काठमाडौँ, ३ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्डअन्तर्गतका कमान्डिङ जनरल रवर्ट बी ब्राउनको निमन्त्रणामा अमेरिकाको चारदिने औपचारिक भ्रमणमा आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।
भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीद्वारा अमेरिकामा रहँदा जनरल ब्राउन र मेजर जनरल क्रिस्टोफर क्याभोलीसंग शुक्रबार भेटवार्ता गर्नु हुनेछ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति क्षत्रीले अमेरिकी सेनाका विभिन्न एकाइद्वारा प्रस्तुत हुने व्रिफिङ तथा सैनिक कला प्रदर्शनीको समेत अवलोकन गर्नु हुनेछ ।
अमेरिका भ्रमणको क्रममा प्रधानसेनापति क्षेत्रीले प्रशान्त क्षेत्रको वायुसेनाका प्रमुख, विशेष परिचालन प्रमुखलगायतका उच्च सैनिक अधिकारीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।
उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट दुई देशबीच लामो समयदेखि रहँदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत हुनको साथै नेपाली सेना तथा अमेरिकी सेनाबीचको आपसी सहयोग तथा सद्भाव अरु प्रगाढ हुनजाने नेपाली सेनाले विश्वास लिएको छ ।
प्रधान सेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी बलदेवराज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । प्रधान सेनापति क्षत्री यही जेठ १२ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता