
पोखरामा बुधबार २५६१ औं बुद्ध जयन्तीको अवसरमा निकालिएको शान्ति पदयात्रामा सहभागीहरु । तस्बिर ः निमदत्त सुवेदी, रासस
काठमाडौँ, २७ वैशाख । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूमा २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज विशेष बुद्ध पूजा सुरु गरेको छ ।
महासमितिले प्रत्येक वर्ष बुद्धजयन्तीका दिन उक्त स्थानमा बुद्धाचार्य समाजको सहयोगमा विधिविधानपूर्वक बुद्धपूजा गर्ने गर्दछ । त्यस क्षेत्रमा आज साँझसम्म करिब एक लाख भक्तजनले दर्शन गर्ने महासमितिले जनाएको छ ।
उक्त स्थानमा काठमाडौँ तथा त्यसवरपर क्षेत्रबाट भक्तजनको भीड लागेको छ । स्वयम्भूमा रङ्गरोङ्गन तथा सरसफाइसमेत गरिएको छ । विभिन्न सङ्घसंस्थाको सहयोगमा निःशुल्क पानी वितरण, खिर भोजनसमेत गराइएको छ ।
महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधर, उपाध्यक्ष ज्ञानु लामा, कोषाध्यक्ष पुण्यसागर लामालगायतका पदाधिकारी त्यहाँ आउने भक्तजनको सुविधाका लागि स्वयम्सेवकका रुपमा खटिनुभएको छ । आकस्मिक घटना घट्न सक्ने सम्भावनालाई दृष्टिगत गरी एम्बुलेन्स तैनाथ अवस्थामा राखिएको छ ।
नकःमि समाज सेवा पूचःले शान्तिपोखरी नजिकै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो पूचःका उपाध्यक्ष चन्द्रलाल नकर्मीले रगतको अभाव रहेको समाचार सुन्नमा आएकाले आजको दिन पारी सो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
महासमितिले शान्तिका उपदेश तथा नैतिक शिक्षालाई फैलाउने उद्देश्यले आजको दिन विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ । सोही सन्दर्भमा आजका दिन पर्यटकलाई उक्त सम्पदास्थलमा निःशुल्क दर्शनको व्यवस्था गरिएको जनाइएको छ भने आज साँझ दीपावली गर्ने कार्यक्रम छ ।
हेटौँडा, २७ वैशाख । २५६१औँ बुद्ध जयन्तीका अवसरमा हेटौँडा उपनगरपालिका–२, ४, ९ र १० मा रहेको बुद्ध विहारमा आज बिहानैदेखि भक्तजनले पूजाआजा र अर्चना गरेका छन् ।
सोही उपलक्ष्यमा वडा नं १० स्थित गोरेश्वर मन्दिरको प्राङ्गणबाट आज बिहान निस्केको भक्तजनको झाँकीसहितको ¥यालीले स्थानीय नगरको परिक्रमा गरी वडा नं ४ स्थित कमलडाँडाको बौद्ध विहारमा पुगी विसर्जन गरिएको थियो ।
धार्मिक रयालीमा मकवानपुरका प्रजिअ नारायणप्रसाद शर्मा, प्रहरी उपरीक्षक वसन्त लामा एवम् विभिन्न कार्यालयका प्रमुख, उद्योगपति, व्यापारी र सञ्चारकर्मीको सहभागिता थियो ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा