
गोरखा नगरपालिका वडा नं.१ ताप्लेको वडाध्यक्षमा विजयी भएपछि खुसीयाली मनाउँदै नेपाली कांग्रेसका हिक्मतबहादुर भण्डारी । भण्डारीसहित गकुल भट्ट, तुलप्रसाद बानियाँ, चिनीमाया नेपाली, कमला भट्टको नेपाली कांग्रेसका सम्पूर्ण प्यानल नै बिजयी भएको हो । तस्बिर ः प्रशन्न पोखरेल, गोरखा-रासस
जुम्ला, १ जेठ । गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारी विजयी हुनु भएको छ ।
भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुनुहुन्छ । भण्डारीले खसेको तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृत मोहनसागर बस्यालले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत ल्याएर पराजित हुनुभयो ।
त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जानुदेवी ऐडीले एक हजार ५८६ मत ल्याएर विजयी हुनु भएको छ । उपाध्यक्षमा उहाँका प्रतिद्वन्द्वी धनरुपा बुढाले एक हजार ३६५ मत ल्याउनु भएको थियो ।
गोठीचौर १, २ र ३ को वडा अध्यक्षमा क्रमशः नेकपा (एमाले)का गणेश ऐडी, पृथ्वीबहादुर बुढा, प्रेमबहादुर बुढाले विजय हात पार्नु भएको छ । त्यसैगरी, ४ र ५ नं वडाको वडाध्यक्षमा माओवादी केन्द्रका जगप्रसाद जैसी र चन्द्रबहादुर नेपालीले जित हासिल गर्नु भएको निर्वाचन अधिकृत बस्यालले बताउनुभयो । उक्त गाउँपालिकामा कुल जम्मा चार हजार ८२३ मतदाता सङ्ख्या थियो ।
मालीका– १ मा काँग्रेस विजयी
बाबियाचौर(म्याग्दी), १ जेठ । मालीका गाउँपालीका– १ वडाध्यक्षमा नेपाली काँग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वुद्धीबहादुर पुनले २६४ र नेकपा (माओवादी केन्द्र)का गोविन सिउथानीले १३५ मत प्राप्त गर्नुभएको छ ।
सो गाउँपालिकाको वडा सदस्यमा समेत काँग्रेसकै मनरुपा पुनमगर, मनकुमारी कामी, दिलकुमारी पुन र लोकबहादुर मल्ल विजयी हुनुभएको छ । यहाँ एक हजार ३३७ मतदाता रहेकामा ९०७ जनाले मतदान गर्नुभएको थियो ।
यस्तै मालीका गाउँपालीकाको अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले ४५१, एमालेका बेगप्रसाद गर्बुजाले २६७ र माओवादी केन्द्रका कमल केसीले १३८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका विमला रोकाले ४५३, एमालेका खरमाया बिटालुले २६७ र माओवादी केन्द्रका गौरी सेञ्चुरीले १४१ मत प्राप्त गर्नुभएको छ ।
मनाङमा एमाले विजयी
मनाङ, १ जेठ । चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले २१४ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसका मुनिन्द्रजङ गुरुङले १६९ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी किटनीदेवी गुरुङले १६० मत प्राप्त गर्नुभयो ।
यस्तै नेच्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कान्छा घले ६२७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोद गुरुङले ४६१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेका मेङ्खु गुरुङले ६११ मत प्राप्त गरी विजयी हुनुभयो भने काँग्रेसका छिरिङ अङ्गमा गुरुङ घलेले ५०५ मत प्राप्त गर्नुभयो ।
यसैगरी नासङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका चन्द्र घले ५८४ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मनबहादुर गुरुङले ४८५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी कमलमाया गुरुङ ५४६ मत ल्याई विजयी हुनुभयो भने नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङले ४६४ मत प्राप्त गर्नुभयो ।

ललितपुर महानगरपालिका वडा नं १ मा विजयी हुनुभएका नेपाली काग्रेसका निर्मल तण्डुकार विजयी उत्सव मनाउँदै । तस्बिर ः रत्न श्रेष्ठ,रासस
अन्नपूर्ण २ मा माओवादी केन्द्र विजयी
बाबियाचौर(म्याग्दी), १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का उमेद्वार विजयी भएका छन् ।
केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा विष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर पुन (२०३) र वीरबहादुर पौडेल (१९९) प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुईवटा मतदान केन्द्र र ५४३ जना मतदाता रहेको भुरुङ तातोपानीमा ४१० मत खसेकोमा आठ मत बदर भएको थियो । रासस
मेघाङ–१ मा एमालेका दलसिंह तामाङको समूह विजयी
नुवाकोट, १ जेठ । मेघाङ गाउँपालिकाको वडा नं १ मा वडाध्यक्षसहित सदस्यहरुमा नेकपा (एमाले)को समूह विजयी भएको छ ।
आइतबार भएको मतदानको मत परिणामअनुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
महिला सदस्यमा सुनमायाँ तामाङ ८९, दलित महिला सदस्यमा पद्मकुमारी दमिनी ८६ र खुला सदस्यहरुमा घोसे घले ८७ र पूर्णबहादुर तामाङले ९१ मत ल्याएर विजयी भएका छन् ।
सो गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)ले ९०, नेकपा (माओवादी केन्द्र)ले ६१ र नेपाली काँग्रेसले ४६ मत प्राप्त गरेका छन् । गाउँपालिकाको मतगणना जारी रहेको निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिनुभयो ।
कञ्जोस्यममा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी
ललितपुर, १ जेठ । ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १को अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का सन्तलाल तामाङ विजयी हुनुभएको छ ।
अन्तिम मत परिणामअनुसार ३५४ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तेजबहादुर लामाले २८० मत प्राप्त गर्नुभएको थियो । प्राप्त मत परिणामअनसार सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी हुनुभएको छ ।
भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
सुर्खेत, १ जेठ । सुर्खेत भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी भएको छ ।
माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नवराज कार्कीले २७६ मत प्राप्त गरी विजयी भएका हुन् । सोही दलका सदस्यहरु रजना बुढा, दुर्गा सार्की, नरबहादुर बुढा र हरिबहादुर थापा पनि विजयी भएका छन् ।
वडाध्यक्ष पदका प्रत्यासी नेपाली काग्रेसका दिनेश पुलामीले २३९ र नेकपा एमालेका पदमबहादुर वलीले २०० मत प्राप्त गरेका छन् ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान