
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बिहीबार कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा साझा बसमा निर्वाचन आयोगको लोगो अङ्कित झन्डा फहराएर साझा यातायातमार्फत ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको निर्वाचनको सन्देश प्रचारप्रसारको शुभारम्भ गर्दै । तस्बिर ः नारायण न्यौपाने, रासस
काठमाडौँ, २८ वैशाख । स्थानीय तहका मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको निर्वाचनको सन्देश बोकेका साझा बस राजधानीका सडकमा गुड्न थालेका छन् ।
कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले साझा बसमा निर्वाचन आयोगको लोगो अङ्कित झन्डा फहराएर आज साझा यातायातमार्फत निर्वाचनको सन्देश प्रचारप्रसार शुभारम्भ गर्नुभयो ।
साझा बसका २३ वटा गाडीमा यस्ता स्टिकर टाँसिएको निर्वाचन आयोगले जनाएको छ । गाडीमा टाँसिएका स्टिकरले मतदातालाई आफ्नो अमूल्य मतको महत्व झल्काउनुका साथै मतदानका लागि प्रेरित गर्ने विश्वास गरिएको छ । पछिल्लो समय यात्रुमा साझा बस लोकप्रिय बन्दै गएको छ ।
कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख आयुक्त डा यादवले पहिलो चरणको निर्वाचनमा खटिएका कर्मचारी आजबाट सबै मतदान केन्द्रमा पुगिसकेको जानकारी दिनुभयो ।
प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहका छ हजार ६४२ मतदान केन्द्रमा मतदान अधिकृतको टोलीले आजदेखि शनिबारसम्म मतदाताको परिचयपत्र वितरण गर्ने उहाँले जानकारी दिनुभयो ।
पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता कायम भएको हुँदा निर्वाचन अधिकतले स्थानीयस्तरमा राजनीतिक दलसँग समन्वय गरी मतदानस्थल र मतदान केन्द्रको निर्माणको कार्य पनि सुरु गरिसकेको उहाँले भन्नुभयो ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची