
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आइतबार काठमाडौँ महानगरपालिकाको मतपेटिका बान्दै । तस्बिरः रोशन सापकोटा, रासस
काठमाडौँ, ३१ वैशाख । ‘अन्ततः भोट हाल्ने दिन आयो । भोट हाल्न आउने बेलासम्म पनि मनमा एक खालको डर थियो’, ७० वर्षीया भीमादेवी सापकोटाले भन्नुभयो ।
काठमाडौँको तारकेश्वर नगरपालिकाको मनमैँजु माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान ६ बजे नै लाइन बस्न पुग्नुभएकी सापकोटाले मतदान गरेपछि ढुक्क लागेको बताउनुभयो ।
पहिलोपटक निर्वाचनमा सहभागी हुन पाउँदाको अनुभव सुनाउँदै मनमैँजुकी २१ वर्षीया कमला पाठकले मतदान गर्दा अलमल भएको सुनाउनुभयो । राजनीतिक अस्थिरताका कारण झन्डै दुई दशक प्रतिनिधिविहीन भएका स्थानीय तहमा यो निर्वाचनले विकासका नयाँ आशा र विश्वास जगाएको आज मतदान केन्द्रमा आएका मतदाताले उत्साहपूर्वक व्यक्त गरिरहेका थिए ।
स्थानीय निर्वाचनमा मतदान गर्न आएका धेरै मानिस निकै खुसी र उत्साहित देखिएका थिए । ठाउँठाउँमा मानिस भेला भएर चुनावबारे छलफल गरिरहेका थिए भने मतदान गरेर बाहिर आएकालाई मतदान गर्न जानेले कसरी मतदान गर्ने भन्ने जिज्ञासा राखिरहेको पनि देखियो ।
यस्तै, काठमाडौँ महानगरपालिकाको गल्कोपाखास्थित एभरेस्ट माविमा मतदान गरेपछि सुनीलकुमार घिमिरेले निर्वाचनले सबै नेपाली जनतामा उत्साह छाएको बताउनुभयो ।
‘जनताले व्यग्र प्रतीक्षा गरेकाले पनि आज शान्तिपूर्णरुपमा लामबद्ध भएर रमाएर मत हालिरहेका छन्, स्थानीय तहको निर्वाचन हरेक पाँच वर्षको अन्तरालमा भइरहोस् भन्ने कामना छ’, उहाँले भन्नुभयो । अहिले देखिएको मतपत्रबारे अन्योल हरेक समयमा निर्वाचन भइरहेमा हटेर जाने विश्वास उहाँको छ ।
काठमाडाँै जिल्लामा काठमाडौँ महानगरपालिकासहित नागार्जुन, शङ्खरापुर, गोकर्णेश्वर, तारकेश्वर, दक्षिणकाली, कागेश्वरी मनोहरा, चन्द्रागिरि, टोखा, कीर्तिपुर र बूढानीलकण्ठ गरी १० नगरपालिकामा मतदान भएको थियो ।
त्यसैगरी, वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र, कोटेश्वरबाट मतदान गर्नुभयो । काठमाडौँका विभिन्न मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला पनि खुसी व्यक्त गर्दैै मतदान गर्नुभएको थियो ।
जनतामा मतदानका लागि कति प्रतिक्षा थियो भन्ने कुरा मध्य बानेश्वरस्थित रत्नराज्य माविमा मतदानका लागि छोराको सहयोगमा अक्सिजन लगाई उपचारमा रहनुभएका ७५ वर्षीय ज्येष्ठ नागरिकबाट मतदान भएकोबाट पनि पुष्टि हुन्छ ।
कोटेश्वर, नयाँ बानेश्वर, अनामनगरलगायतका मतदान केन्द्रमा मतदाता बिहानै ५-६ बजेदेखि नै लाइनमा बसेका थिए । मतदान बिहान ७ बजेदेखि सुरु भएको थियो । बूढानीलकण्ठ–१० कपन चाटर बालुवाखानीका थरेन्द्र बरालले आफ्नो एउटै परिवारको मतदाता नामावली फरकफरक केन्द्रमा परेकाले समस्या भएको गुनासो गर्नुभयो ।
कामपा-३२ त्रिदेवीनगर, कोटेश्वरका तिम्ल्याहा दिदीबहिनीले स्थानीय तहको निर्वाचनमा सूर्यकोट मतदान केन्द्र, कोटेश्वरबाट मतदान गर्नुभएको छ । कोटेश्वरमा २२ वर्षीया श्रद्धा, कुसुम र अञ्जलि सिंहले मतदान गर्नुभएको हो ।
काठमाडौँ जिल्लामा ६८७ मतदान केन्द्र छन् । त्यसमध्ये महानगरका ३२ वडामा मात्रै ३४० मतदान केन्द्र रहेका छन् । जिल्लामा पाँच लाख ५९ हजार ४०० मतदाता छन् भने महानगरपालिकामा दुई लाख ७९ हजार ३१६ जना मतदाता थिए । कामपामा १५९ पदका लागि कुल ८६४ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाबाट कुल ७१२ जना निर्वाचित हुनेछन् ।
पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशभित्र पर्ने मुलुकका ३४ जिल्लामा आज निर्वाचन भएको हो । अन्य जिल्लाको तुलनामा काठमाडौँमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न भएको देखियो ।
निर्वाचन आयोगका निर्वाचन हुने जिल्लामा सवारीसाधन चलाउन रोक लगाएपछि सधैँ घन्टौँसम्म जाम हुने काठमाडौँ आज भने सडक खाली र सुनसान देखियो । अरु समयमा बाटोमा निस्कन डराउने बालबालिका आज भने सडकमा रमाएर साइकल कुदाइरहेका र खेलिरहेका देखिन्थे ।
सडकमा फाटृफुटृ प्रेस, प्रहरी, पर्यवेक्षक र अस्पतालका गाडी तथा मोटरसाइकलबाहेक अन्य निजि तथा सार्वजनिक गाडी गुडेको देखिएन । आज मतदानको दिन सवारीसाधन चलाउन नपाइने नियम मिचेर चलाइएका करिब दुई हजार सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय निर्वाचनलाई विदेशी पर्यटकले समेत निकै रुचिपूर्वक अवलोकन गरेको पाइयो ।
निर्वाचन हुँदाको अवस्था, निष्पक्ष, धाँधलीरहित भए-नभएकोबारे अनुगमन गर्ने, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवतीलगायतका मतदाताले सहज ढङ्गबाट मतदान गर्न पाए-नपाएको अनुगमन गर्न खटिएका पर्यवेक्षक भने सबै निर्वाचन केन्द्रमा खटिएका थिए ।
 पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप