कसले कति मत ल्याएर जिते ? थप अपडेट

चितवनको भरतपुर महानगर वडा नम्बर २ को वडा अध्यक्षमा विजयी भएका एमालेका पूर्णबहादुर श्रेष्ठ । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर (चितवन) । रासस

लिसङ्खु पाखरमा एमाले विजयी

चौतारा, ३ जेठ । सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कमलप्रसाद नेपाल दुई हजार ७६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का राजु लामा तामाङले दुई हजार ७३१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेका हेमगङ्गा मोक्तानले दुई हजार ८५२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्व माओवादी केन्द्रका फुलम लामाले दुई हजार ४१७ मत प्राप्त गर्नुभयो ।

सो गाउँपालिकाको वडा नं १, ३, ४ र ७ मा माओवादी केन्द्रको पुरै समूह विजयी भएको छ । वडा नं २ र ६ मा एमाले तथा वडा नं ५ मा काँग्रेस पुरै समूहसहित विजयी भएको छ ।

पनौती मा एमाले विजयी

काभ्रे, ३ जेठ । पनौती नगरपालिका– ४ र ५ मा नेकपा (एमाले) विजयी भएको छ ।

सो नगरपालिका– ४ को वडाध्यक्षमा एमालेका बुद्धिसिंह थापा ९९४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कुमार हुमागाईंले ९६५ मत प्राप्त गर्नुभयो ।

सोही नगरपालिका– ५ को वडाध्यक्षमा एमालेकै श्रीधर पाध्य कुँइकेल ७९५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्रीराम थापाले ६३३ मत प्राप्त गर्नुभयो ।

यस्तै पनौती– ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका सुधीर सापकोटा ४६७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद आचार्यले ३५१ मत प्राप्त गर्नुभयो ।

पाँचखाल नगरपालिका– ७ को वडाध्यक्षमा एमालेका कृष्ण ढकाल ४१२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामकृष्ण दङ्गालले ४०५ मत प्राप्त गर्नुभयो ।

यसैगरी मण्डन देउपुर नगरपालिका– ३ को वडाध्यक्षमा एमालेका दिलबहादुर तामाङ ६५१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुरुषोत्तम बजगाईंले ५३५ मत प्राप्त गर्नुभयो ।

सोही नगरपालिका– ४ को वडाध्यक्षमा एमालेकै भुवनप्रसाद बजगाईं ५३० मत ल्याई विजयी हुनभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रेवतीप्रसाद तिमल्सिना ले१९३ मत प्राप्त गर्नुभयो ।

ताराखोलामा माओवादी विजयी

बागलुङ, ३ जेठ । ताराखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसहित सबै पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार ठूलो मतअन्तरका साथ विजयी भएका छन् ।

माओवादी केन्द्रका प्रकाश घर्तीमगर तीन हजार ३५० मतसहित अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डण्डपाणी कँडेलले ९५६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा पनि तीन हजार ३१५ मत ल्याएर माओवादीकै दीलकुमारी रोका विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्द्रकला पुनले ८४४ मत प्राप्त गर्नुभयो ।

ताराखोला गाउँपालिकाका पाँच वटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । वडा नं १ को अध्यक्षमा यामबहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा दिलबहादुर बस्नेत, ४ मा जितबहादुर खत्री र ५ मा रामबहादुर रोकासहित माओवादी केन्द्रको प्यानलनै विजयी बनेको हो ।

पार्वतीकुण्डमा नयाँ शक्ति विजयी

रसुवा, ३ जेठ । पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति पार्टी नेपालका भुजुङ तामाङ विजयी हुनुभएको छ ।

उहाँले ९६४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार ल्हाक्पा गोम्बु तामाङले ६४३ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा ६६५ मत प्राप्त गरी एमालेकी नवीना तामाङ विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका सङ्गीता तामाङले ६६३ मत प्राप्त गर्नुभयो ।

रसुवाको पाँच गाउँपालिकाको सबै मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सिमिकोटमा काँग्रेस, चोखेली नाम्खामा माओवादी केन्द्र विजयी

हुम्ला, ३ जेठ । हुम्लाको सिमिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका पदमबहादुर लामा एक हजार ३६५ मत ल्याएर विजयी भएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार बली रावत एक हजार ३७५ मत ल्याएर निर्वाचित भएका छन् ।

चौखेली गाउँपालिकामा नेकपा माओवादी केन्द्रका धनलाल चौलागाईं एक हजार २२४ मतसहित अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा नेकपा (एमाले)का विमलाकुमारी शाही एक हजार २३ मतसहित विजयी भएकी छिन् ।

यसैगरी, नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर तामाङ ८३३ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पोमा तामाङ ७०४ मतका साथ विजयी भएका छन् ।

खनियाबासमा काँग्रेस विजयी

मलेखु (धादिङ), ३ जेठ । धादिङको खनियाबास गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्राप्त मत परिणामअनुसार खनियाबास गाउँपालिकामा एक हजार ६४६ मतसहित काँग्रेसका रणबहादुर तामाङ अध्यक्षमा र एक हजार ६५५ मतसहित माया तामाङ उपाध्यक्षमा विजयी हुनुभएको हो ।

तामाङको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रदीप फ्युवाले ९७१ मत ल्याउनुभएको थियो भने उपाध्यक्षमा एमालेकै सुषमा तामाङले ९१७ मत ल्याउनुभएको थियो ।

छवटा वडा रहेको खनियाबासमा वडा नं १, २, ३ र ५ मा काँग्रेसका उम्मेदवार क्रमशः बुद्धि तामाङ, गणेश तामाङ, टेकबहादुर तामाङ र बुधराम तामाङ विजयी हुनुभएको छ भने वडा नं ४ मा एमालेका उम्मेदवार हरिसिंह गुरुङ विजयी हुनुभएको छ ।

काठेखोला गाउँपालिकामा एमाले विजयी

बागलुङ, ३ जेठ । जिल्लाको काठेखोला गाउँपालिकामा नेकपा (एमाले) विजयी बनेको छ ।

एमालेका तर्फबाट अम्मरबहादुर थापा छ हजार ६९८ मतसहित अध्यक्षमा र राष्ट्रिय जनमोर्चाका अर्जुन खत्री छ हजार ५३ मतसहित उपाध्यक्षमा विजयी बन्नुभएको हो ।

उक्त गाउँपालिकामा एमाले–राजमो संयुक्त गठबन्धन बनाएर चुनावमा होमिएका थिए । अध्यक्ष पदमा विजयी थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होमबहादुर हमालले पाँच हजार २२१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपाध्यक्षमा विजयी खत्रीका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानु शर्मा श्रीसले चार हजार ८३५ मत प्राप्त गर्नुभएको छ । आठवटा वडा रहेको यस गाउँपालिकाअन्तर्गत वडा १ मा काँग्रेसका खड्क थापा, २ मा एमालेका विद्यापति शर्मा, ३ मा एमालेकै याम श्रीस, ४ मा काँग्रेसका केशर थापा, ५ मा काँग्रेसका शिवप्रसाद कँडेल, ६ मा एमालेका युक्तप्रसाद कँडेल, ७ मा एमालेका प्रेम लामिछाने र ८ मा एमालेकै चित्रकला छन्त्याल अध्यक्ष पदमा विजयी हुनुभएको छ ।

दैलेखका तहको अन्तिम परिणाम सार्वजनिक

दैलेख, ३ जेठ । दैलेखका ११ वटा स्थानीय तहमध्ये छ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

टाँठीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, चामुण्डा बिन्द्रासनी नगरपालिका, महावु गाउँपालिका, डुङ्ग्रेश्वर गाउँपालिका र नारायण नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

नारायण नगरपालिका, महावु गाउँपालिका र भैरवी गाउँपालिका, ठाँटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकामा नेकपा एमालेले बाजी मारेको छ । नेपाली काँग्रेस डुङ्ग्रेश्वर गाउँपालिकामा विजयी भएको छ ।

नारायण नगरपालिकाको प्रमुखमा एमालेका रत्नबहादुर खड्का र उपप्रमुखमा सावित्रा मल्ल क्रमशः चार हजार ७२५ मत र चार हजार ८६६ मतसहित विजयी हुनुभएको हो ।

यस्तै, महावु गाँउपालिका एमालेका अध्यक्ष पदका उम्मेदवार जङ्गबहादुर शाही र उपाध्यक्षमा प्रेमकुमारी बुढा क्रमशः तीन हजार ५२२ र तीन हजार ८०८ मतसहित विजयी हुनुभयो ।

भैरवी गाउँपालिकामा पनि एमालेका प्रेमबहादुर बुढा र उपाध्यक्षमा पदम विष्ट क्रमशः तीन हजार ५८४ मत र तीन हजार ४७८ मत सहित विजयी हुनुभएको छ ।

यसैगरी, डुङ्ग्रेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नगेन्द्र मल्ल र उपाध्यक्षमा सीता ज्ञवालीले क्रमशः दुई हजार ७८७ र दुई हजार ६२८ मतसहित विजयी हुनुभएको छ ।

चामुण्डा विन्द्रासैनी नगरपालिकाको अध्यक्षमा एमालेका सूर्यबहादुर शाही र उपाध्यक्षमा ताराकुमारी शाहीले क्रमशः दुई हजार ७१३ मत र दुई हजार ९५४ मतसहित विजयी हुनुभएको छ ।

टाँठीकाँध गाउँपालिकामा एमालेका धीरबहादुर शाही एक हजार ९२४ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उपाध्यक्षमा सुम्मिता सिंह एक हजार ९७८ मत प्राप्त गरेर विजयी हुनुभयो ।

धुलिखेल – काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ ।

अध्यक्षमा काँग्रेसका सलामसिं लामा विजयी बन्नुभएको हो । लामा तीन हजार ९४९ मतसहित विजयी हुनुभएको हो ।

गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै दुर्गामाया तामाङ तीन हजार ७८४ मतसहित विजयी हुनुभएको छ ।

सल्यान – सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका सन्तोष केसी दुई हजार ९२२ मत र उपाध्यक्षमा सीता केसी दुई हजार ८१४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यसैगरी, कपुरकोट गाउँपालिकाको अध्यक्षमा एमालेका भीमबहादुर सेन तीन हजार १५२ मत र उपाध्यक्षमा एमालेकै तीला बुढामगर तीन हजार ३८० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

नुवाकोट – तादी गाँउपालिकाको अध्यक्षमा काँग्रेसका नारायणप्रसाद पाण्डे र उपाध्यक्षमा ईश्वरी उप्रेती विजयी हुनुभएको छ ।

पाण्डे तीन हजार ९० मत र उप्रेती तीन १५६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

बागलुङ – जिल्लाको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी बनेको छ । राजमोका कृष्णप्रसाद शर्मा तीन हजार ३४ मतसहित गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको छ । उपप्रमुखमा एमालेका दिलकुमारी पुन दुई हजार ९९५ मतसहित विजयी बन्नुभएको छ ।

चौतारा – सिन्धुपाल्चोकको बलेफी गाँउपालिकाको अध्यक्षमा एमालेका केदार क्षत्री तीन हजार २३१ मत र उपाध्यक्षमा एमालेकै कमला कायस्थ तीन हजार ३६७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

गलकोट नगरपालिकामा काँगेस विजयी

बागलुङ, ३ जेठ । गलकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । बुधबार सम्पन्न मतगणनाअनुसार प्रमुखमा नेपाली काँगे्रसका भरत गैरे र उपप्रमुखमा काँग्रेसकै रेनुका काउचा निर्वाचित हुनुभएको छ । गेरैले पाँच हजार ८१५ मत र काउचाले छ हजार ९९ मत प्राप्त गर्नुभएको हो ।

अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

मलेखु (धादिङ), ३ जेठ । उत्तरी धादिङको नेत्रावती गाउँपालिकामा नेकपा (एमाले)ले अध्यक्ष र नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पदमा विजय हासिल गरेको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार दुर्गा शाक्यले एक हजार ६४६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकजङ्ग लामाले एक हजार ५७३ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपाध्यक्षमा माओवादी केन्द्रका उर्मिला तामाङ एक हजार ५४२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी आशमाया तामाङले एक हजार ५९ मत प्राप्त गर्नुभयो ।

उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।

अध्यक्ष पदमा चेरुङ तामाङ एक हजार ४८४ मत र उपाध्यक्ष पदमा विना लामा एक हजार ४०९ मतसहित विजयी हुनुभयो ।

शङ्खरापुरमा एमाले विजयी

काठमाडौँ, ३ जेठ । शङ्खरापुर नगरपालिकाको प्रमुखमा नेकपा९एमाले० का उम्मेदवार विजयी भएको छ ।

एमालेका सुवर्ण श्रेष्ठ चार हजार ८६९ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको नगरपालिका निर्वाचन अधिकृत भवनेश्वर पौडेलले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शङ्कर तिवारीले दुई हजार ९४७ मत प्राप्त गर्नुभएको छ । नेकपा ९माओवादी केन्द्र० का कृष्णराज सुवेदीले दुई हजार ४३६ मत प्राप्त गरी तेस्रो स्थानमा प्राप्त गर्नुभयो ।

त्यस्तै, उपमेयरमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ विजयी हुनुभएको छ ।

मकवानपुरमा मिश्रित परिणाम

हेटौँडा, ३ जेठ । मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्केस घलान तीन हजार २२१ मत ल्याई विजयी हुनुभएको छ ।

उपाध्यक्षमा नेकपा (एमाले)का धनमाया स्याङतान विजयी हुनुभएको छ ।

त्यसैगरी, बकैया गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका दामोदर खनाल चार हजार ५४४ मत तथा उपाध्यक्षमा एमालेकी सरला बोहोराले चार हजार ६६३ मतसहित विजयी हुनुभएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं २ मा नेकपा एमालेका हरिबहादुर रावत एक हजार ९७ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ ।

दूधपोखरीमा छुपीमाया विजयी

बेँसीसहर (लमजुङ), ३ जेठ । लमजुङको दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसकी छुपीमाया गुरुङ निर्वाचित हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)की सतीमाया तामाङलाई ६५७ मतले पछि पार्दै दुई हजार ४१३ मत ल्याएर गुरुङले जित हात पार्नुभएको हो । तामाङले एक हजार ७५६ मत ल्याउनुभएको थियो ।

यसैगरी उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै कमलप्रसाद धिताल विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका धनबहादुर गुरुङलाई ४५० मत अन्तरले पराजित गर्दै धिताल विजयी हुनुभएको हो । धितालले दुई हजार ३७३ र गुरुङले एक हजार ९२३ मत ल्याउनुभएको थियो ।

दूधपोखरी गाउँपालिकाको वडा नं १ को अध्यक्षमा काँग्रेसका मानसिंह गुरुङ, २ मा काँग्रेसका गोविन्द दवाडी, ३ मा एमालेका तिलबहादुर गुरुङ र ४ मा काँग्रेसका धनप्रसाद गुरुङ, ५ मा काँग्रेसका सुरज गुरुङ र छ मा नेपाली काँग्रेसकै सीताराम गुरुङ विजयी भएका छन् ।

फलेवास नगरपालिकामा शर्मा विजयी

फलेवास (पर्वत), ३ जेठ । पर्वतको फलेवास नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का पदमपाणि शर्मा विजयी हुनुभएको छ ।

केहीबेरअघि सम्पन्न मतपरिणाम अनुसार शर्माले नेपाली काँग्रेसका उम्मेदवार गङ्गाधर तिवारीलाई ३४८ मतले पछि पार्दै विजयी हुनुभएको हो । शर्माले छ हजार १०३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गङ्गाधर तिवारीले पाँच हजार ७५५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपप्रमुखमा एमालेकै मञ्जु अधिकारी विजयी हुनुभएको छ । उहाँले पाँच हजार ९५४ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रेखा गुरुङले पाँच हजार ६४९ मत प्राप्त गर्नुभएको छ ।

सल्यानमा तीन गाउँपालिका ५७ वडाको नतिजा सार्वजनिक

सल्यान ३ , जेठ । सल्यानमा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

यो समाचार तयार पार्दासम्म तीन गाउँपालिका र ५३ वडाको मत परिणाम सार्वजनिक गरिएको छ ।

दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित हुनुभएको छ । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा ती हजार ६९५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

यसैगरी, दार्मा गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका कविकुमार चन्द, २ मा माओवादी केन्द्रका डिल्ली केसी, ३ मा माओवादी केन्द्रका सेतीराम रोका, ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर रावत, ५ मा माओवादी केन्द्रका दुर्गा मल्ल र ६ मा माओवादी केन्द्रका रामबहादुर केसी विजयी हुनुभएको छ ।

यसैगरी, ढोरचौर गाउँपालिका अध्यक्षमा एमालेका चित्रबहादुर चलाउने विजयी हुनुभएको छ । उहाँले एक हजार ९२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

ढोरचौर गाउँपालिका १ मा माओवादी केन्द्रका रामबहादुर बस्नेत, २ मा माओवादी केन्द्रकै रुद्रबहादुर वुढथोकी, ३ मा नेकपा एमालेका शालिकराम बुढाथोकी र ५ मा नन्दलाल बोहरा विजयी हुनु भएको छ । वडा नं। ४ मा भने काँग्रेसका दिनेश बिएम र एमालेका देवेन्द्र रोकाले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको हो र त्यसबाट काँग्रेसका दिनेश बिएम विजयी हुनुभएको छ ।

यसैगरी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मानबहादुर डाँगी दुई हजार ७६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उपाध्यक्षमा काँग्रेसका करुणा खड्काले दुई हजार ६४५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्रिवेणी गाउँपालिका–१ मा नेकपा एमालेका छवि खत्री, २ मा नेपाली काँग्रेसका मेघराज खड्का, ३ मा काँग्रेसकै हुकमप्रसाद महतरा, ४ मा काँग्रेसकै छविराज शर्मा, ५ मा एमालेका डिल्लीबहादुर बोहरा र ६ मा काँग्रेसका मानबहादुर वली विजयी हुनुभएको छ ।

नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा विजयी नेपाली काँग्रेसकी लक्ष्मी पाण्डे विजय जुलुसमा सहभागी हुँदै । तस्बिर ः पुरुषोत्तम सुबेदी, नवलपरासी, रासस

सूर्यविनायक मा काँग्रेस विजयी

नगरकोट, ३ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ ।

उक्त वडामा काँग्रेसका कमलराज आचार्य एक हजार ३८५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

कीर्तिपुर मा एमाले प्यानल विजयी

काठमाडौँ, ३ जेठ । कीर्तिपुर नगरपालिकाको वडा नं ३ मा नेकपा (एमाले) को प्यानल विजयी भएको छ ।

वडा अध्यक्षमा राजेन्द्र महर्जन ७११ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रसका गोपाल श्रेष्ठले ६९९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, विजयी सदस्यमा मिलन महर्जन, ज्ञानप्रसाद महर्जन, नन्ददेवी महर्जन र रुकु विश्वकर्मा हुनुहुन्छ ।

पछिल्लो मत परिणामअनुसार नगरपालिका प्रमुख पदका उम्मेदवार एमालेका रमेश महर्जन दुई हजार ४७५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । नेपाली काँग्रेसका उम्मेदवार राजकुमार नकर्मी दुई हजार ३६५ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

उपप्रमुख पदमा एमालेका उम्मेदवार सरस्वती खड्का दुई हजार ३४० मतका साथ पहिलो स्थानमा र काँग्रेसका विमला विष्ट दुई हजार सत्तरी मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

हेलम्बु गाउँपालिकामा काँग्रेस विजयी

चौतारा, ३ जेठ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका निमा ग्याल्जेन शेर्पा ४९४५ मत ल्याई विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हस्त पण्डितले ३२१३ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका कोपिला पण्डितले ४५०२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निमा जाङ्मु शेर्पाले ३२८६ मत प्राप्त गर्नुभएको थियो ।

सो गाउँपालिकाको वडा नं १,३,४,५,६ र ७ मा नेपाली काँग्रेसका उम्मेदवार क्रमशः मिङमार तामाङ, छिरिङ ह्योल्मो, राजकुमार लामिछाने, हर्कबहादुर तामाङ, सुकुराम तामाङ र खेतनाथ घिमिरे प्यानलसहित विजयी हुनुभएको छ । वडा नं २ मा नेकपा एमालेका छिरिङ ग्याल्बो प्यानलसहित विजयी हुनुभएको छ ।

विजय जुलुस मनाउँदै गर्दा मृत्यु

सल्यान, ३ जेठ । विजय जुलुस मनाउँदै गर्दा नेपाली काँग्रेसका एक कार्यकर्ताको आज मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी भएपछि जुलुसमा हिँडेका त्रिवेणी गाउँपालिका–६ का २४ वर्षीय खिमबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जुलुसमा हिडिँरहेको अवस्थामा एक्कासि लडेर घाइते भएका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गर्दा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री