
उपसमितिका संयोजक एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक बुधबार निर्वाचनका बारेमा नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिद्वारा पार्टी मुख्यालय ललितपुरको सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २० वैशाख । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदावार मनोनयन कार्य सम्पन्न भइसकेको अवस्थामा पनि स्थानीय तहका पार्टी समिति र संयन्त्रले आवश्यकता अनुसार अन्य पार्टीसित सहकार्य र तालमेल गर्न सकिने जनाएको छ ।
उम्मेदवार मनोनयन सम्पन्न भइसकेको अवस्थामा पनि स्थानीय तहका पार्टी समिति र संयन्त्रले अन्य पार्टीसित निर्वाचनमा तालमेल गर्न सक्दछन् काँग्रेसले भनिएको छ ।
निर्वाचनका बारेमा काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिद्वारा आज पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले अगामी वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनमा महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका सबै पदमा पार्टीले उम्मेदवारी दिएको जानकारी दिएको छ ।
उपसमितिका संयोजक एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आफूले रोजेको र आफूले खोजेको उम्मेदवारलाई मतदान गर्न आम मतदाता उत्सुकतापूर्वक ३१ गतेको प्रतिक्षामा रहेको बताउनुभयो ।
स्थानीय तह निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनसक्ने र अटाउनसक्ने गरी सरकारले व्यवस्थापिका संसद्मा संविधानको दोस्रो संशोधन प्रस्ताव पेस गरेको र संशोधन पारितसमेत हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
संयोजक लेखकले आफ्नो पार्टीकातर्फबाट छिट्टै गृहमन्त्री मनोनयन हुने जानकारी समेत दिनुभयो ।
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा