
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार व्यवस्थापिका संसदको बैठकमा सहभागी हुनजानेक्रममा संसद भवन । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, ९ जेठ । प्रमुख दलहरुबीच सहमति हुन नस्क्दा व्यवस्थापिका–संसद्को बैठक अन्तिम समयमा आएर नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ ।
संसद् सचिवालयले सूचनामार्फत बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी दिएको छ । बैठक सञ्चालन गर्ने विषयमा प्रमुख दलहरुबीच सभामुख ओनसरी घर्तीको पहलमा बैठक आयोजना गरिएको भए पनि आ–आफ्नै अडानमा कायम रहेका कारण कुनै निष्कर्ष निस्कन सकेन ।
सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल गराउनु भएपनि एमालेको हठका कारण बैठक कुनै निष्कर्ष पुग्न नसकेको छलफलपछि नेताहरुले जानकारी दिनुभयो ।
सरकारले सोमबार तराई मधेसका क्षेत्रमा बढाएको स्थानीय तह फिर्ता हुनुपर्ने एमालेको माग रहेको छ । तराई मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागी गराउने लक्ष्यका साथ सरकारले स्थानीय तहको सङ्ख्या बढाएको बताउँदै आएको छ ।
प्रमुख प्रतिपक्षीले संसद् अवरोध गर्ने धम्की दिएपछि प्रधानमन्त्रीले सदनलाई गर्न लाग्नुभएको विशेष सम्बोधनसमेत रोकिएको छ । प्रधानमन्त्रीले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको र त्यसमा आम नेपाली जनताको उल्लेख्य सहभागितासहित सम्पन्न पारेको बधाई दिँदै सम्बोधन गर्ने तयारी गर्नुभएको थियो ।
प्रमुख सत्तारूढ दल काँग्रेससँग भएको सहमतिअनुसार प्रधानमन्त्रीबाट राजीनामा दिनेसमेत उहाँको तयारी थियो । संसद् बैठक नै चल्न नसकेपछि प्रधानमन्त्रीको सम्बोधनसमेत रोकिएको र एमालेको त्यस खालको कार्य गैरसंवैधानिक र संसदीय मूल्य र मान्यताविपरीत रहेको नेपाली काँग्रेसका सचेतक चीनकाजी श्रेष्ठको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विशेष सम्बोधन गर्नुअघि मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र मन्त्रीहरूले बालुवाटारमा सामूहिक तस्बिर खिचाउँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
प्रमुख सचेतक श्रेष्ठले प्रधानमन्त्रीले संसद्मा बोल्नुभन्दा अवरोध गर्नु एमालेको संसदीय चरित्र विपरीतको कार्य भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “संसदीय प्रणालीमा प्रधानमन्त्रीको सम्बोधन नै रोक्नुजस्तो गैरजिम्मेवार चरित्र अरू हुन सक्दैन । यद्यपि बुधबार बिहान ९ नौ बजे प्रमुख तीन दलका शीर्षनेताबीच छलफल गरेर एउटा निकास दिने निर्णय भने भएको छ ।”
परराष्ट्रमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र)बीच भएको सहमतिअनुसार नै सामान्यरुपमा सरकार परिवर्तन हुन लागेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षीले गैरराजनीतिक चरित्र देखाएको र संसद् अवरोध गरेर अराजनीतिक व्यवहार देखाएको बताउनुभयो ।
नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले भने आफूहरुको सहमति विपरीत सरकारले स्थानीय तह थप गरेकाले आफूहरुले विरोध गरेको बताउनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता