शुक्रबार, असोज ९ २०७७ | Fri, September 25, 2020
नेपालको समय: ०२:४१ | UK Time: 21:56

सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ अवधारणामा हस्ताक्षर गर्ने

वीनेपाली
२०७४ वैशाख २६ गते ०:५२

काठमाडौँ, २५ वैशाख । सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ अवधारणामा हस्ताक्षर गर्ने भएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । चीन सरकारले अगाडि सारेको यो अवधारणाको प्रस्तावलाई नेपालले निकै महत्वका साथ हेरेको र यसबाट लाभ लिने विषयमा नेपालका स्वतन्त्र विद्वान्को सुझाव लिएर अगाडि बढ्ने रणनीति तय गरेको सूचना तथा सञ्चारमन्त्री कार्कीले बताउनुभयो ।

बैठकले दक्षिण अमेरिकी देश एलसाल्भाडोरसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने तथा यही वैशाख २९ गतेदेखि थाइल्यान्ड र श्रीलङ्काका लागि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

बैठकले राजविराजलगायत स्थानमा मधेस आन्दोलनमा मारिएका सन्जन महतो, आनन्द साह, पीताम्बरलाल मण्डल, वीरेन्द्र महतो र किरण यादव, मोरङमा मारिएका वासुदेव साह तथा ताप्लेजुङमा मारिएका वन रक्षक गणेशबहादुर शाहीलाई सहिद मान्ने निर्णय गरेको छ । त्यस्तै काठमाडौँ उपत्यकाका चारै सुर(चार किनारा)मा चार नयाँ सहर सुरुआत गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक