काठमाडौँ, २९ वैशाख । करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजधानी काठमाडौँमा चल्ने सार्वजनिक सवारी साधन पनि कम चल्न थालेका छन् ।
यही ३१ गते हुने पहिलो चरणको निर्वाचनमा मतदान गर्न सवारी चालक, उनका सहयोगीहरु जिल्ला जानेक्रम बढेपछि आज पनि सवारी साधन निकै कम चलेका छन् ।
लगनखेल–रत्नपार्क माइक्रोमा काम गर्ने काभ्रेका वीरबहादुर रिजालले यो रुट भएर चल्ने करिब ८० माइक्रोमध्ये आज १० भन्दा कम मात्र माइक्रोबस चलेको बताउनुभयो ।
उहाँले भन्नुभयो – “सबै चुनावका लागि घर गए । आज त निकै कम माइक्रो चलेको छ । अरु रुटमा पनि यस्तै छ । म पनि भोलि भोट हाल्न घर काभ्रे जान्छु । भोलिदेखि हाम्रो माइक्रो पनि चल्न मुस्किल छ ।”
रत्नपार्कमा भेटिएका अर्का थानकोट रुटका माइक्रोे चालक रमेश खड्काले लामो समयपछि चुनाव हुन लागेकाले पहिलोपटक मतदान गर्न पाउँदा उत्साहित भएको बताउनुभयो ।
“चुनावपछि गाउँतिरको विकास हुन्छ भन्छन् । त्यसैभएर भोट हाल्नका लागि घर जान लागेको छु । धेरै साथीले पहिलोपटक भोट हाल्न लागेका छन् । सबै कस्तो होला भनेर दङ्ग छनु” – उहाँले भन्नुभयो ।
चालक गौरी तामाङले पनि भोट हाल्न मतदाता नामावलीमा नाम आए पनि कसरी भोट हाल्ने भन्ने द्विविधा भएको बताउनुभयो ।
“भोट हाल्ने तर कसरी हाल्ने भन्ने थाहा छैन” उहाँले भन्नुभयो – ‘‘फेरि राम्ररी हालेन भने त्यो भोट गणना हुन्न भन्ने पनि सुनेको छु । दिनभर माइक्रो चलाउनै ठिक्क हुन्छ कतिबेला मतदान गर्ने तरिकाबारे सिक्नु । उही यात्रुहरु गाडीमा गफ गरेको सुनेकै भरमा अलिअलि थाहा हुन्छ ।’’
सवारी साधनमा मात्र होइन, मतदानका लागि जिल्ला बाहिरका बासिन्दा घर जान नयाँ बसपार्क गोंगबुमा भीड देख्दा दसैँ तिहारको सम्झना गराउँछ ।
चुनाव नजिकिँदै गर्दा काठमाडाँैमा चल्ने सार्वजनिक साधनमा कमी आएको छ । पर्सि ३१ गते हुने पहिलो चरणको निर्वाचनका लागि चालक र सहयोगी मतदानका लागि जिल्ला गएपछि सवारी साधन कम चलेका हुन् ।
महानगरीय ट्राफिक प्रहरी परिसरका अनुसार काठमाडौँ उपत्यकाभित्र दैनिक सात लाख बढी सवारी साधन गुड्ने गर्छन् तर मतदान गर्ने दिन नजिकिँदै जाँदा यसमा ४० प्रतिशत कमी आएको छ ।
महानगरीय ट्राफिक प्रहरी परिसरका प्रहरी निरीक्षक मधुसूदन सिलवालले आफूहरुका लागि पनि अतिरिक्त गाडी आवश्यक परेकाले गाडी उपलब्ध भए पनि चलाउने चालक नपाएको बताउनुभयो । ‘‘सबै चालक भोट हाल्न बाहिर गएका छन् । मान्छे पाउनै गाह्रो छ ।’’
उपत्यकाबाट पछिल्लो २४ घन्टामा मात्र ६५ हजारभन्दा बढी मानिस बारिएका छन् भने करिब ६० हजार मानिस उपत्यका भित्रिएका छन् ।
गाडी र यात्रु कम भएपछि उपत्यका हुने ट्राफिक जाममा पनि कमी आएको प्रहरी निरीक्षक सिलवालको भनाइ छ ।
नयाँ संविधान आएपछि सङ्घीय संरचनालाई अपनाएर हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनको ३४ जिल्लाका ५० लाख मतदाताले छ हजार ६४२ मतदानकेन्द्रबाट मतदान गर्दैछन् । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार देशभर एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता छन् । दोस्रो चरणको निर्वाचन आगामी जेठ ३१ गते हुँदैछ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत