नेपाली काँग्रेसका नेता शाक्यको अन्त्येष्टि गरियो

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको पार्थिव शरीरमा पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलि गर्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । ग्रान्डी अस्पतालनमा पाँच दिनदेखि उपचाररत् शाक्यको ७७ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसका नेता मार्शल जुलुम शाक्यको आज साँझ अन्त्येष्टि गरिएको छ ।

उहाँको टेकु दोभानमा विधिविधानपूर्वक अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका क्रममा आफन्त, पार्टीका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक तथा पार्टीका कार्यकर्ता, शुभेच्छुकलगायतको सहभागिता थियो ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलि कार्यक्रम सकिएपछि शवयात्रा टेकु पुरयाइएको थियो ।

मस्तिष्कघातबाट पीडित शाक्यको ७७ वर्षको उमेरमा आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको थियो । उहाँका श्रीमती र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री