
उपसमितिका संयोजक एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक बुधबार निर्वाचनका बारेमा नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिद्वारा पार्टी मुख्यालय ललितपुरको सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २० वैशाख । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदावार मनोनयन कार्य सम्पन्न भइसकेको अवस्थामा पनि स्थानीय तहका पार्टी समिति र संयन्त्रले आवश्यकता अनुसार अन्य पार्टीसित सहकार्य र तालमेल गर्न सकिने जनाएको छ ।
उम्मेदवार मनोनयन सम्पन्न भइसकेको अवस्थामा पनि स्थानीय तहका पार्टी समिति र संयन्त्रले अन्य पार्टीसित निर्वाचनमा तालमेल गर्न सक्दछन् काँग्रेसले भनिएको छ ।
निर्वाचनका बारेमा काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिद्वारा आज पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले अगामी वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनमा महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका सबै पदमा पार्टीले उम्मेदवारी दिएको जानकारी दिएको छ ।
उपसमितिका संयोजक एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आफूले रोजेको र आफूले खोजेको उम्मेदवारलाई मतदान गर्न आम मतदाता उत्सुकतापूर्वक ३१ गतेको प्रतिक्षामा रहेको बताउनुभयो ।
स्थानीय तह निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनसक्ने र अटाउनसक्ने गरी सरकारले व्यवस्थापिका संसद्मा संविधानको दोस्रो संशोधन प्रस्ताव पेस गरेको र संशोधन पारितसमेत हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
संयोजक लेखकले आफ्नो पार्टीकातर्फबाट छिट्टै गृहमन्त्री मनोनयन हुने जानकारी समेत दिनुभयो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी