
श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै सभामुख ओनसरी घर्ती । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कनुभएको छ ।
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहाँ गत वैशाख २९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिको भ्रमणबारे जानकारी गराउँदै सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न थप मद्धत मिलेको बताउनुभयो । “निकै लामो समयको अन्तरालमा नेपालको राष्ट्र प्रमुखबाट भएको यस भ्रमणलाई श्रीलङ्का सरकारले उच्च सम्मान व्यक्त गरेको महसुस गरेका छौँ”– उहाँले भन्नुभयो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले श्रीलङ्काली समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा समेत गर्नुभएको राष्ट्रपतिको भ्रमण दलमा सहभागी मन्त्री बुढाथोकीले जानकारी दिनुभयो । नेपाल र श्रीलङ्काबीच दौंत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठका अवसरमा श्रीलङ्काली समकक्षीले यही वर्ष नेपाल भ्रमण गर्ने श्रीलङ्काली पक्षले जनाएको छ । श्रीलङ्काली राष्ट्रपति सिरिसेनाले सम्भवतः आउँदो असोजमा नेपाल भ्रमण गर्ने बताइएको छ ।
विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, मन्त्रीगणलगायत नेपाल सरकारका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो । बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति भण्डारीले सहभागिता जनाउनुभएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता