
काठमाडौँ, ३ जेठ । काठमाडाँै महानगरपालिकाको राति १० बजेसम्मको मतगणनाअनुसार नेकपा(एमाले)को अग्रता कायमै छ ।
प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य दुई हजार ५२ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले एक हजार १८० मतले पछ्याइरहनुभएको छ ।
त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले ८९२ मत र साझा पार्टीका किशोर थापाले ६४१ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले एक हजार ५५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले एक हजार २५८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । हालसम्म कुल पाँच हजार ९३६ मतगणना गरिएको छ ।
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?