
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवनको भरतपुरमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
रत्ननगर (चितवन), २८ वैशाख । नेकपा( एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै क्षेत्रमा एमालेको नेतृत्व भयो भने मात्रै देश समृद्ध बन्ने बताउनुभएको छ ।
एमाले भरतपुर महानगर कमिटीको आयोजनामा आज नारायणगढमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले राष्ट्रिय एकताका पक्षमा र राष्ट्रिय पहरेदारका रुपमा रहेको उहाँले प्रस्ट गर्नुभयो ।
चुनावमा सरकार धाँधली गर्न उद्दत रहेको आरोप लगाउँदै उहाँले प्रजातान्त्रिक मूल्यमान्यता विपरीत धाँधलीका काम भैरहेको जिकिर गर्नुभयो । “जेठ १५ गते बजेट आउने, जेठ १५ भन्दापछि चुनाव गर्नुपर्ने, चुनावी बजेट सस्तो लोकप्रिय बजेट जारी गर्ने, अनि चुनाव गर्ने, यो धाँधली हो कि होइन ?” नेता ओलीले प्रश्न गर्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले आफूहरुले चुनावमा निष्पक्षता चाहेको बताउँदै प्रशासन र अदालतलाई आतङ्कमुनि राख्ने प्रयास भइरहेको भनी सरकारको आलोचना गर्नुभयो । अध्यक्ष ओलीले ठाउँ ठाउँमा एमालेका कार्यकर्तामाथि हमला भैरहेको बताउँदै दुःख व्यक्त गर्नुभयो । विभिन्न ठाउँमा विभिन्न व्यक्ति मरिरहेको घटना भए पनि न्याय दिन्छु भन्न नसक्नेलाई काँग्रेसले बोकेको उहाँको आरोप थियो ।
कार्यक्रम सुरु हुनुअघि भरतपुरको चौबिसकोठीबाट एमाले कार्यकर्ताहरुले बाजागाजासहित पदयात्रा निकालेका थिए ।
एमालेले ६० प्रतिशत स्थानमा जित्ने जिकिर
काठमाडौँ, २८ वैशाख । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गर्ने जिकिर गर्नुभएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभागले यहाँ आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले राष्ट्रियता र समृद्धिका लागि आफ्नो पार्टीको स्पष्ट सोच र अडान भएको तथा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन विगतमा भूमिका खेलेका कारण देशव्यापी लहर आएको विचार व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्रिय स्वाधीनता र स्वाभिमानका लागि एमाले नेतृत्वको अघिल्लो सरकारले घुँडा नटेकेकाले पनि यसप्रति जनताको समर्थन आएको र यसबाट तर्सिएर सरकारमा रहेका दलबीच चुनावी तालमेल भएको तर्क गर्नुभयो ।
कामपामा पदयात्रा
एमालेले काठमाडाँै महानगरपालिकाको चुनावी प्रचारप्रसार अभियानको अन्तिम दिन आज विभिन्न वडामा चुनावी पदयात्रा निकालेको छ ।
एमालेले कामपा वडा नं २, ४ र ५ वडामा पदयात्रा निकालेको ३ नं प्रदेशका सदस्य नारायण सिलवालले जानकारी गराउनुभयो । तीनै वडामा निकालिएको पदयात्रामा एमालेबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य सहभागी हुँदै महानगरलाई व्यवस्थित बनाउन आफ्नो जित आवश्यक रहेकाले जिताउन आग्रह गर्नुभएको थियो ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान