
काठमाडौँ, २० वैशाख । भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई पुगेका ४४ जना नेपाली महिलामध्ये मङ्गलबार १२ जना नेपाल फिर्ता पठाइएकोमा आज थप ३२ जना आइपुगेका छन् ।
उनीहरूलाई दलालले भारतको दिल्लीको विमानस्थलबाट सोमबार साँझ दुबई पुरयाएकोमा आवश्यक कागजात नभेटिएपछि त्यहाँको अध्यागमनले नेपाल फिर्ता गरीदिएको थियो ।
राहदानीमा कुनै देशको पनि प्रवेशाज्ञा नलागेका उनीहरुले आफूहरु केन्या जान लागेको भन्दै दुबई पुगेकोमा त्यहाँबाट दलालले कुँवेत लैजाने तयारी गरेको थियो । केन्यामा नेपालीलाई ‘अन अराईभल भिसा’ अर्थात् जाने बित्तिकै प्रवेशाज्ञा दिने प्रावधानको फाइदा उठाउँदै उनीहरु भारतीय विमानस्थलमा ‘सेटिङ’ मिलाएर गएको अनुसन्धानको क्रममा खुलेको छ ।
फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि अहिले माइती नेपालको जिम्मा लगाएको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिनुभयो ।
उनीहरुलाई मनोसामाजिक परामर्शका लागि माइती नेपालमा पठाइएको र लैजाने गिरोहबारे समेत अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो- मङ्गलबार १२ जना र बुधबार थप ३२ जना महिला दुबईबाट फिर्ता भएका छन् । उनीहरु सबै तराईका विभिन्न सीमानाका हुँदै स्थलमार्गबाट भारत लगिएको पाइयो ।
यसरी फिर्ता हुनेमा कञ्चनपुर, बर्दिया, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका छन् । केही महिला त चार महिनासम्म दिल्लीमा बसेर दुबई लगिएको भेटिएको छ ।
प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सिआइबी) ले समेत यो घटनाबारे अनुसन्धान सुरु गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक मीरा चौधरीले सो घटनाबारे ब्युरोले अनुसन्धान सुरु गरेको र यसमा संलग्न गिरोहको छिट्टै पहिचान हुने बताउनुभयो ।
दुबईबाट दिल्ली फिर्ता गरिएका एअर इन्डियाको दिल्ली उडानबाट काठमाडौँ आइपुगेका हुन् । विभागका महानिर्देशक गेलालले यस घटनाबाट भारत हुँदै अवैधरुपमा खाडीमा पठाउने ठूलो गिरोह सक्रिय रहेको खुलेकाले त्यसलाई रोक्न मन्त्रालयमार्फत कूटनीतिक ढङ्गले भारत सरकारसँग कुरा गर्नुपर्ने आवश्यकता देखिएको टिप्पणी गर्नुभयो ।
फर्किएकाले दिएको प्रारम्भिक बयानमा आफूहरु घरेलु कामदारको रुपमा कुँवेत जान लागेको बताएका छन् । भारतबाट जाँदा उनीहरु अफ्रिकी मुलुक केन्या जान लागेका भनी त्यहाँको विमानस्थलमा विवरण लेखाएका थिए ।
यसअघि उत्तर प्रदेशको वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल हुँदै युएईको शारजाह जान लागेका ३६ जना नेपाली महिलालाई गत हप्ता विमानस्थलबाट भारतीय प्रहरीले रोकेको थियो ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका राष्ट्रहरूमा घरेलु कामदारमा पठाउन रोक लगाउने निर्णय गरेपछि पछिल्लो समय भारत हुँदै अवैधरुपमा खाडीमा जानेको सङ्ख्या बढ्दै गएको छ ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण