काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगको वैशाख २९ गते बसेको बैठकले निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरुका लागि सरकारी निकायबाट जारी गरिएको तस्बिरसहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ ।
आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र-राहदानी-सवारी चालक अनुमतिपत्र-जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय गरेको हो ।
साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ । सो सम्बन्धमा थप बुझ्नु परेमा आयोगको टोल फ्री नम्बर १६६००१४४२२२ मा सम्पर्क गरी जानकारी लिन सकिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
काठमाडाँैको सबै तयारी पूरा
आइतबार हुने काठमाडाँै जिल्लाका स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ ।
मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले एक महानगर र १० नगरपालिकामा आइतबार हुने निर्वाचनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सबै नगरपालिकाकाले निर्वाचन सामग्री लगिरहेका छन् । ‘टाढा रहेका सबै नगरपालिकाले निर्वाचन सामग्री लगिसकेका छन्’, उहाँले भन्नुभयो, ‘नजिकका टोखा, बूढानीलकण्ठले मात्र बाँकी रहेका छन् । साँझसम्म सबैले लैजान्छन् ।’ सम्बन्धित नगरपालिकाका निर्वाचन अधिकृतले बिहीबारदेखि नै मतपत्र र मतपेटिका लगिरहेका छन् ।
काठमाडाँै जिल्लामा काठमाडौँ महानगरपालिकासहित नागार्जुन, शङ्खरापुर, गोकर्णेश्वर, तारकेश्वर, दक्षिणकाली, कागेश्वरी मनोहरा, चन्द्रागिरि, टोखा, कीर्तिपुर र बूढानीलकण्ठ नगरपालिका छन् ।
जिल्लामा छ सय ८७ मतदान केन्द्र छन् । त्यसमध्ये महानगरकाका ३२ वडामा मात्रै तीन सय ४० मतदान केन्द्र रहेका छन् । जिल्लामा पाँच लाख ५९ हजार चार सय मतदाता छन् भने महानगरपालिकामा दुई लाख ७९ हजार ३१६ जनाले मतदान गर्दैछन् । कामपामा एक सय ५९ पदका लागि कुल आठ सय ६४ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाबाट कुल ७१२ जना निर्वाचित हुनेछन् ।
तीन दलित र्निविरोध
काठमाडाँै महानगरपालिकामा तीन दलित महिला सदस्य र्निविरोघ निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार वडा नं १८, १९ र २३ बाट महिला दलित सदस्य र्निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेमा वडा नं १८ बाट नेकपा(एमाले)बाट प्रतिनिधित्व गर्ने अम्बिका सुनार तथा वडा नं १९ बाट नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने रञ्जिता परियार र वडा नं २३ बाट काँग्रेसकै कञ्चना नेपाली हरिजन रहनुभएको छ । आइतबार हुने निर्वाचनबाट तीनबाहेक कुल एक सय ५९ दलित महिला निर्वाचित हुनेछन् ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान