काठमाडौँ, ३ जेठ । पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्थापनमा सफलता पाएको निष्कर्षसहित दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीमा सरकार जुटेको छ ।
यही जेठ ३१ गते प्रदेश एक, दुई, पाँच र सातमा दोस्रो चरणको निर्वाचन हुँदैछ । गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले पहिलो चरणको निर्वाचनमा मतदातालाई सुरक्षाको प्रत्याभूति गर्न सुरक्षा निकाय सफल भएको बताउनु भयो ।
पहिलो चरणका सुरक्षा कमजोरी सच्याउँदै अब दोस्रो चरणको सुरक्षा तयारीमा मन्त्रालय लागेको उहाँले बताउनुभयो ।
पहिलो चरणको निर्वाचनमा कालीकोट, दोलखा, धादिङ र तनहुँमा हिंसात्मक घटनामा पाँचजनाको मृत्यु भए पनि अन्य जिल्लाको हकमा खासै ठूलो घटना भएनन् ।
सुरक्षा निकायको कमजोरीभन्दा दलका कार्यकर्ताका कारण सुरक्षा व्यवस्थापनमा समस्या आएको गृहप्रवक्ता पन्थीको भनाइ छ । उहाँले भन्नुभयो, “दलहरुमा जसरी पनि आफूले जित्नुपर्ने भन्ने अस्वस्थ प्रतिस्पर्धाले केही ठाउँमा समस्या सृजना गरयो ।”
केन्द्रीय तहमा सुरक्षा योजना बनाई क्षेत्रीय र जिल्ला तहमा समेत सुरक्षा योजना बनेको छ ।
पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनमा समेत सम्पूर्ण गाउँ, क्षेत्र, केन्द्रमा सुरक्षा योजना कार्यान्वयनमा लगिएको प्रवक्ता पन्थीको भनाइ छ । निर्वाचन विरोधी कुनै गतिविधि भइहाले तत्काल प्रहरी पुग्नेगरी निर्वाचन सुरक्षा तयारी गरिएको र त्यो सफल भएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताउनुभयो । दोस्रो चरणको निर्वाचनका लागि पनि सोही किसिमले सुरक्षा व्यवस्था मिलाइने उहाँको भनाइ छ ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा