काठमाडौँ, ६ जेठ । काठमाडाँै महानगरपालिकामा नगर प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य १८ हजार ३८० मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले १२ हजार ७६७ मतले पछ्याइरहनुभएको छ ।
त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले सात हजार ३३६ मत र साझा पार्टीका किशोर थापाले पाँच हजार ५०४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नगर उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले १६ हजार ५९३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले १० हजार ५१४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । साझा पार्टीकी उपप्रमुख निरुपमा यादवले तीन हजार ८५ मत प्राप्त गर्नुभएको छ ।
आयोगका अनुसार काठमाडाँै महानगरपालिकामा हालसम्म ५६ हजार ४३९ मतगणना भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी