काठमाडौँ, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुको सहभागिता उत्साहजनक देखिएकामा खुसी व्यक्त गर्नुभएको छ ।
प्रमुख दलका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतलनिवासमा आज सम्पन्न भेटमा उहाँले निर्वाचन सम्पन्न गर्न दलहरुबीच देखिएको उच्च समझदारीले संविधानमा उल्लिखित तीन तहका निर्वाचन निर्धारित मितिमा हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले भोलिदेखि हुन लागेको आफ्नो श्रीलङ्का भ्रमणका बारेमा दलका शीर्ष नेतालाई जानकारी गराउनुभएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
दलका नेताहरुले राष्ट्रपति भण्डारीको भ्रमणको सफलताको शुभकामना दिनुभएको थियो ।
सो भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो ।
यसैगरी नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार, राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपस्थिति थियो ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान