काठमाडौँ, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुको सहभागिता उत्साहजनक देखिएकामा खुसी व्यक्त गर्नुभएको छ ।
प्रमुख दलका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतलनिवासमा आज सम्पन्न भेटमा उहाँले निर्वाचन सम्पन्न गर्न दलहरुबीच देखिएको उच्च समझदारीले संविधानमा उल्लिखित तीन तहका निर्वाचन निर्धारित मितिमा हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले भोलिदेखि हुन लागेको आफ्नो श्रीलङ्का भ्रमणका बारेमा दलका शीर्ष नेतालाई जानकारी गराउनुभएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
दलका नेताहरुले राष्ट्रपति भण्डारीको भ्रमणको सफलताको शुभकामना दिनुभएको थियो ।
सो भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो ।
यसैगरी नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार, राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपस्थिति थियो ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता