
आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि घरदैलो अभियानका क्रममा मध्यपुर थिमिका बासिन्दासँग भोट माग्दै नेपाली काँग्रेसका तर्फबाट मध्यपुर थिमि नगरपालिकाका मेयर उम्मेदवार अष्ट कवेँ । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर, २५ वैशाख । भोट हाल्न पाँच दिनमात्र बाँकी हुँदा मध्यपुर थिमि नगरपालिकामा काँग्रेस र एमालेको रयाली अघिपछि गर्दै घरघरमा आएपछि मध्यपुर थिमिका बासिन्दामा चुनावी रौनक थपिएको छ ।
आज एमालेका युवा नेता एवम् मध्यपुरथिमि नगरपालिकाका प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठ बाजागाजाका साथ घरदैलो अभियानमा जाँदा यहाँका मतदाता भने उत्साहित भएका थिए ।
अगाडि नायखीं बाजा, त्यसपछि धां बाजा र बीचमा बाँसुरी बाजाका बजाउँदै समर्थकहरुको रयालीका साथ मध्यपुर थिमिको बालकुमारी, चपाचो, दुईपोखरी, बाहाखा बजार, नगदेश, बोडे, नगरपालिका रोड हुँदै नगरपालिकाको टोलटोलमा पुगेको उम्मेदवारको टोलीलाई मतदाताले बीचबीचमा स्वागत गरेका थिए ।
मध्यपुरका बासिन्दा उत्साहित हुँदै १८ वर्ष पनि स्थानीय नेतालाई मतदान गर्न पाएकामा खुसी व्यक्त गर्दै उम्मेदवारलाई अबिर, माला र खादा लगाएर स्वागत गर्दै सगुन दिएर शुभकामना व्यक्त गरेका थिए ।
थिमिका नवीनचन्द्र श्रेष्ठले १८ वर्षपछि यसरी घरदैलोमा स्थानीय नेताहरु भोट माग्न आउँदा उत्साहित बनाएको बताउँदै यसवर्ष युवा उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो ।
एमालेका प्रमुखका उम्मेदवार श्रेष्ठ र नेमकिपाका तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएका केदार खड्काले संयुक्त प्यानल बनाएकाले चुनावी माहोलमा उत्तिकै रौनक थपिएको थियो । टोलटोलमा महिला, ज्येष्ठ नागरिक र स्थानीयवासीले भव्य स्वागत गर्दा महोत्सवमय भएको थियो ।
त्यसैगरी नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार अष्टकुमार कवेँ र उपमेयरका उम्मेदवार अञ्जना मढीकर्मीले पनि मध्यपुर थिमिमा घरदैलो गर्दा ७० वर्षका वृद्धवृद्धादेखि युवायुवतीले समेत भव्य स्वागत गरेका थिए । नेपाली काँग्रेसले आज नगदेश, बोडे, मगर गाउँ, धुन्चेपाखा, बोडेलगायतका क्षेत्रमा घरदैलो अभियान गरेर भोट मागेका थिए ।
मध्यपुरथिमिमा कहिले काँग्रेस अगाडि त कहिले एमाले अगाडि हुँदै एउटै क्षेत्रमा एकैदिन घरदैलो गरेपछि मध्यपुरका बासिन्दामा थप रौनक छाएको थियो ।
बोडेका रामचन्द्र प्रजापतिले गाउँकै मानिस फरकफरक पार्टीबाट भोट माग्न घरघरमा आउँदा रमाइलो लागेको बताउँदै यसले चुनावी उत्साह थपेको बताउनुभयो । जुन पार्टीका नेताले जिते पनि मध्यपुरको विकास हुन्छ भन्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
आज नै मध्यपुरथिमिमा नयाँ शक्तिबाट प्रमुखमा उम्मेदवारी दिएका ज्ञानराम प्रजापतिले पनि घरदैलो अभियान सञ्चालन गर्दै मत माग्नुभएको थियो । माओवादी केन्द्रका प्रमुखका उम्मेदवार प्रतिमा श्रेष्ठ र उपप्रमुख सुचित्रा श्रेष्ठले पनि घरदैलो अभियान सञ्चालन गरेर भोट माग्नुभएको छ ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ