काठमाडौँ, २७ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको तयारी र सफताको पहिलो सूचक उम्मेदवारी मनोनयनमा देखिएको उत्साहले पुष्टि गरेको बताउनुभएको छ ।
रिपोटर्स क्लब नेपालको साक्षात्कारमा उहाँले भन्नुभयो–“विभिन्न शङ्का आशङ्काबीच पनि निर्वाचनप्रतिको सबैको सकारात्मक सोचबाट आज हामी यहाँसम्म आइपुग्न सफल भएका हांै ।’’
‘‘स्थानीय तहको २० वर्षपछि हुन लागेको निर्वाचनमा आम मतदाताको सहभागिता होस्, कोही मतदाता नछुटुन्, सदर मतको सङ्ख्या बढोस्, बदर मत प्रतिशत घटाउन सकियोस् भन्ने दृष्टिकोणबाट आयोगले यसपटक निर्वाचन शिक्षालाई जोड दिइरहेको छ’’– प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो ।
स्थानीय तहको ठूलो भूगोल भएकाले उम्मेदवार जनताको घरघरमा पुगेर मत माग्ने र मतशिक्षा दिने कार्यमा समयको तालमेल मिलाउन भने निकै धौधौ परिरहेको उहाँको भनाइ थियो ।
मुलुक सङ्क्रमणकालकै छ भन्ने परिचयको रुपमा सरकार विस्तारको घटनालाई लिन सकिने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “आयोग निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन दृढ छ ”।
निर्वाचन कानुनमा व्यवस्था भएअनुसार मतदान सकिएर मतपेटिका सङ्कलन भएपछि मतगणना सुरु गरिने बताउँदै उहाँले स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ मै हुन्छ, त्यसलाई सारियो भने आयोगले तयारी गर्न भ्याउँदैन ।
संवैधानिक प्रक्रियाअनुसार नियमितरुपमा आउने सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्वाचन आचारसंहिता अनुकूल हुनुपर्दछ भन्नुभयो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान