
काठमाडौँ, ३ जेठ । स्थानीय निर्वाचनको पर्यवेक्षणमा संलग्न विभिन्न संस्थाले आगामी निर्वाचनमा मतपत्रको विद्यमान ढाँचालाई परिमार्जन मतदातामैत्री बनाउन सुझाव दिएका छन् ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति (जियोक), शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प) ले आज विज्ञप्ति जारी गरी उम्मेदवार नभएको दलको वा व्यक्तिको चुनाव चिन्ह मतपत्रबाट हटाउन सुझाव दिएको छ ।
गत वैशाख ३१ मा भएको पहिलो चरणको स्थानीय निर्वाचनको मतगणना प्रक्तिया अत्यन्त झन्झटिलो, पट्यारलाग्दो एवम् समय(स्रोत खर्चिलो देखिएकाले अविलम्ब वैकल्पिक व्यावहारिक विधि अबलम्बन गरी द्रुतगतिमा मतगणनाको नतिजा प्रकाशन गर्ने व्यवस्थामा मिलाउन पनि ती संस्थाले आग्रह गरेका छन् । ठूलो मतपत्रका कारण गणनामा ढिलाइ भइरहेको छ ।
यस्तै, आगामी दोस्रो चरणको स्थानीयलगायत अन्य निर्वाचन निर्भयपूर्वक सञ्चालन गर्न सुरक्षा संवेदनशील क्षेत्रको आँकलन गरी विशेष सुरक्षा व्यवस्था मिलाउन, महिला, ज्येष्ठ नागरिकलगायत अन्य विशेष आवश्यकता भएका मतदाताको निम्ति सुरक्षा, सहजता एवम् संवेदनशीलताको दृष्टिकोणले मतदानस्थलमा आवश्यक सुविधाको प्रबन्ध मिलाएकै देखिए तापनि यसलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने सो विज्ञप्तिमा जनाइएको छ ।
नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ, जियोकका अध्यक्ष हिमालयशमशेर जबरा र सङ्कल्पका अध्यक्ष दुर्गा सोबले जारी गर्नुभएको विज्ञप्तिमा मतदाता शिक्षालाई प्रभावित बनाउन अशिक्षित मतदातालाई लक्षित गर्न गैसस, सञ्चार माध्यम, पेसागत, शैक्षिक र प्राज्ञिक तथा निर्वाचनसँग सम्बन्धित संस्थालाई प्रोत्साहित गरिएमा बढी प्रभावकारी हुने पनि सुझाव दिइएको छ ।
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार