काठमाडौँ, ३ जेठ । पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्थापनमा सफलता पाएको निष्कर्षसहित दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीमा सरकार जुटेको छ ।
यही जेठ ३१ गते प्रदेश एक, दुई, पाँच र सातमा दोस्रो चरणको निर्वाचन हुँदैछ । गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले पहिलो चरणको निर्वाचनमा मतदातालाई सुरक्षाको प्रत्याभूति गर्न सुरक्षा निकाय सफल भएको बताउनु भयो ।
पहिलो चरणका सुरक्षा कमजोरी सच्याउँदै अब दोस्रो चरणको सुरक्षा तयारीमा मन्त्रालय लागेको उहाँले बताउनुभयो ।
पहिलो चरणको निर्वाचनमा कालीकोट, दोलखा, धादिङ र तनहुँमा हिंसात्मक घटनामा पाँचजनाको मृत्यु भए पनि अन्य जिल्लाको हकमा खासै ठूलो घटना भएनन् ।
सुरक्षा निकायको कमजोरीभन्दा दलका कार्यकर्ताका कारण सुरक्षा व्यवस्थापनमा समस्या आएको गृहप्रवक्ता पन्थीको भनाइ छ । उहाँले भन्नुभयो, “दलहरुमा जसरी पनि आफूले जित्नुपर्ने भन्ने अस्वस्थ प्रतिस्पर्धाले केही ठाउँमा समस्या सृजना गरयो ।”
केन्द्रीय तहमा सुरक्षा योजना बनाई क्षेत्रीय र जिल्ला तहमा समेत सुरक्षा योजना बनेको छ ।
पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनमा समेत सम्पूर्ण गाउँ, क्षेत्र, केन्द्रमा सुरक्षा योजना कार्यान्वयनमा लगिएको प्रवक्ता पन्थीको भनाइ छ । निर्वाचन विरोधी कुनै गतिविधि भइहाले तत्काल प्रहरी पुग्नेगरी निर्वाचन सुरक्षा तयारी गरिएको र त्यो सफल भएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताउनुभयो । दोस्रो चरणको निर्वाचनका लागि पनि सोही किसिमले सुरक्षा व्यवस्था मिलाइने उहाँको भनाइ छ ।
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम