बिहीबार, वैशाख २३ २०७८ | Thu, May 06, 2021
नेपालको समय: १०:०९ | UK Time: 05:24

प्रधानन्यायाधीशले हाजिर गरेर अदालतमा काम थालिन्

वीनेपाली
२०७४ वैशाख २२ गते १६:४५

तस्विरः रासस

काठमाडौँ, २२ वैशाख । सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम प्रधानन्यायाधीश सुशीला कार्की आजैदेखि अदालतमा फर्कनुभएको छ ।

उहाँले आज साँझ सर्वोच्च अदालतमा आई हाजिर गरेर आफ्नो अदालती काम सुरु गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवाको विषयलाई लिएर व्यवस्थापिका–संसद्मा कार्कीविरुद्ध आइतबार महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।

आजै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावलाई यथास्थितिमा राखी आजैदेखि काम गर्न-गराउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक