काठमाडौँ, २३ वैशाख । प्रमुख सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनले सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्को विशेषाधिकार हनन गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
जननिर्वाचित संसद्को अधिकार र कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै उनीहरुले आज संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् ।
संसदको विशेषाधिकार र संवैधानिक सर्वोच्चताको सम्मान नगरिएको भन्दै उनीहरुले सर्वोच्चको आदेश खारेजीको माग गरेका छन् । प्रदर्शनकारीले शुक्रबार न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासबाट सर्वोच्चका प्रधानन्यायाधीशमाथिको महाअभियोगका विषयमा जारी गरिएको अन्तरिम आदेश असंवैधानिक भएको भन्दै सो आदेश खारेज गर्न र जननिर्वाचित संसद्को अधिकार क्षेत्रको ख्याल गर्न आग्रह गरेका थिए ।
प्रदर्शनी मार्गबाट सुरु भएको विरोध जुलुस पुतलीसडक चोक पुगेर विरोधसभामा परिणत भएको थियो । विरोध सभामा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले असंवैधानिक आदेश तत्काल खारेज गरी संसद्को अधिकार माथि हस्तक्षेप बन्द गर्न आग्रह गर्नुभयो ।
साहित्यिक निबन्धको शैलीमा आएको असंवैधानिक आदेशमा पुनर्विचार गर्न माग गर्दै अध्यक्ष महरले जननिर्वाचित संस्थाको मानमर्दन गर्ने कार्य आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो ।
अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने संविधानभन्दा माथि कोही पनि नभएको भन्दै संसद्को अधिकार क्षेत्र हनन गर्ने विषय आफूहरुलाई सह्य नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वोच्चको पछिल्लो आदेशले संसद्को विशेषाधिकार र संविधानको हुर्मत लिएको छ । यो युवा विद्यार्थीलाई स्वीकार्य हुन सक्दैन ।”
कार्यक्रममा नेविसङ्घका उपाध्यक्ष पुष्पविक्रम शाही, अखिल (क्रान्तिकारी)का उपाध्यक्ष रञ्जीत तामाङ लगायतको सहभागिता रहेको थियो ।
महाअभियोग अगाडि बढ्छ – दलका नेताहरू
काठमाडौँ, २३ वैशाख । विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्धको महाभियोग अगाडि बढ्ने बताएका छन् ।
व्यवस्थापिका–संसद्मा आइतबार दर्ता भएको महाअभियोगको प्रस्ताव र व्यवस्थापिका–संसद्ले जारी गरेको पत्रलाई यथास्थितिमा राख्नु, साथै, प्रधानन्यायाधीश कार्कीलाई यथावत्रुपमा आफ्नो पदमा काम गर्नु भनी सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गरेपनि दलका नेताहरूले महाभियोग अगाडि बढ्ने बताएका हुन् ।
रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेताहरूले महाभियोग अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेशलाई संविधान विपरीत भएको टिप्पणी गरे ।
नेकपा (माओवादी केन्द्र) का नेता मणि थापाले न्यायालयले कार्यपालिकामाथि हस्तक्षेप गरेको आरोप लगाउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सर्वोच्च अदालतको अन्तरिम आदेश लोकतन्त्र माथिको ठाडो प्रहार हो भन्नुभयो ।
नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले कार्यपालिका, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीच दूरी बढाउन नहुने भन्दै प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता जीतेन्द्र सोनालले शुक्रबारको सर्वोच्च अदालतकोे अन्तरिम आदेश संसद्माथिको हस्तक्षेप भएको जिकिर गर्नुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता