लन्डन । नेपाली नयां वर्ष कार्यक्रम गर्न महिनादिन अघि बेलायत आएको दमन रुपाखेतीको टोली मंगलबार नेपाल फर्किएको छ ।
पिस इन्टरटेनमेन्टको निमन्त्रणामा हांस्य कलाकारहरु रुपाखेती, पारबन राई र गायिकाहरु कला राई एवं विष्णु चेम्जोङ बेलायत आएका थिए । मंगलबार तीन कलाकार फर्किएपनि गायिका चेम्जोङ केही समय बेलायतमै रहनेछिन् । उनीहरुले बेलायतका विभिन्न शहरमा १४ वटा कार्यक्रम गरेको आयोजकले जनाएका छन् ।
ति चार कलाकारले आफ्नो अन्तिम कार्यक्रम सोमबार सांझ उलवीच लोटस क्लबमा गरे । उक्त कार्यक्रममा दमन र पारबानले देशको समसामयिक अवस्था र राजनीतिक विकृतिको उछित्तो काडे भने बेलायतवासी नेपालीलाई मातृभूमिको माया गरिरहन आग्रह गरे । गायिकाद्वय कला राई र विष्णु चेम्जोङले विभिन्न गीत गाए ।
मोडल, कलाकार एवं नर्स प्रसुना कंडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले कलाकारहरु राष्ट्रका गहना भएको बताउंदै बेलायतवासी नेपालीले कलाकारहरुलाई सम्मान गर्ने गरेको बताए । उनले कलाकारहरुको प्रस्तुतिमा झल्किएको राष्ट्रप्रेमको पनि प्रशंसा गरे । पिस इन्टरटेन्मेन्टका निर्देशक भरतमणी चोङबाङले स्वागत मन्तव्य दिएका थिए ।
लन्डनका पत्रकारहरु सम्मानित

उक्त कार्यक्रममा पिस इन्टरटेन्मेन्टले लन्डनस्थित नेपाली पत्रकारहरुलाई सम्मान गरेको छ । क्रियाशिल पत्रकारहरु नवीन पोखरेल, कुशल श्रेष्ठ, फडिन्द्र भट्टराई, ध्रुवराज अर्याल, शिव भण्डारी र विमला सेनेलाई मनोरन्जन उद्योगको विकास र नेपाली संस्कृति संवर्धन एवं प्रचार प्रसार गरेकामा सम्मान गरिएको हो । राजदूत डा. सुवेदी र पिस इन्टरटेन्मेन्टका चोङबाङ एवं सुमन अधिकारीले प्रशंसा-पत्र र खादाले सम्मान गरेका थिए ।
उक्त कार्यक्रमको संयोजन प्रकाशराज कंडेल र जीवन सेनले गरेका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]