
चितवनको भरतपुर तोरीखेतका मतदाता रवि अधिकारीले शुक्रबार लिएको परिवारकै परिचयपत्र देखाउँदै । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
रत्ननगर (चितवन), २९ वैशाख । फिल्म निर्माता तथा पत्रकार रवि अधिकारीले भरतपुर महानगर वडा नं ५ तोरीखेतमा रहेको मतदान केन्द्रबाट आज अस्थायी मतदाता परिचयपत्र लिनुभयो । उहाँले नागरिकताका आधारमा आफूसँगै बुबा बृखबहादुर, आमा लीलावती, दिदी सम्झना र भिनाजु जङ्गबहादुर कुँवरको परिचयपत्र झिक्नुभयो ।
अधिकारी भन्नुहुन्छ – “स्थानीय निकायको निर्वाचन दुई दशकपछि हुन लागेकाले आफ्नो गाउँको विकास गर्ने नेता छान्नका लागि भोट हाल्न व्यग्र चाहना छ ।” भोट हाल्न आतुर रहेको बताउँदै अधिकारीले अरुलाई पनि आफ्नो मतदान गर्ने अधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । अब जितेर आउने जनप्रतिनिधिले गाउँठाउँको विकास गर्लान् भन्ने उहाँलाई ठूलो आशा छ ।
भरतपुरकै लक्ष्मी विकले पनि आजै मतदाता परिचयपत्र लिनुभयो । उहाँले श्रीमान् र छोराको समेत मतदाता परिचयपत्र आफैले लिनुभयो । “मतदान त गर्नै परयो नि, त्यही भएर गर्मी नभनीकन परिचयपत्र लिन आएको हो,” उहाँले भन्नुभयो ।
दुई हजार ८९१ मतदाता रहेको तोरीखेतको मतदानस्थलमा तीनवटा मतदान केन्द्र रहेका छन् । चर्काे घाममा मतदाताले लामो लाइनमा लागेर मतदाता परिचयपत्र लिए । तेरीखेतको बुथमा दुई हजार ८९१ मतदातामध्ये आजसम्म ५० प्रतिशत भन्दा बढीले परिचयपत्र लिइसकेका ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत कृष्ण रायमाझीले जानकारी दिनुभयो ।
‘क’ मतदान केन्द्रका मतदान अधिकृत दीपककुमार दास नाता खुलेको कुनै पनि प्रमाणका आधारमा परिवारका सदस्यले परिचयपत्र लिन सक्ने बताउनुहुन्छ । कुनै प्रमाण फेला नपरेमा सर्वदलीय निर्णय गरेर प्रमाणित गरेपछि परिचयपत्र दिने गरेको उहाँले बताउनुभयो ।
कुनै समस्या परेमा दलहरुका स्थानीय प्रतिनिधिसँग परामर्श गरेर निर्णय गर्ने जिल्ला निर्वाचन अधिकारी हरि ढकाल बताउनुहुन्छ । उहाँले आज नारायणी, बालकुमारी, मङ्गलपुरलगायत क्षेत्रका विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण गर्नुभयो ।
जिल्लामा तीन लाख १३ हजार दुई मतदाता रहेका छन् । “आजसम्ममा ५० प्रतिशत भन्दा बढीले मतदाता परिचयपत्र लिइसकेका छन््,” ढकालले भन्नुभयो । चितवनमा एक महानगरपलिका, पाँच नगरपालिका र एक गाउँपालिका गरी सातवटा स्थानीय निकाय रहेको छ । यहाँ ५०४ जना जनप्रतिनिधिका लागि दुई हजार २०३ जनाको उम्मेदवारी परेको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति