
काठमाडाँै, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पहिलो चरणजस्तै मधेस, पहाड र हिमालका जनताको उत्साहपूर्वक व्यापक जनताको सहभागितामा हुने विश्वास दिलाउनुभएको छ ।
नेपाल टेलिभिजनको ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ कार्यक्रममा उहाँले पहिलो चरणको निर्वाचनमा शान्तिपूूर्ण रुपमा उत्साहपूर्ण तवरले सम्पन्न भएकामा आफूलाई गौरव महसुस भएको बताउनुभयो ।
पहिलो चरणको निर्वाचनले दोस्रो चरणको निर्वाचनका लागि आधार तयार गरेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचनमा पनि कुनै शङ्का नगर्न सबैसँग आह्वान गर्नुभयो ।
आफ्नो पार्टीलाई जनताले दिएका मत सन्तोषजनक भएको बताउँदै उहाँले भन्नुभयो – “मेरो पार्टीले जित्नुभन्दा पनि राष्ट्र र जनताले जितेको छ, यसमा मलाई गर्व छ ।” प्रधानमन्त्रीले प्रदेश र केन्द्रसम्मको निर्वाचन हुँदा जनताले आफ्नो पार्टीलाई जिताउने विश्वास व्यक्त गर्नुभयो ।
बजेट ल्याउने र संविधान संशोधनका विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा मधेस केन्द्रित दलका नेतासँग निरन्तर सम्पर्कमा रहेको बताउँदै उहाँले संविधान कार्यान्वयनमा सबै राजनीतिक दलको सहकार्य आवश्यक भएको बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा