
दमौली, ४ जेठ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडाँै बस्दै आएका ४२ वर्षीय कलाकार विक्रम परियारको गत आइतबार हत्या गरी फरार भएका छजना युवालाई प्रहरीले पक्राउ गरी बुधबार दमौलीमा सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले पत्रकार सम्मेलनमार्फत हत्यारालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा व्यास नपा–३ देउराली नगरकी १८ वर्षीया उषा थापा, सोही ठाउँकी १६ वर्षीया अन्जली राना मगर, व्यास–१ हाईस्कुलटार बस्ने २० वर्षीया कान्छी भन्ने रोशनचन्द ठकुरी, सोही ठाउँ बस्ने १७ वर्षीय तु्म्बाके भन्ने मधुसूदन नेपाली, १७ वर्षीय रन्जन ठकुरी र १६ वर्षीय प्रेम आले रहेको पत्रकारसम्मेलनमा तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनमा जलदेवी केन्द्रबाट मतदान गरी व्यास नपा–१ भादगाउँको छाला फ्याक्ट्रीनजिकै घुम्न निस्केका परियारलाई उक्त समूहले अन्धाधुन्द ढुङ्गा प्रहार गरी हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।
घटनालगत्तै ती दुई युवती र अन्जली रानालाई देउराली नगरबाटै र फरार अरू तीन मधुसूदन, रन्जन र प्रेमलाई मङ्गलबार राति प्रहरीले घेरा हाली झापुटारबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो ।
काठमाडाँैबाट मतदान गर्न आएका सोही ठाउँका ४३ वर्षीय देवीनारायण श्रेष्ठलाई पछाडि राखेर बा २७ प ४९७५ नं को मोटरसाइकलमा उनी सेती नदी किनारामा घुम्न निस्केका थिए ।
छाला फ्याक्ट्रीनजिकै बसिरहेका ती दुई युवती र चारजना युवकलाई फोटो खिचीदिन अनुरोध गर्दा एक्कासी विवाद भएको र उक्त समूहले ढुङ्गामुढा प्रहार गरी विक्रमको हत्या गरेको प्रहरीले जनाएको छ । सोही समूहको ढुङ्गा प्रहारबाट देवीनारायण श्रेष्ठ घाइते भएको र उनको पोखराको मेट्रो सिटीमा उपचार गरी घर फर्किसकेको जानकारी सो अवसरमा दिइयो ।
हत्यामा संलग्नमध्ये प्रेम आले यसअघिको हत्याका घटनामा पनि प्रहरीले पक्राउ गरेको र पछि नाबालक भन्दै छोडेको थियो । पक्राउ परेका व्यक्तिविरुद्ध तनहुँ जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।
घटनास्थलबाट प्रहरीले ढुङ्गा, चस्मा र टोपी बरामद गरेको छ । प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङ नेतृत्वको टोलीले सादा पोसाकका प्रहरीले दिनरात नभनी उक्त समूहलाई पक्राउ गर्न सफल भएको हो ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग