स्थानीय निर्वाचनमा विजयी हुने थप अनुहारहरु

बेनी नगरपालीकाको उपप्रमुखमा राप्रपाकी उमेद्वार सञ्जु बरुवाल विजयी भएको खुसीयालीमा बिहीबार राप्रपाले बेनीमा विजय उत्सव मनाउँदै । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस

पाँचखाल, १० मा काँग्रेस विजयी

काभ्रे, ४ जेठ । पाँचखाल नगरपालिका– ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका सञ्जय तामाङले एक हजार २० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का कर्मसिंह तामाङले १६२ मत प्राप्त गर्नुभयो ।

यसैगरी पाँचखाल नगरपालिका– ९ को वडाध्यक्षमा काँग्रेसका किरण श्रेष्ठले ७६२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवराज भेटुवालले ६४५ मत प्राप्त गर्नुभयो ।

यसैगरी नगरपालिका– १० को वडाध्यक्षमा काँग्रेसका केशव बञ्जारा ६०६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका वेदप्रसाद बञ्जाराले ५८८ मत प्राप्त गर्नुभयो ।

मण्डन देउपुर नगरपालिका– ८ को वडाध्यक्षमा एमालेका झलकप्रसाद पौडेलले ३९७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदप्रसाद पौडेलले ३९३ मत प्राप्त गर्नुभयो ।

धुलिखेल नगरपालिका– १ को वडाध्यक्षमा एमालेका रमेशप्रसाद घोरासैनीले ३८७ मत ल्याई विजयी हुनभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भीमबहादुर तामाङले ६६ मत प्राप्त गर्नुभयो ।

नमोबुद्ध नगरपालिका– १ को वडाध्यक्षमा काँग्रेसका कर्म ग्याल्वो लामाले ५०८ मत ल्याई विजयी हुनभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सूर्यदर्शनप्रसाद प्याकुरेलले ४४९ मत प्राप्त गर्नुभयो ।

भीमफेदी गाउँपालिकामा एमाले विजयी

हेटौँडा, ४ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का हिदम लामा तीन हजार ८४२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रञ्जितकुमार रानाले तीन हजार ६९८ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै पार्वती राना तीन हजार ८०२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निटकतम प्रतिद्वन्द्वी काँग्रेसका मोमलाल दोङले तीन हजार ५३५ मत प्राप्त गर्नुभएको छ ।

हेटौँडा उपमहानगरपालिकाको मतगणना कार्य जारी छ । नगर प्रमुखमा नेपाली काँग्रेसका आनन्दराम पराजुलीले चार हजार ६९३ र नेकपा (एमाले)का हरिबल महतले चार हजार २०९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा एमालेका मीना लामाले चार हजार ४०६ मत तथा माओवादी केन्द्रका बलराम बलले तीन हजार २१६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिकामा एमाले विजयी

मेलम्ची, ४ जेठ । मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका डम्बरबहादुर अर्यालले आठ हजार ६७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आइतमान तामाङले सात हजार ३३ मत प्राप्त गर्नुभयो ।

यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेकै भगवती नेपालले नौ हजार ११७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सविता गुरुङले छहजार ७३९ मत प्राप्त गर्नुभयो ।

सो नगरपालिकाको वडा नं ११ को वडाध्यक्षमा एमालेका रुद्रप्रसाद दुलालले एक हजार ७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुदर्शन सापकोटाले ८२४ मत प्राप्त गर्नुभयो ।

यस्तै वडा नं १२ को वडाध्यक्षमा एमालेका रामबहादुर तामाङले एक हजार २५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका शेषबहादुर तामाङले ५३० मत प्राप्त गर्नुभयो ।

यसैगरी वडा नं १३ को वडाध्यक्षमा माओवादी केन्द्रका देवेन्द्र घोरसाइने ६४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विश्वराम दङ्गाल र राप्रपाका जिवननाथ घोरसाइनेले समान ५२९ मत प्राप्त गर्नुभयो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ को अध्यक्षमा कमलनाथ आचार्यसहितको प्यानल विजयी भएपछि विजय उत्सवमा सहभागी हुँदै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस

छायानाथ रारा नगरप्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले विजयी

मुगु, ४ जेठ । छायानाथ रारा नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका हरिजङ्ग शाही तीन हजार ५६० मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर मल्लले तीन हजार ४४१ मत प्राप्त गर्नुभयो । नगर उपप्रमुखमा एमालेका सुन्तला रोकायाले तीन हजार २२५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा मओवादी केन्द्रका शुरबहादुर बुढाले दुई हजार ९७० मत प्राप्त गर्नुभयो ।

छायानाथ रारा नगरपालिकाको १४ वडामध्ये काँग्रेस सात, एमाले चार र माओवादी केन्द्र तीनवटामा विजयी भएको छ । वडा नं १ लोकबहादुर धिताल एमाले, २ मा परेगराज चौलागाई एमाले, ३ मा नरबहादुर रावल काँग्रेस, ४ मा विष्णुबहादुर भाम काँग्रेस, ५ मा डम्मर रावल एमाले, ६ मा हर्क ऐडी काँग्रेस, ७ मा हरिचन्द्र शाही एमाले, ८ मा कर्णबहादुर रावल काँग्रेस, ९ मा मणिचन्द्र रोकाया निर्विरोध माओवादी केन्द्र, १० मा धर्मदत्त सावद काँग्रेस, ११ मा दानबहादुर बुढा काँग्रेस, १२ मा सुवाषचन्द्र बुढा माओवादी केन्द्र, १३ मा चक्रबहादुर साउद काँग्रेस र वडा नं १४ मा नन्दलाल बढुवाल एमाले विजयी भएका छन् ।

यस्तै जिल्लाको तीनवटा गाउँपालिकामध्ये दुईवटाको मतगणना सम्पन्न भएको छ । कारमारोम गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका छिरिङ क्याप्ने लामा एक हजार १७० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का सोनाम छिरिङ लामाले एक हजार २६ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेका छिरिङ तामाङ एक हजार ६१ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका इटोल लामाले ९१५ मत प्राप्त गर्नुभयो । सो गाउँपालिकाको नौवटा वडामध्ये पाँच वटामा एमाले र चार वटामा काँग्रेस विजयी भएको छ ।

वडा नं १ को वडाध्यक्षमा सोनाम याङ्जी तामाङ एमाले, २ मा कार्मा तामाङ माले, ३ मा लुङडुङ तामा काँग्रेस, ४ मा छिरिङ टासी तामा काँग्रेस, ५ मा छेवाङ ग्याल्जेक तामा एमाले, ६ मा कारमा फुन्जोक लामा निर्विरोध काँग्रेस, ७ मा च्यावा लामा काँग्रेस, ८ मा धोर्पा छिरिङ लामा एमाले र वडा नं ९ को वडाध्यक्षमा सिरु बुढा एमाले विजयी हुनुभएको छ ।

यसैगरी खत्याड गाउँपालिकाको अध्यक्षमा एमालेका उब्जन शाही दुई हजार ३०७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विर्खबहादुर थापाले दुई हजार ३८ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेका जयनन्द रावलले दुई हजार ३२२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सरिता रोकायाले दुई हजार ३१५ मत प्राप्त गर्नुभयो ।

सो गाउँपालिकाको ११ वडामध्ये एमाले चारवटामा, काँग्रेस तीन तथा माओवादी केन्द्र तीन तथा स्वतन्त्र उम्मेदवार एउटा वडामा विजयी भएका छन् । वडा नं १ को वडाध्यक्षमा मेरबहादुर बुढा माओवादी केन्द्र, २ मा लालबहादुर मल्ल एमाले, ३ मा सुकिन्द बानियाँ काँग्रेस, ४ मा कालीबहादुर रोकाया माओवादी केन्द्र, ५ मा मानसिंह रोकाया एमाले, ६ मा भरतबहादुर शाही माओवादी केन्द्र, ७ मा जयऋषी उपाध्याय काँग्रेस, ८ मा रामबहादुर रावत काँग्रेस, ९ मा नरेन्द्र रोकाया स्वतन्त्र, १० मा तिलकबहादुर रावल एमाले र वडा नं ११ को वडाध्यक्षमा जङ्गबहादुर कार्की माओवादी केन्द्र विजयी भएका छन् ।

जिल्लाको सुरु गाउँपालिकाको मतगणना भइरहेको छ ।

चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुख उपप्रमुखमा माओवादी विजयी

चौतारा, ४ जेठ । सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी) केन्द्र)का अमानसिंह तामाङ सात हजार ७२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सोम सापकोटाले पाँच हजार ८०६ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन कार्यालयकाअनुसार उपप्रमुखमा माओवादीका जानुका पराजुलीले सात हजार ७२२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका सीता थापाले छ हजार २६८ मत प्राप्त गर्नुभएको छ ।

सो नगरपालिकामा वडा नं १, ३, ६, १०, १२ र १४ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन भने वडा नं ४, ५, ७, ९, ११ र १३ मा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

वडा नं २ मा राप्रपा र वडा नं ८ मा नेपाली काँग्रेसले जित हासिल गरेको छ ।

पनौती मा काँग्रेस, मण्डन देउपुर मा एमाले विजयी

काभ्रे, ४ जेठ । बनेपा नगरपालिका–८ को वडाध्यक्षमा नेपाली काँग्रेसका दानबहादुर मानन्धर ९७४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नवराज मानन्धरले ९०१ मत प्राप्त गर्नुभयो ।

यस्तै बनेपा नगरपालिका– १० को वडाध्यक्षमा एमालेका चन्द्रबहादुर खड्का ८५६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वासुदेव खत्रीले ६९९ मत प्राप्त गर्नुभयो ।

यसैगरी बनेपा नगरपालिका– ११ को वडाध्यक्षमा एमालेका शिवकुमार थापाले ४३८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बद्रीप्रसाद शर्माले ३८५ मत प्राप्त गर्नुभयो ।

यस्तै मण्डन देउपुर नगरपालिका–७ मा वडाध्यक्षसहित पुरै समूहमा एमाले विजयी भएको छ । वडाध्यक्षमा नारायणप्रसाद लम्साल ८३५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गङ्गालाल श्रेष्ठले ४७५ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी पनौती नगरपालिका– ७ मा वडाध्यक्षसहित पुरै सूमहमा काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका रामचन्द्र नानसनीले एक हजार २५२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीनारायण ताम्राकारले एक हजार १२२ मत प्राप्त गर्नुभयो ।

पत्रकार वडाध्यक्षमा विजयी

बागलुङ, ४ जेठ । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका गौतमले ६०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दलबहादुर थापाले ४०१ मत प्राप्त गर्नुभयो ।

गौतमको दुई दशकदेखिको पत्रकारिता यात्रा स्थानीय तहको निर्वाचसँगै राजनीतितिर मोडिएको छ । गौतम सदरमुकामस्थित सामुदायिक रेडियो बागलुङको स्टेसन म्यानेजर र ई–बागलुङ अनलाइन पत्रिकाको सम्पादकसमेत हुनुहुन्छ । उहाँले यसअघि अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकलगायतका सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ ।

गङ्गाजमुनाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

मलेखु (धादिङ), ४ जेठ । धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बलबहादुर अधिकारीले तीन हजार ३५६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको प्रतिद्वन्दी काँग्रेसका अक्लबहादुर तामाङले तीन हजार १८० मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार एन्जिला तामाङले तीन हजार ५२२ मत ल्याइ विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्दी काँग्रेसका दुर्गा दाहालले तीन हजार १२८ मत प्राप्त गर्नुभएको थियो । १४ हजार १५७ मतदाता रहेको गङ्गाजमुना गाउँपालिकामा नौ हजार ७६५ ले मतदान गरेका थिए ।

सात वडा रहेको गङ्गाजमुना गाउँपालिकाको निर्वाचित वडाध्यक्षमा वडा नं १ मा नेकपा माओवादी केन्द्रका यमबहादुर तामाङ, २ मा काँग्रेसका फैसिह तामाङ, ३ मा काँगे्रसका विजयकुमार तामाङ, ४ मा काँग्रेसका हरिराम श्रेष्ठ, ५ मा नेकपा एमालेका रामचन्द्र अधिकारी, ६ मा नेकपा एमालेका भक्तबहादुर लामीछाने र ७ मा नेकपा एमालेका बाबुराम न्यौपाने निर्वाचित हुनभएको छ ।

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले निर्वाचित 

धादिङको ज्वालामुखी गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका विनोद तिमल्सिनाले पाँच हजार ९५४ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामप्रसाद अधिकारीले पाँच हजार ९३० मत प्राप्त गर्नुभयो ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका जानुका सिंखडाले पाँच हजार ७७९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठले चार हजार ८९४ मत प्रप्त गर्नुभयो ।

दक्षिणकालीमा काँग्रेस विजयी

काठमाडौँ, ४ जेठ । दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहन बस्नेतले चार हजार ६९८ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शशी शर्माले चार हजार २६८ मत पाउनुभयो । उपप्रमुखमा पनि काँग्रेसकै वसन्ती तामाङ चार हजार ७४९ मत प्राप्त गरी निर्वाचित हुनुभएको नगर निर्वाचन अधिकृत प्रतिमा पोखरेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेकी मीरा महर्जनले चार हजार ३३० मत ल्याउनुभयो ।

नौवटा वडा रहेको नगरपालिकाको १ नं मा एमाले, २ मा काँग्रेस, ३ मा वडाध्यक्ष एमाले अरू सदस्य काँग्रेस, ४ मा काँग्रेस, ५ मा वडाध्यक्ष काँग्रेस अरू सदस्य एमाले, ६ र ७ मा सबै एमाले, ८ मा एक सदस्य बराबर हुँदा गोलाबाट काँग्रेस र अरू सबै एमाले, ९ मा सबै काँग्रेसका उम्मेदवार निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

मध्यपुर मा काँग्रेस विजयी

नगरकोट, ४ जेठ । मध्यपुर थिमी नगरपालिका–३ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडा नं ३ मा काँग्रेसका प्रेम बहादुर कुटुले एक हजार ४७२ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी राप्रपाका रविन थापाले १९७ मत र माओवादी केन्द्रका भुवन केसीले १७१ मत पाउनुभएको छ ।

काँग्रेसकी महिला सदस्य विनु केसी, दलित महिला सदस्य निर्मला परियार, खुला सदस्यद्वयमा कृष्णहरि आचार्य र राजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।

म्याग्दीमा नगरपालिकासहित गाउँपालिकामा काँग्रेस

बेनी (म्याग्दी), ४ जेठ । गत वैशाख ३१ गते भएको म्याग्दीका स्थानीय तहको निर्वाचनको मतगणना आज बिहान सम्पन्न भएको छ ।

म्याग्दीका एक नगरपालिका र पाँच गाउँपालिकासहित छवटा स्थानीय तहमा भएको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुखसहित अन्नपूर्ण, मालिका र रघुगङ्गा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने मङ्गला र धौलागिरि गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख केदारनाथ पौडेलले जानकारी दिनुभएको छ ।

बेनी नगरपालिकाको प्रमुखमा नेकाका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गुर्नभएको छ ।

त्यसैगरी, अन्नपूर्ण गाउँपालिकामा नेकाका क्या. डमबहादुर पुन गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ३२० मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी नेकपा (एमाले)का नारायण पुनले तीन हजार १२७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, रघुगङ्गा गाउँपालिकामा नेकाका भवबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले चार हजार ४३४ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) का तर्फबाट अध्यक्षका उम्मेदवार खिमबहादुर शाहीले दुई हजार ७३० मत प्राप्त गर्नुभएको रघुगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइँकेलले जानकारी दिनुभएको छ ।

त्यसैगरी, उपाध्यक्षमा पनि नेकाकै कमला तिलिजाले तीन हजार ८४७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमाले–माओवादी केन्द्र गठबन्धनका हरि भण्डारीले दुई हजार ६६२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, मालिका गाउँपालिकाको अध्यक्षमा पनि नेकाका श्रीप्रसाद रोका दुई हजार ७०६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गर्नुभएको छ ।

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)की थमसरा पुन विजयी हुनुभएको छ । उहाँले दुई हजार ४६० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का रिमप्रकाश थापाले दुई हजार १६८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, मङ्गला गाउँपालिकामा नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार सतप्रसाद रोका निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

चापाकोट नपामा काँग्रेस, गल्याङमा एमाले

वालिङ, ४ जेठ । स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार शिवकुमार गिरी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार बुद्धिमान श्रेष्ठलाई पराजित गरी विजयी हुनुभएको हो ।

विजयी गिरीले पाँच हजार ९८९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले पाँचहजार आठ मत प्राप्त गर्नुभयो । त्यस्तैगरी, उपप्रमुखमा नेकाकै बिमला श्रेष्ठ विजयी हुनुभएको छ । विजयी हुनुभएकी श्रेष्ठले ६ हजार ३५८ मत प्राप्त गर्नुभएको हो ।

चापाकोटका १० वटा वडामध्ये सातवटा वडामा नेकाको प्यानल विजयी भएको छ भने तीनवटा नेकपा (एमाले)को प्यानल नै विजयी भएको हो ।

वडा नं १ मा नेकाका टीकाराम तिवारी, २ मा काँग्रेसकै सूर्यबहादुर सेन, ३ मा काँग्रेसकै सुन्दरविक्रम खाँण, ४ मा काँग्रेसका विक्रम सारु, ५ मा काँग्रेसका इन्द्रबहादुर शाही, ६ मा एकदेव भट्टराई, ७ मा एमालेका रविचन्द्र बस्ताकोटी, ८ मा नेकाका नवराज श्रेष्ठ, ९ मा एमालेका शङ्करभक्त भण्डारी र १० मा एमालेका रामु कोइराला विजयी हुनुभएको हो ।

गल्याङ नपामा एमाले विजयी 

यसैगरी, स्याङ्जाको गल्याङ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका भूपराज अधिकारी आठ हजार ३६४ मत ल्याई विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी लालगोपाल अर्यालले ६ हजार ६२ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा (एमाले)की देवी थापा आठ हजार ३१४ मत ल्याई विजयी हुनुभएको छ ।

एघार वटा वडा रहेको गल्याङको वडा नं १ मा एमालेका गणेश बस्याल, २ मा एमालेका ईवप्रसाद कर्माचार्य, ३ मा काँग्रेसका महेश भट्टराई, ४ मा एमालेका नेत्रप्रसाद पाण्डे, ५ मा माओवादीका विष्णुबहादुर क्षेत्री, ६ मा एमालेका टीकाराम भुसाल, ७ मा एमालेका रामबहादुर गुरुङ र ८ मा काँग्रेसका भेकप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ भने वडा ९ मा काँग्रेसका हरिलाल खनाल, १० मा काँग्रेसका ध्रुवप्रसाद शर्मा र ११ मा एमालेका शंकरदेव अधिकारी विजयी हुनुभएको छ ।

एमाले अध्यक्ष ओलीको वडामा काँग्रेस

भक्तपुर, ४ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवासस्थल सूर्यविनायक नगरपालिका वडा नं २ मा १७ मतको अन्तरले वडाध्यक्षसहितको प्यानल नेपाली काँग्रेसले जित हासिल गरेको छ ।

वडा नं २ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार कमलनाथ आचार्य विजयी हुनुभएको हो । आचार्यले एक हजार ३८५ मत ल्याएर विजयी हुनु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबि श्रेष्ठले एक हजार ३६८ मत ल्याउनुभएको थियो ।

त्यसैगरी, महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित महिला सदस्यमा मुना परियार, सदस्यमा सुवासकुमार कार्की काँग्रेसका उम्मेदवारहरु विजयी हुनुभएको छ भने अर्का सदस्यमा एमालेका उम्मेदवार विश्वराज विष्ट विजयी हुनुभएको छ ।

त्यसैगरी, भक्तपुर नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार राजकृष्ण गोराको प्यानल नै विजयी भएको छ । अध्यक्षमा गोराले एक हजार ६६६ मत ल्याउनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका ओमप्रकाश भुजुले एक हजार १४० मत ल्याउनुभएको थियो । त्यसैगरी, सदस्यहरुमा राजकुमार शिल्पकार, कृष्णगोपाल चौगुठी र सुनिता प्रजापति अवाल विजयी हुनुभयो ।

भक्तपुर नगरपालिका–४ मा नेमकिपाका कुमार चवालसहितको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा चवालले दुई हजार ९८१ मत ल्याउनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका उम्मेदवार सुन्दर भेलेले ९८४ मत ल्याउनु भएको थियो । त्यसैगरी, सदस्यहरुमा पनि नेमकिपाकै कृष्णलक्ष्मी दुवाल, राजेन्द्र माक र पशुपति प्रजापति विजयी हुनुभएको छ ।

भक्तपुर नगरपालिकाको नगर प्रमुखमा नेमकिपाका उम्मेदवार सुनिल प्रजापति, उपप्रमुखमा रजनी जोशी, मध्यपुर थिमि नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँ र उपप्रमुखमा अञ्जना मधीकर्मी तथा सूर्यविनायक नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विष्णुराज कार्की र उपप्रमुखमा एमालेकी उम्मेदवार जुना बस्नेतले अग्रता लिनुभएको छ । चाँगुनारायण नगरपालिकामा पनि मतगणना जारी छ ।

पोखरा लेखनाथको वडा नं मा एमाले, मा मिश्रित

पोखरा, ४ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ भने वडा नं ६ र ८ मा मिश्रित नतिजा आएको छ ।

वडाको पछिल्लो मत परिणामअनुसार वडा नं ७ मा नेकपा एमालेका रामचन्द्र बराल एक हजार २१२ मतसहित वडाध्यक्षमा विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद वस्ताकोटीले एक हजार १११ मत प्राप्त गर्नुभयो ।

महानगरको वडा नं ६ मा नेकाका जगत पहारी एक हजार ६७६ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेयरमान श्रेष्ठले एक हजार २६९ मत प्राप्त गर्नुभयो । उक्त वडामा अन्य सबै सदस्य पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडा नं ८ को अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका रुद्रनाथ बराल एक हजार ८०३ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका शारदा गिरीले एक हजार ६६३ मत प्राप्त गर्नुभयो । वडामा खुलातर्फका दुई सदस्यमा काँग्रेसका उम्मेदवार र महिला सदस्य तथा दलित महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् ।

दुल्लु नपामा काँग्रेसका भण्डारी विजयी

दैलेख, ४ जेठ । दुल्लु नगरपालिकामा नेपाली काँग्रेसका घनश्याम भण्डारी ६ हजार ३४९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बरुनाथ योगीले ६ हजार २८० मत प्राप्त गर्नुभएको थियो ।

उपप्रमुखमा एमालेकी विष्णु थापा ६ हजार ४७८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी कृष्णाकुमारी शाहीले ६ हजार १०९ मत प्राप्त गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिका प्रमुखमा काँग्रेसका पुन

म्याग्दी, ४ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका डमबहादुर पुन विजयी हुनुुभएको छ ।

काँग्रेसका तर्फबाट गाउँपालिका प्रमुखका उम्मेदवार बनेका पुनले तीनहजार ३२० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का नारायण पुनले तीन हजार १२७ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा नेकाकी केशमाया मगरले तीन हजार २४५ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँको प्रतिस्पर्धी एमालेकी दुर्गादेवी पाइजाले तीन हजार १८६ मत पाउनुभएको थियो ।

जम्मा १० हजार ५१९ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा सात हजार २२ मत खसेको थियो । अन्नपूर्ण गाउँपालिकाको आठमध्ये चारवटामा नेका, तीन वटामा एमाले र एक वटामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले वडाध्यक्षमा निर्वाचित भएका छन् ।

पर्वतको बिहादीमा एमालेका भुसाल, मोदीमा पौडेल

फलेवास (पर्वत), ४ जेठ । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कमल भुसाल विजयी हुनुभएको छ । गएराति १० बजे घोषणा गरिएको अन्तिम मत परिणामअनुसार भुसालले नेपाली काँग्रेसका प्रवीण गुरुङलाई ३०३ मत अन्तरले हराउँदै विजयी हुनुभएको हो ।

भुसालले दुई हजार ४९० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार प्रवीण गुरुङले दुई हजार २१७ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार डम्बर कुमारी गुरुङले दुई हजार ३१५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी उम्मेदवार विष्णु खड्काले दुई हजार २९९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मोती सापकोटाले जानकारी दिनुभयो ।

उक्त गाउँपालिकाका तीन वडामा नेपाली काँग्रेस, दुईमा एमाले र एकमा माओवादी केन्द्रले जितेको थियो ।

मोदी गाउँपालिकाको अध्यक्षमा एमाले 

यसैगरी, पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल विजयी हुनुभएको छ ।

भर्खरै घोषणा भएको अन्तिम मतपरिणामअनुसार पौडेलले एक हजार ३८८ मतको अन्तरले विजयी हुनुभएको हो । पौडेलले चार हजार ५११ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश प्रसाईंले तीन हजार एक सय २३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपप्रमुख पदमा पनि नेकपा (एमाले)कै सेती महत विजयी हुनुभएको छ । उहाँले चार हजार २७२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकाकी उम्मेदवार मीना केसीले तीन हजार १४१ मत प्राप्त गर्नुभएको थियो ।

उक्त गाउँपालिकाको अध्यक्षमा उम्मेदवार रहेका नेकपा (माअ‍ोवादी केन्द्र)का उम्मेदवार मनबहादुर पौडेलले भने ६९१ मत प्राप्त गर्नुभएको छ । उक्त गाउँपालिका–१ मा नेकाको प्यानल नै विजयी भएको थियो भने अन्य सातवटा वडामा एमालेको प्यानलसहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ ।

ढोरपाटन बडीगाढमा एमाले विजयी

बागलुङ, ४ जेठ । जिल्लाको ढोरपाटन नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । दुई हजार ६९२ मत ल्याएर एमालेका देवकुमार नेपाली प्रमुख पदमा निर्वाचित हुनुभएको छ । उपप्रमुख पदमा पनि एमालेकै करमती घर्तीले दुई हजार ७९ मत ल्याएर विजयी बन्नुभएको छ ।

यस्तै, जिल्लाको बडीगाढ गाउँपालिकामा पनि एमालेका मेयरसिंह पाइजा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उपाध्यक्ष पदमा भने नेपाली काँग्रेसका अम्मरबहादुर श्रीस विजयी बन्नुभएको छ ।

योसँगै एमालेले जिल्लाका तीनवटा स्थानीय तहमा विजय हासिल गरेको छ । १० वटा स्थानीय तह रहेको बागलुङमा नेपाली काँग्रेसले तीन, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले एक-एक स्थानमा जित हासिल गरेका छन् । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको भने मतगणना जारी छ । बागलुङ नगरपालिकामा एमालेले अग्रता लिएको छ भने जैमिनीमा नेपाली काँग्रेस अगाडी छ ।

नवलपरासीको मध्यबिन्दुमा काँग्रेस

नवलपरासी, ४ जेठ । मतगणना सम्पन्न भएको नवलपरासीको मध्यबिन्दु नगरपालिकामा पनि नेपाली काँग्रेसले जित हासिल गरेको छ, जसअनुसार प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारद्वय विजयी हुनुभएको छ ।

नेकाका चन्द्रबहादुर रानाले एमालेका भीमलाल अधिकारीलाई ९३१ मत अन्तरले पराजित गर्नुभएको हो । नेकाका चन्द्रबहादुर रानाको पक्षमा १० हजार ९९६ मत रहेको थियो भने एमालेका भीमलाल अधिकारीको पक्षमा १० हजार ६५ मत रहेको थियो ।

त्यसैगरी, उपप्रमुखमा पनि नेकाकै उम्मेदवार ओमकुमारी महतो विजयी हुनुभएको छ । ओमकुमारी महतो १० हजार ८३५ मत प्राप्त गर्दै मध्यबिन्दु नगरपालिकाको उपप्रमुख पदमा विजयी हुनुभएको हो ।

उपप्रमुखमा ओमकुमारी महतोले ८०२ मत अन्तरले नेकपा ९एमाले०का जोगमाया महतोलाई पराजित गर्नुभएको हो । जोगमाया महतोले १० हजार ३३ मत प्राप्त गर्नुभएको थियो । १५ वटा वडा रहेको मध्यबिन्दु नगरपालिकामा १० वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ भने पाँचवटा वडामा नेकपा एमाले विजयी भएको छ ।

नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका आठवटा तहका निर्वाचनमध्ये हालसम्म छवटा स्थानीय तहको मात्र मतगणना पूरा भएको छ । छवटामै प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् । तीमध्ये चारवटै गाउँपालिका र दुईवटा नगरपालिकाको प्रमुखमा नेकाका उम्मेदवारले विजय हासिल गरेका छन् ।

यस अगावै देवचुली नगरपालिकाका साथै बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी भइसकेको छ ।

पर्वतको जलजलामा काँग्रेसका मल्ल विजयी

फलेवास (पर्वत), ४ जेठ । उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली काँग्रेसका यामबहादुर मल्ल तीनहजार सातसय २३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

गएराति अबेर सम्पन्न मतगणनामा मल्लले नेकपा (एमाले)का उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । अधिकारीले तीन हजार ७८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बाबुराम कार्कीले एक हजार ९२१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि नेपाली काँग्रेसका सीमा पुन विजयी हुनुभएको छ । उहाँले तीन हजार ७८३ मत ल्याएर विजयी हुनुभएको हो ।

एमालेका अनिता शर्माले तीन हजार ६५७ र नेकपा (माओवादी केन्द्र)का सीता मल्लले एक हजार ५९४ मत प्राप्त गर्नुभयो । यो गाउँपालिकाका वडा नं २, ३, ४ र ८ मा काँग्रेस, र वडा नं ७ र ९ मा नेकपा (माओवादी केन्द्र) तथा वडा नं १, ५ र ६ मा नेकपा (एमाले) का वडाध्यक्ष विजयी भएका छन् ।

वडा नं १ मा तुलसीराम रेग्मी, २ मा गोविन्द खत्री, ३ मा देवीन्द्रबहादुर भण्डारी, ४ मा भीष्म मल्ल, ५ मा तिलक जिसी, ६ मा हमबहादुर फकामी, ७ मा टुङ्गनाथ आचार्य, ८ मा हरिविकास जिसी र ९ मा गौबहादुर पुन वडाध्यक्षमा चुनिएका छन् ।

धार्चे गापामा काँग्रेस, सहिद लखनमा माओवादी

गोरखा, ४ जेठ । गोरखाको धार्चे गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार सन्तबहादुर गुरुङ (सन्तोष) र फूलमाया गुरुङ क्रमशः प्रमुख र उपप्रमुख पदमा विजयी हुनुभएको छ । नेकपा (एमाले) र नयाँ शक्ति नेपाल पार्टीबीच तालमेल भई प्रमुख पदमा लडेका नयाँ शक्तिका लक्ष्मण गुरुङ पराजित हुनुभएको हो ।

प्रमुख पदमा विजयी सन्तबहादुरले एक हजार ७०९ मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका लक्ष्मणले एक हजार ६५६ मत प्राप्त गर्नुभयो । उपप्रमुखका काँग्रेसकी फूलमायाले एक हजार ५९५ मत ल्याउनुभयो भने नेकपा (माओवादी केन्द्र)की आशा गुरुङले एक हजार १२८ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

माओबादीले खाता खोल्यो 

नेकपा (माओवादी केन्द्र)ले सहिद लखन गाउँपालिकाको प्रमुख र उपप्रमुखमा जितेर गोरखामा विजयको खाता खोलेको छ । प्रमुखमा रमेश थापाले तीन हजार ८०८ मत ल्याउनुभयो भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कृष्णबहादुर आलेले तीन हजार ४०४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकी इन्दिरा तिवारीले तीन हजार ७९८ मत प्राप्त गर्नुभयो भने निकतटम प्रतिद्वन्द्वी काँग्रेसकी शर्मिला श्रेष्ठले तीनहजार ५७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि चुमनुब्री, सिरानचोक, अजिरकोट र गण्डकी गाउँपालिकामा काँग्रेसले विजय हासिल गरिसकेको छ । भीमसेन, आरुघाट, सुलिकोट गाउँपालिकामा मत गणना भइरहेको छ । यस्तै, गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा पनि मतगणना भइरहेको छ ।

तनहुँको ऋषिङमा आठवटै वडामा काँग्रेस

दमौली, ४ जेठ । स्थानीय तहको निर्वाचनमा ऋषिङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठवटै वडामा काँग्रेसको प्यानल भारी मतले विजयी भएको छ ।

ऋषिङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले चार हजार ९४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भूपाल थापा मगरले दुई हजार ४८९ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकै गिनुमाया थापामगरले चार हजार ९४९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी मधुमाया श्रेष्ठले दुईहजार तीनसय ७७ मत प्राप्त गरेकी थिइन् ।

सो गाउँपालिका–१ देखि ८ सम्म वडाध्यक्षसहित सबै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो । सो गाउँपालिकामा विजयी भएका काँग्रेस कार्यकर्ताले विजय जुलुस मनाउँदै गाउँको परिक्रमा गरेका छन् ।

त्यस्तै, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गिरबहादुर थापा दुई हजार ५८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सन्तबहादुर केसीले दुई हजार २४२ मत प्राप्त गरेका थिए ।

यसैगरी, उपाध्यक्षमा काँग्रेसकी पुष्पादेवी श्रेष्ठले दुई हजार २९७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीना अधिकारीले दुई हजार १६५ मत प्राप्त गरेकी थिइन् । त्यसरी नै बन्दिपुर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षका उम्मेदवार पूर्णसिंह थापा र उपाध्यक्षमा माओवादी केन्द्रका करुणा गुरुङ विजयी भएका छन् ।

रघुगङ्गा गाउँपालिकामा काँग्रेसका भण्डारी विजयी

बेनी (म्याग्दी), ४ जेठ । आज बिहान ५ बजे सार्वजनिक गरिएको परिणामअनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिकामा नेपाली काँग्रेसका भवबहादुर भण्डारी चार हजार ४३४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

भण्डारीका प्रतिस्पर्धी नेकपा एमाले–नेकपा माओवादी (केन्द्र) संयुक्त गठबन्धनका खिमबहादुर शाहीले दुई हजार ७३० मत प्राप्त गर्नुभएको रघुगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइँकेलले जानकारी दिनुभएको छ । शाही नेकपा (एमाले) का हुनुहुन्छ ।

त्यसैगरी, उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै कमला तिलिजाले तीन हजार ८४७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमाले–माओवादी केन्द्रका हरि भण्डारीले दुई हजार ६६२ मत प्राप्त गर्नुभएको छ । भण्डारी नेकपा (माओवादी केन्द्र)का हुनुहुन्छ ।

आठवटा वडा रहेको रघुगङ्गा गाउँपालिकाका सातवटा वडामा नेपाली काँग्रेस र एक वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।

नवलपरासीका देवचुली नगरपालिकामा काँग्रेस विजयी

नवलपरासी, ३ जेठ । नवलपरासीको देवचुली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार पूर्णकुमार श्रेष्ठ ६९ मत अन्तरले विजयी हुनुभएको छ ।

यसैगरी उपप्रमुखमा भने नेकपा (एमाले) की उम्मेदवार पार्वती तिवारी ३५९ मत अन्तरले विजयी हुनुभएको छ ।

आठ हजार ५७९ मतसहित प्रमुख पदमा काँग्रेसका श्रेष्ठ विजयी बन्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरि न्यौपानले आठ हजार ५१० मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी उपप्रमुख पदमा नेकपा (एमाले) की उम्मेदवार तिवारी आठ हजार ७५१ मतका साथ विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी लक्ष्मी बस्ताकोटीले आठ हजार ३९१ मतमा चित्त बुझाउन परेको थियो ।

नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका आठ वटा तहका निर्वाचनमध्ये हालसम्म पाँच वटा स्थानीय तहको मात्र मतगणना पूरा भएको छ ।

जसमध्ये चारवटै गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् भने मतगणना पूरा भएको देवचुली नगरपालिकाको प्रमुखमा पनि नेपाली काँग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

यसअगावै बुलिटार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री