को अघि को पछि ?

राष्ट्रिय सभागृहमा सोमबार काठमाडौँ महानगरपालिकाको मतगणना गरिँदै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ महानगरमा एमाले अगाडि

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य अग्रस्थानमा रहनुभएको छ ।

प्राप्त समाचार अनुसार कामपा वडा नं १ को २१० मतगणनामध्ये नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ५६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराउनुभयो ।

राष्ट्रिय सभागृहमा दिउँसो सुरूभएको मत परिणाम अनुसार नेपाली काँग्रेसका राजुराज जोशीले ३६, विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले ३१, साझा पार्टीकातर्फबाट किशोर थापाले ३५ र नेकपा (माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले पाँच मत प्राप्त गर्नुभएको छ । वडा नं १ मा कुल तीनहजार ३६० मतदाता रहेकामा दुई हजार ३३२ मत खसेको थियो ।

हेटौँडा उपमहानगरपालिकामा एमालेको अग्रता

हेटौँडा, १ जेठ । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका हरिबहादुर महतले २८६ र उपप्रमुखमा एमालेकै मीना लामाले ३११ मतले अग्रता लिइरहनु भएको छ ।

वडा नं १ को दुई हजार ७०० मतमध्ये आज साँझसम्म ७०० मत गणना गरिएकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखमा आनन्दराम पराजुलीले २५१ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका बलराम बलले १४९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी थाहा नगरपालिकामा साँझसम्म वडा नं ५ र ७ को मतगणना सकिएको छ । त्यसको परिणाम आउन बाँकी छ । परिणामअनुसार प्रमुख र उपप्रमुखमा एमालेकै अग्रता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रसुवाको हालसम्मको मतगणना परिणाम

रसुवा, १ जेठ । रसुवामा भएको प्रथम चरणको स्थानीय तहको राति ९ः४५ सम्ममा प्राप्त मत परिणामअनुसार नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले ५६६, नयाँशक्तिले २४७ र नेकपा (एमाले) ले ९४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपाध्यक्षमा नयाँशक्तिले ३०५, नेकपा (माओवादी केन्द्र)ले २०५, र नेकपा (एमाले)ले १०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कालिका गाउँपालिकामा नेकपा (एमाले)ले ४३४, नेकपा माओवादी केन्द्रले ३९५ नेपाली काग्रेसले ३७२ मत प्राप्त गरेका छन भने उपाध्यक्षमा माओवादी केन्द्र ५३६, एमाले ५३५, नेपाली काग्रेसले १४६ मत प्राप्त गरेका छन् ।

उत्तरगया गाउँपालिका अध्यक्षमा एमाले ६०७ काँग्रेस ५३९ र नयाँशक्ति पार्टीले ४८८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा एमाले ७९० , काँग्रेस ४९५ र नयाँशक्तिले ३३६ मत ल्याएका छन् ।

गोसाइकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा –(एमाले) ४१३, नेपाली काँग्रेसले ४१० र नयाँशक्ति पार्टीले ५ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा एमाले ३८८, काग्रेस ३६६ र नयाँशक्तिले ३४ मत प्राप्त गरेका छन् ।

यस्तै, पार्वती कुण्ड अध्यक्षमा नयाँशक्ति पार्टीले ५६३, नेकपा (एमाले) ११७ र नेकपा माओवादी केन्द्रले १०७ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा नयाँशक्ति ३२७, एमाले २१० र माओवादी केन्द्र १२१ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री