
काठमाडाँै, ४ जेठ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतगणना चाँडो गर्ने तयारी गरेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनमा जनशक्ति थपेर चाँडो मतगणना गर्ने गृहकार्यमा लागेको जानकारी गराउनुभयो । गत वैशाख ३१ गते भएको मतगणना ढिलो भयो भनेर जनस्तरबाट गुनासो आइरहेका बेला दोस्रो चरणमा हुने निर्वाचनको मतगणना छिटो गर्ने तयारी गरिएको हो । “पहिलो चरणमा ढिलो मतगणना भएको पाइयो”, उहाँले भन्नुभयो, “अब दोस्रो चरणका लागि भने हामीले थप जनशक्ति लगाएर चाँडो मतगणना गर्दछौँ ।”
निर्वाचन भएको चार दिन भइसक्दा पनि अहिलेसम्म बढी मतदाता भएका स्थानीय तहको १५ देखि २० प्रतिशत मात्र मतगणना भएको छ । प्रदेश नं ३, ४ र ६ का २८१ स्थानमा निर्वाचन भए पनि अहिलेसम्म करिब आधा स्थानीय तहको मात्र नतिजा आएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता