काठमाडौँ, ४ जेठ । काठमाडाँै महानगरपालिकामा आज साँझ १० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले) को अग्रता कायमै छ ।
प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य छ हजार ६४८ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले चार हजार २२७ मतले पछ्याइरहनुभएको छ ।
त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले दुई हजार ७५६ मत र साझा पार्टीका किशोर थापाले एक हजार १९९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले पाँच हजार ६८७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले तीन हजार ७३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । आयोगका अनुसार काठमाडाँै महानगरपालिकामा हालसम्म १९ हजार ७३८ मतगणना भएको छ ।
यसैगरी ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ । तीस हजार मत गणना गणिसक्दा प्रमुखमा काँग्रेसका चिरीबाबु महर्जनले १० हजार २४६ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा(एमले)का हरिकृष्ण ब्यञ्जनकारले ९ हजार ४५२ मतसहित पछ्याइरहनुभएको छ ।
त्यस्तै साझा पार्टीका रमेश महर्जनले पाँच हजार ८९४ मत र नेकपा(माओवादी केन्द्र)का दिनेश महर्जन(दीपेश)ले दुई हजार १७० मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले राससलाई जानकारी दिनुभयो ।
ललितपुर वडा नं ११ मा नेकपा(एमाले)का इन्द्रमणि महर्जन विजयी हुनुभएको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने