भक्तपुर, ९ जेठ । भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बुधबारबाट भक्तपुरमा साझा बस सञ्चालन गर्ने भएको छ ।
भक्तपुरमा बस सञ्चालन गर्नेे साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर सफल भएको हो । उक्त यातायातले काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म भोलि बिहान ६ः३० बजेदेखि २० वटा बस सञ्चालनमा ल्याउने भएको साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेले भन्नुभयो, “भोलि बिहान ६ः३० बजे पुल्चोकबाट भक्तपुरका लागि पहिलो साझा बस छुट्नेछ, प्रत्येक दिन बिहान ६ः३० देखि राति ९ बजेसम्म बस चल्नेछ ।” साझा यातायातले काठमाडौँको स्वयम्भूबाट कलङ्की, रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, थापाथली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, मीनभवन, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशल्टार, गठ्ठाघर, नयाँठिमी, राधेराधे, सृजनानगर, सल्लाघारी हुँदै सूर्यविनायकसम्म जाने र फर्कने रुट निर्धारण गरेर बस सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।
सूर्यविनायकबाट फर्कने क्रममा भने केही रुट परिवर्तन गरिएको छ । फर्कंदा भक्तपुरबाट माइतीघर पुरानै रुटअनुसार आउने र त्यहाँबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घन्टाघर, पुरानो बसपार्क, सहिदगेट, त्रिपुरेश्वर, कलङ्की हुँदै स्वयम्भू पुग्ने प्रमुख कार्यकारी निर्देशक पाण्डेले बताउनुभयो ।
स्वयम्भूबाट भक्तपुरसम्म पुगेको बस भाडा भने साझाले रु २५ मात्रै निर्धारण गरेको छ । साझाको उपत्यकामा सञ्चालनमा रहेका ४४ वटा बसलाई व्यवस्थापन गरेर भक्तपुरसम्म लैजान लागेको उहाँले बताउनुभयो । साझाले भक्तपुरको नयाँबाटो र पुरानो बाटो गरी दुवै रुटमा बस सञ्चालनका लागि अनुमति माग गरे पनि यातायात व्यवस्था विभागले भने नयाँ रुटमा मात्रै बस सञ्चालन गर्ने अनुमति दिएको पाण्डेले बताउनुभयो ।
कार्यकारी निर्देशक पाण्डेले भन्नुभयो, “पहिलो चरणमा भक्तपुरको नयाँ बाटोमा मात्रै अनुमति पाएका छौँ, यहाँ २० वटा बस सञ्चालन गर्नेछौँ, विभागले पुरानो बाटोका लागि पनि अनुमति दिएलगत्तै दुईवटै रुटमा साझाका बस सञ्चालन गर्छौं ।”
साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, निकोसेरा, ब्यासी हुँदै कमलविनायक भएर नयाँ बाटो हुँदै फर्किने गरी रुट मागे पनि हाललाई त्यो रुट भने पाउन सकेन । साझाका ४६ बसमध्ये हाल दुईवटा बस लामो दूरीमा सञ्चालन गरे पनि लामो दूरीका लागि बस थप्न १२ वटा नयाँ डिलक्स बस खरिद प्रक्रियामा अगाडि बढाएको उहाँले बताउनुभयो ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर