काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा राष्ट्रिय एकतासहित मुलुक अगाडि बढेको बताउनुभएको छ ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ३९ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले यही वैशाख ३१ गतेको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता बढेकाले मुलुक संविधान कार्यान्वयनको सङ्कल्पसहित अगाडि बढेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले संविधानको कार्यान्वयनका लागि स्वतन्त्र, स्वच्छ, भयरहित एवम् सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको दोहोरयाउँदै हिमाल, पहाड र तराई एवम् सबै समुदाय निर्वाचनमा अगाडि बढेको विचार व्यक्त गर्नुभयो ।
मुलुकको समग्र आर्थिक प्रगति सकारात्मक दिशामा अगाडि बढेको उल्लेख गर्दै उहाँले भूकम्पपछिको पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेकाले उक्त कार्यमा सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले वर्तमान सरकारले लिएको नीति तथा प्रक्रियागत सुधारका कारण मुलुकको आर्थिक वृद्धिदर करिब सात प्रतिशत रहने र मुद्रास्फीति औसतमा लक्ष्यभन्दा कम रहने अवस्था आएको बताउँदै न्यूनतम ८० प्रतिशत पुँजीगत खर्च गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय योजना आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले काठमाडौँ–तराई द्रुतमार्ग, निजगढ र पश्चिम सेतीजस्ता आयोजना अगाडि बढ्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दैै एक महिनाभित्र सम्बन्धित आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहसम्मलाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न र सोहीअनुसारको योजना पनि निर्माण गर्न अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिदैं उहाँले पूर्वाधार तथा सञ्चारलगायतका उपभोक्तासँग सम्बन्धित निकायले गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सहभागी मन्त्रीले राष्ट्रिय गौरवका आयोजना र समग्र समस्याका बारेमा जानकारी गराउनुभयो ।
आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले चालु आर्थिक वर्षमा सञ्चालित ४८४ आयोजनाको प्राथमिकीकरण, वार्षिक बजेटको तुलनामा दोस्रो चौमासिकको खर्चस्थिति एवम् पहिलो प्राथमिकता प्राप्त आयोजनाको प्रगतिका विषयमा जानकारी दिनुभयो ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने