लन्डन । नेपाली नयां वर्ष कार्यक्रम गर्न महिनादिन अघि बेलायत आएको दमन रुपाखेतीको टोली मंगलबार नेपाल फर्किएको छ ।
पिस इन्टरटेनमेन्टको निमन्त्रणामा हांस्य कलाकारहरु रुपाखेती, पारबन राई र गायिकाहरु कला राई एवं विष्णु चेम्जोङ बेलायत आएका थिए । मंगलबार तीन कलाकार फर्किएपनि गायिका चेम्जोङ केही समय बेलायतमै रहनेछिन् । उनीहरुले बेलायतका विभिन्न शहरमा १४ वटा कार्यक्रम गरेको आयोजकले जनाएका छन् ।
ति चार कलाकारले आफ्नो अन्तिम कार्यक्रम सोमबार सांझ उलवीच लोटस क्लबमा गरे । उक्त कार्यक्रममा दमन र पारबानले देशको समसामयिक अवस्था र राजनीतिक विकृतिको उछित्तो काडे भने बेलायतवासी नेपालीलाई मातृभूमिको माया गरिरहन आग्रह गरे । गायिकाद्वय कला राई र विष्णु चेम्जोङले विभिन्न गीत गाए ।
मोडल, कलाकार एवं नर्स प्रसुना कंडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले कलाकारहरु राष्ट्रका गहना भएको बताउंदै बेलायतवासी नेपालीले कलाकारहरुलाई सम्मान गर्ने गरेको बताए । उनले कलाकारहरुको प्रस्तुतिमा झल्किएको राष्ट्रप्रेमको पनि प्रशंसा गरे । पिस इन्टरटेन्मेन्टका निर्देशक भरतमणी चोङबाङले स्वागत मन्तव्य दिएका थिए ।
लन्डनका पत्रकारहरु सम्मानित

उक्त कार्यक्रममा पिस इन्टरटेन्मेन्टले लन्डनस्थित नेपाली पत्रकारहरुलाई सम्मान गरेको छ । क्रियाशिल पत्रकारहरु नवीन पोखरेल, कुशल श्रेष्ठ, फडिन्द्र भट्टराई, ध्रुवराज अर्याल, शिव भण्डारी र विमला सेनेलाई मनोरन्जन उद्योगको विकास र नेपाली संस्कृति संवर्धन एवं प्रचार प्रसार गरेकामा सम्मान गरिएको हो । राजदूत डा. सुवेदी र पिस इन्टरटेन्मेन्टका चोङबाङ एवं सुमन अधिकारीले प्रशंसा-पत्र र खादाले सम्मान गरेका थिए ।
उक्त कार्यक्रमको संयोजन प्रकाशराज कंडेल र जीवन सेनले गरेका हुन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा