमा खुसीयाली मनाउँदै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, १० जेठ । काठमाडौँ महानगरपालिकामा एक लाख ४० हजार ५५१ मतगणना गर्दा नेकपा (एमाले) ले ४६ हजार ५९३ प्राप्त गरी आफ्नो अग्रता कायम गरेको छ ।

अहिलेसम्मको मतगणना हेर्दा कामपाको प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य ४६ हजार ५९३ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने नेपाली काँग्रेसका राजुराज जोशीले ३२ हजार ७०९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, विवेकशील पार्टीकी रञ्जु दर्शनाले १६ हजार ९९६ र साझाका किशोर थापाले १२ हजार ८९८ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सर्वोत्तम डङ्गोलले पाँच हजार १५६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४२ हजार ४७६, राप्रपाका राजाराम श्रेष्ठले २५ हजार २८२, साझा पार्टीका तर्फबाट निरूपमा यादवले आठ हजार ३३३ मत र माओवादी केन्द्रकी सुशीला पौडेलले ६ हजार ९५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री