
राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमणका लागि बैङ्ककतर्फ प्रस्थान गर्ने क्रममा। तस्बिर ः प्रदीपराज वन्त, रासस
कोलोम्बो (श्रीलङ्का), २ जेठ । श्रीलङ्का र थाइल्यान्ड गरी पाँचदिने औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु हुने भएको छ ।
गत वैशाख २९ गते थाइल्यान्डको बैङ्कक पुग्नुभएकी राष्ट्रपति भण्डारी सोही दिन साँझ थाइल्यान्डस्थित ग्रान्ड प्यालेसमा राखिएको स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा मल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
भ्रमणको दोस्रो दिन श्रीलङ्काली समकक्षी राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी थाइल्यान्डबाट श्रीलङ्काको राजधानी कोलोम्बो जानुभएको थियो ।
बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाएको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुभयो ।
श्रीलङ्कामा भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेना, पूर्वराष्ट्रपति चन्द्रिका बन्दारानायकेसँग भेटवार्ता गर्नुभयो ।
भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थिधातुको दर्शन गर्नुका साथै श्रीलङ्काले आयोजना गरेकोे संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रुपमा वैशाख ३१ गते सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारी यहाँस्थित बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलङ्कन एयरलाइन्सको विशेष विमानबाट भारतको राजधानी नयाँदिल्ली हुँदै नेपाल एयरलाइन्सको विमानबाट बेलुका स्वदेश फर्कनु हुने कार्यक्रम छ ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’