भरतपुर, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै अप्ठ्यारासँग सामना गरेर ठूलो वीरता प्रदर्शनपछि मात्रै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताउनुभएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको केन्द्रीय कार्यालय भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले धेरै ठूलो मिहिनेतपछि र लामो समयको अन्तरालपछि नयाँ सन्दर्भमा स्थानीय तहको पहिलो चरणकोे निर्वाचन सम्पन्न भएको बताउनुभयो । दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने दायित्व पनि त्यति नै गम्भीर भएको बताउँदै उहाँले भन्नुभयो “अझ भन्ने हो भने पहिलोभन्दा अझ बढी गम्भीर जिम्मेवारी दोस्रो चरणमा छ ।”
दोस्रो चरणको निर्वाचन सम्पन्न गरिसकेपछि परिवर्तन संस्थागत मात्रै नभएर जनताको सहभागितामा कल्पना गरेभन्दा राम्रो विकास हुने उहाँले बताउनुभयो । निर्वाचन सफलतापूर्वक सम्पन्न गर्दा आफ्नो जिम्मेवारी पूरा भएको महसुस भएको छ भन्दै उहाँले आफूलाई कसले जित्छ, कसले हार्छ भन्ने आफूलाई नलागेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपाली कांग्रेसले जिते पनि मैले जितेको जस्तो हुने, एमालेले जिते पनि मैले नै जितेको जस्तो ठानेको छु, माओवादीले जित्दा त ठान्ने नै भएँ ।”
लामो समयदेखि कृषि र त्रिभुवन विश्वविद्यालयबीच भौतिक सम्पत्तिमाथिको विवाद अन्त्य गर्न आफू सफल भएको पनि प्रधानमन्त्री दाहालले बताउनुभयो ।
सोही अवसरमा कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले विश्वविद्यालय कृषि विकास मन्त्रालयअन्तर्गत रहनुपर्ने बताउँदै विश्वविद्यालयले अध्ययन, अनुसन्धान र प्रसारमा लागेमा कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने छ भन्नुभयो ।
कार्यक्रममा सांसद शेषनाथ अधिकारी र कृष्णभक्त पोखरेलले चितवनवासीको ठूलो सङ्घर्षबाट स्थापित विश्वविद्यालयलाई संस्थागत रुपमा विकास गरेर लैजान सरकारी तवरबाट सहयोगको खाँचो औँल्याउनुभयो ।
विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा कैलाशनाथ प्याकुरयालले विश्वविद्यालयमा प्रयोगात्मक पढाइ नभएमा गुणस्तरीय शिक्षा दिन नसकिने बताउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजन गौतमले जिल्लामा विश्वविद्यालय स्थापना गर्न सङ्घको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा हालसम्मको उपलब्धिका बारेमा विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले जानकारी गराउनुभएको थियो ।
विसं २०७० माघ २३ गते ३० महिनामा सम्पन्न गर्ने गरी अनक लुम्बिनी बङ्गलामुखी ज्वाइन्ट भेन्चरलाई सम्झौता गरी रु ३५ करोड ३४ लाख ८८ हजारमा निर्माणका लागि जिम्मा दिइएको थियो । विश्वविद्यालयका रजिस्ट्रार प्रा डा मनराज कोलाक्षपतिका अनुसार भूकम्प र नाकाबन्दीका कारण समयमा काम सम्पन्न गर्न नसकेपछि आउँदो असारसम्म सम्पन्न गर्ने गरी नौ महिना समय अवधि थप गरिएको थियो । विश्वविद्यालयमा एक हजार ८८३ विद्यार्थी अध्यनरत छन् ।
दोस्रो चरणको निर्वाचन झन् उत्साहपूर्ण
नवलपरासी–प्रधानमन्त्रीले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पनि अझ बढी उत्सवपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नवलपरासीको रजहरस्थित शाश्वतधाममा आज पूजाआजापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले मधेस केन्द्रित राजनीतिक दललगायत सबै दलको सहभागितामा दोस्रो चरणको निर्वाचन हुने बताउनुभयो ।
पहिलो चरणको निर्वाचनलाई सरकारले निकै सफलताका रुपमा लिएको बताउँदै उहाँले दोस्रो चरणको निर्वाचन यही जेठ ३१ गते नै सम्पन्न हुने छ भन्नुभयो ।
प्रधानमन्त्री दाहालले आजै दुम्कौलीस्थित शाश्वत धाम पूजाआजा गर्नुभयो । उक्त धाम चौधरी ग्रुपले निर्माण गरेको हो । पूजाआजापछि प्रधानमन्त्री दाहालले निजी क्षेत्रबाट भव्य धाम निर्माण गरिएकामा आफू प्रभावित भएको बताउनुभयो ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप