जुम्ला, ४ जेठ । चन्दननाथ नगरपालिका जुम्लामा विजयी हुनुभएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला नगर प्रमुख बन्नुभएको छ । लगातार चार दिनसम्म भएको चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणामबाट सेजुवाल प्रमुखमा भारी मतले विजय हुनुभएको हो ।
उहाँले खसेको सात हजार ५१३ मतमध्ये दुई हजार ८०६ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिलाल महतले दुई हजार ६६ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताउनुभयो ।
त्यसैगरी, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अप्सरादेवी न्यौपाने महतले दुई हजार १८ मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका जगतबहादुर खत्रीले एक हजार ७७४ मत ल्याउनुभएको छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुखका उम्मेदवार अशोककुमार श्रेष्ठले दुई हजार १५ मत प्राप्त गर्नुभएको थियो । नेकपा एमालेबाट उपप्रमुखको उम्मेदवारी दिनु भएकी मेनका रेग्मी चौलागाईंले एक हजार ७१० मत प्राप्त गर्नुभएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता