
काठमाडाँै, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पहिलो चरणजस्तै मधेस, पहाड र हिमालका जनताको उत्साहपूर्वक व्यापक जनताको सहभागितामा हुने विश्वास दिलाउनुभएको छ ।
नेपाल टेलिभिजनको ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ कार्यक्रममा उहाँले पहिलो चरणको निर्वाचनमा शान्तिपूूर्ण रुपमा उत्साहपूर्ण तवरले सम्पन्न भएकामा आफूलाई गौरव महसुस भएको बताउनुभयो ।
पहिलो चरणको निर्वाचनले दोस्रो चरणको निर्वाचनका लागि आधार तयार गरेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचनमा पनि कुनै शङ्का नगर्न सबैसँग आह्वान गर्नुभयो ।
आफ्नो पार्टीलाई जनताले दिएका मत सन्तोषजनक भएको बताउँदै उहाँले भन्नुभयो – “मेरो पार्टीले जित्नुभन्दा पनि राष्ट्र र जनताले जितेको छ, यसमा मलाई गर्व छ ।” प्रधानमन्त्रीले प्रदेश र केन्द्रसम्मको निर्वाचन हुँदा जनताले आफ्नो पार्टीलाई जिताउने विश्वास व्यक्त गर्नुभयो ।
बजेट ल्याउने र संविधान संशोधनका विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा मधेस केन्द्रित दलका नेतासँग निरन्तर सम्पर्कमा रहेको बताउँदै उहाँले संविधान कार्यान्वयनमा सबै राजनीतिक दलको सहकार्य आवश्यक भएको बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी