मलेखु (धादिङ), ७ जेठ । मध्य धादिङको ज्वालामुखी गाउँपालिकामा शनिबार राति नेकपा(एमाले) र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएपछि आज नेपाली काँग्रेसले धादिङ बन्द गराएको छ ।
झडपमा काँग्रेस र एमालेका सात कार्यकर्ता घाइते भएका छन् । काँग्रेस पूर्वसभापति रामनाथ अधिकारीको नेतृत्वमा सदरमुकाम धादिङबँेसी बजार बन्द गराइएको थियो । बन्दका कारण सदरमुकामबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । बजार पूर्ण रुपमा बन्द गरिएको छ ।
आज बिहान नीलकण्ठ क्याम्पस बन्द गरिएको थियो । सदरमुकामका सरकारी तथा निजी विद्यालय पनि बन्द गरिएको छ । बजार बन्द गराइएपछि काँग्रेस कार्यकर्ता चोक चोकमा आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै बसेका छन् ।
शुक्रबार ज्वालामुखी गाउँपालिका– ३ कोलेमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको थियो । गाउँपालिकामा काँग्रेसले अध्यक्षसहित विजय हासिल गरेको र एमालेले उपाध्यक्षसहित बहुमत वडा जितेपछि शुक्रबार छुट्टाछुट्टै विजयसभा गरेका थिए ।
विजय सभाबाट घर फर्कँदै लगरेका एमाले कार्यकर्ता चढेको गाडीमा वियरको बोतल र ढुङ्गा हानिएको र त्यसपछि झडप भएको एमालेले जनाएको छ ।
काँग्रेसले भने आफूहरुमाथि आक्रमण गरिएको जनाएको छ । झडपमा काँग्रेसका चार र एमालेका दुई जना घाइते भएको बताइएको छ । झडपका क्रममा गाउँपालिका प्रमुखमा निर्वाचित काँग्रेसका विनोद तिमल्सिना तथा काँग्रेसका नरेन्द्र भट्ट र दामोदर भट्ट घाइते भएका छन् ।
घाइतेको जिल्ला अपतालमा उपचार भइरहेको छ । भट्टद्वयको काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमा सेन्टरले घर फिर्ता गराएपछि नरेन्द्रलाई ग्रिनसिटी अस्पतालमा पुनः भर्ना गरिएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
एमालेका अमृत आले, नारायण पुरी र एक बालकसमेत गाडीमा ढुङ्गाले लागेर घाइते भएका छन् । घाइते एमाले कार्यकर्ताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उपचार भइरहेको स्थानमा प्रहरीले नियन्त्रणमा लिएर सञ्चारकर्मीलाई समेत प्रवेशमा रोक लगाएको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ । घटनास्थलमा थप क्षति हुन नदिन सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । हाल जिल्लाको सुरक्षाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय