
भोली हुन लागेको निर्वाचनमा मतदान गर्न आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर विमानस्थलमा । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर (चितवन) । रासस
काठमाडौँ, ३० वैशाख । स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा आम चासोको रुपमा रहेको छ ।
दुई दशकपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर संविधानसभाले जारी गरेको संविधान बमोजिम व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको पनि काम गर्ने स्थानीय तहको पहिलोपटक हुन लागेको ऐतिहासिक निर्वाचनमा उहाँहरु मतदान गर्न व्यग्र प्रतिक्षारत हुनुहुन्छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ४ लङ्कुस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्दै हुनुहुन्छ । उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, विमलेन्द्र निधि र कृष्णबहादुर महराको मतदाता नामावली रहेको प्रदेशमा पहिलो चरणमा निर्वाचन हुँदैन । यसैले उहाँहरुले यो चरणमा मत हाल्नुहुन्न ।
यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पहिलो चरणमा मतदान गर्नुहुन्न । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नामावली पनि रौतहट जिल्लामा रहेकाले जेठ ३१ मा हुने निर्वाचनमा मात्र मतदान गर्नुहुनेछ ।
पूर्वप्रधानन्यायाधीश एवम् मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँ महानगरपालिका वडा नं १० बानेश्वर हाइटस्थित सानोगौचरण पार्क मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । रेग्मीले आफैँ मन्त्रिपरिषद्को अध्यक्ष भएर गराउनुभएको विसं २०७० मङ्सिर ४ गतेको निर्वाचनमा पनि यही केन्द्रबाट मतदान गर्नुभएको थियो ।
पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका वडा नं १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नं २ स्थित सत्यवती मावि र महामन्त्री डा शशाङ्क कोइरालाले काठमाडौँ महानगरपालिका वडा नं ३ महाराजगञ्जचोकस्थित भ्याली स्कूल केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।
पूर्वउपप्रधानमन्त्री एवम् काँग्रेस नेता प्रकाशमान सिंहले महानगरपालिकाको वडा नं १६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ । पूर्वउपप्रधानमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं ८ स्थित जौबारी मतदान केन्द्रबाट मत दिँदै हुनुहुन्छ ।
एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौँको टोखा नगरपालिका वडा नं ७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट मत हाल्दै हुनुहुन्छ ।
सहरीविकास मन्त्री अर्जुननरसिंह केसीले नुवाकोट ककनी गाउँपालिका वडा नं २ स्थित ओखरपौवा केन्द्र, ऊर्जामन्त्री जनार्दन शर्माले रुकुमको मुसीकोट नगरपालिका वडा नं ६ शेरेगाउँस्थित यमुनानन्द नमुना मावि केन्द्र, परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित ठाँटीभञ्ज्याङ केन्द्र, उद्योगमन्त्री नवीन्द्रराज जोशीले महानगरपालिकाको वडा नं १९ ढोकाटोल केन्द्र र स्वास्थ्यमन्त्री गगनकुमार थापाले महानगरपालिका वडा नं ३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।
वाणिज्य मन्त्री रोमी गौचन थकालीले मुस्ताङको खासाङ गाउँपालिका वडा नं ३ लेतेस्थित जनोदय मावि केन्द्र, वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले तनहुँको भानु नगरपालिका वडा नं ९ स्थित कालिका मावि केन्द्र र महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले पोखरा महानगरपालिका वडा नं १६ अमरेस्थित चण्डिका प्रावि मतदान केन्द्रमा मत हाल्नुहुनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्र र वरिष्ठ नेता पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नं २ महेन्द्रोदय उच्च माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।
मुख्यसचिव डा सोमलाल सुवेदीले महानगरपालिका वडा नं १४ कलङ्कीस्थित ब्लुरेन इङ्लिस बोर्डिङ स्कुल र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले ललितपुर महानगरपालिकाको यातायात व्यवस्था वाग्मती अञ्चल कार्यालय मतदान केन्द्रबाट मत दिनुहुनेछ ।
नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेदवार राजुराज जोशीले महानगरपालिका वडा नं २६ को यट्खा टोल केन्द्र र उपप्रमुख पदकी उम्मेदवार हरिप्रभा खड्गीले वडा नं २८ स्थित पद्मकन्या बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री दाहाल भरतपुरमा
चितवन, ३० वैशाख । आइतबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनुभएको छ ।
राष्ट्रिय राजनीतिमा चासोपूर्वक हेरिएको भरतपुर महानगरपालिकामा भोलि उहाँले भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मी मावि लङ्कु मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । भरतपुर महानगरपालिकाको प्रमुखमा उहाँकी छोरी रेणु दाहालले उम्मेदवारी दिनुभएको छ ।
श्रीमती सीता दाहालले भने शिवनगरस्थित निमावि शान्तिपुर केन्द्रमा मतदान गर्नुहुने प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले जानकारी दिनुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार