
भक्तपुर नगरपालिकाको भक्तपुर बहुमुखी क्याम्पस मतदान केन्द्रमा बिहीबार स्थानीय निर्वचनका लागि मतदाता परिचयपत्र वितरण गरिँदै । तस्बिर ः रोशन सापकोटा, रासस
भक्तपुर, २८ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले भक्तपुरका ७८ वटा मतदानस्थलमा रहेका १९१ वटा मतदान केन्द्रमा कर्मचारी खटाइ सकिएको बताउनुभयो ।
मतगणना नसकेसम्म कर्मचारी मतदान केन्द्रमै खटिने बताउँदै उहाँले आजदेखि ३० गतेसम्म प्रत्येक मतदान केन्द्रबाट फोटोसहितको मतदाता परिचयपत्र वितरण गरिने बताउनुभयो । मतदान केन्द्रमा गएर मतदाता परिचयपत्र लिन उहाँले मतदातालाई आग्रह गर्नुभयो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी तैनाथ गरेको छ । प्रमुख जिल्ला अधिकारी, द्रोण पोखरेलले सबै मतदानस्थलमा सुरक्षाकर्मी तैनाथ भएको बताउनुभयो । उहाँले भन्नुभयो – “चारवटै नगरपालिकामा रहेका निर्वाचन क्षेत्रमा ६० देखि ६५ जनासम्मको सशस्त्र प्रहरीको क्याम्प स्थापना गरिएको छ, सबै मतदान केन्द्रमा सुरक्षाकर्मीको टोलीसहितको क्याम्प राखिएको छ ।”
प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीका टोली गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै उहाँले नेपाली सेनाको टोलीले पनि सुरक्षा दिने बताउनुभयो । सेनाका अनुसार भक्तपुरमा ४०० सेनाको टोली परिचालन हुने भएकोे छ ।
प्रजिअ पोखरेलले भन्नुभयो – “गाउँ गाउँमा सुरक्षाकर्मीको टोली पुगेको छ, भक्तपुर पूर्णरुपमा सुरक्षित छ, सुरक्षाका लागि रिजर्भ फोर्स र स्ट्रेरिङ फोर्स तयारी अवस्थामा राखिएको छ, आवश्यक पर्दा सुरक्षाकर्मीको थप टोली पठाउन सकिने व्यवस्था गरिएको छ ।”
प्रजिअ पोखरेलले निर्वाचनलाई शान्तपूर्वक सम्पन्न गर्न एक हजार एक सय निजामती कर्मचारी खटाइसकेको र सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको बताउनुभयो ।
जिल्लामा निर्वाचनको दिन कुनै अप्रिय घटना भएको अवस्थामा पाँच मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने गरी व्यवस्था गरिएको बताउँदै उहाँले निर्वाचनको सबै सुरक्षाका लागि आवश्यक व्यवस्था पूरा गरिएको जानकारी दिनुभयो ।
आज अन्तिम दिन उम्मेदवारहरु रयाली सहित भोट माग्न व्यस्त
स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसार एवम् घरदैलो अभियान गर्दै मत माग्न पाउने आज अन्तिम दिन भक्तपुरका चारवटै नगरपालिकाको टोलटोलमा रयाली आयोजना गरिएको छ ।
बिहान ७ बजेदेखि नै मध्यपुर थिमि नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका चाँगुनारायण नगरपालिकाका विभिन्न दलका उम्मेदवारको टोलीले रयालीसहित टोलटोलमा पुगेर घरदैलो अभियान गर्दै भोट मागेका हुन् ।
नेपाली काँग्रेस,नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी माओवादी केन्द्र र नयाँ शक्ति पार्टीलगायतका उम्मेदवार छुटृाछुटृैघरदैलो अभियानमा सम्लग्न थिए ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान