काठमाडौँ महानगरमा एमाले अगाडि
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य अग्रस्थानमा रहनुभएको छ ।
प्राप्त समाचार अनुसार कामपा वडा नं १ को २१० मतगणनामध्ये नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ५६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराउनुभयो ।
राष्ट्रिय सभागृहमा दिउँसो सुरूभएको मत परिणाम अनुसार नेपाली काँग्रेसका राजुराज जोशीले ३६, विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले ३१, साझा पार्टीकातर्फबाट किशोर थापाले ३५ र नेकपा (माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले पाँच मत प्राप्त गर्नुभएको छ । वडा नं १ मा कुल तीनहजार ३६० मतदाता रहेकामा दुई हजार ३३२ मत खसेको थियो ।
हेटौँडा उपमहानगरपालिकामा एमालेको अग्रता
हेटौँडा, १ जेठ । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका हरिबहादुर महतले २८६ र उपप्रमुखमा एमालेकै मीना लामाले ३११ मतले अग्रता लिइरहनु भएको छ ।
वडा नं १ को दुई हजार ७०० मतमध्ये आज साँझसम्म ७०० मत गणना गरिएकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखमा आनन्दराम पराजुलीले २५१ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका बलराम बलले १४९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी थाहा नगरपालिकामा साँझसम्म वडा नं ५ र ७ को मतगणना सकिएको छ । त्यसको परिणाम आउन बाँकी छ । परिणामअनुसार प्रमुख र उपप्रमुखमा एमालेकै अग्रता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रसुवाको हालसम्मको मतगणना परिणाम
रसुवा, १ जेठ । रसुवामा भएको प्रथम चरणको स्थानीय तहको राति ९ः४५ सम्ममा प्राप्त मत परिणामअनुसार नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले ५६६, नयाँशक्तिले २४७ र नेकपा (एमाले) ले ९४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपाध्यक्षमा नयाँशक्तिले ३०५, नेकपा (माओवादी केन्द्र)ले २०५, र नेकपा (एमाले)ले १०८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, कालिका गाउँपालिकामा नेकपा (एमाले)ले ४३४, नेकपा माओवादी केन्द्रले ३९५ नेपाली काग्रेसले ३७२ मत प्राप्त गरेका छन भने उपाध्यक्षमा माओवादी केन्द्र ५३६, एमाले ५३५, नेपाली काग्रेसले १४६ मत प्राप्त गरेका छन् ।
उत्तरगया गाउँपालिका अध्यक्षमा एमाले ६०७ काँग्रेस ५३९ र नयाँशक्ति पार्टीले ४८८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा एमाले ७९० , काँग्रेस ४९५ र नयाँशक्तिले ३३६ मत ल्याएका छन् ।
गोसाइकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा –(एमाले) ४१३, नेपाली काँग्रेसले ४१० र नयाँशक्ति पार्टीले ५ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा एमाले ३८८, काग्रेस ३६६ र नयाँशक्तिले ३४ मत प्राप्त गरेका छन् ।
यस्तै, पार्वती कुण्ड अध्यक्षमा नयाँशक्ति पार्टीले ५६३, नेकपा (एमाले) ११७ र नेकपा माओवादी केन्द्रले १०७ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा नयाँशक्ति ३२७, एमाले २१० र माओवादी केन्द्र १२१ मत ल्याएका छन् ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’