
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव काठमाडौ महानगरपालिकाको स्थानीय तह निर्वाचनको लागि राष्टिय सभागृहमा भईरहेको उम्मेदवारी मनोनयन दर्ता गरेका उम्मेदवारसग भलाकुशारी गरेर खुशीयाली साट्दै । तस्बिर ः नारायण न्यौपाने, रासस
काठमाडौँ, २० वैशाख । काठमाडाँै जिल्लाका १० वटा नगरपालिकामा पाँचगुणा बढी उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
दशवटा नगरपालिकामा ५५० जना निर्वाचित हुनपर्नेमा दुई हजार ६२४ जनाले उम्मेदवारी दिएका छन् । ती नगरपालिकामा नगरप्रमुखका लागि १३५ जनाले तथा उपप्रमुखका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सबैभन्दा बढी चन्द्रागिरि नगरपालिकामा नगरप्रमुखका लागि १८ जना र उपप्रमुखका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिनुभयो । सो नगरपालिकामा ७७ जना प्रतिनिधि निर्वाचित हुनुपर्नेमा कुल ३९८ जनाले उम्मदवारी दर्ता गराउनुभएको छ ।
सबैभन्दा कम दक्षिणकाली नगरपालिकामा नगरप्रमुखमा १० जना तथा उपप्रमुखमा छ जनाले उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृत प्रतीमा पोखरेलले जानकारी दिनुभयो । दक्षिणकालीमा १९९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी तारकेश्वरमा नगरप्रमुखका लागि १४ जना र उपप्रमुखका लागि नौ जनासहित कुल ३०७ जनाले उम्मेदवारी दिएका छन् । नागार्जुन नगरपालिकामा नगरप्रमुखका लागि १६ जना र उपप्रमुखका लागि छ जनासहित २६६ जनाले उम्मेदवारी परेको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनुभयो ।
यस्तै शङ्खरापुरमा कुल ४७ जनप्रतिनिधि निर्वाचित हुनपर्नेमा २०९ जनाले उम्मेदवारी दिएका छन् । नगरप्रमुख र उपप्रमुखमा १०- १० जनाले उम्मेदवारी दिएका छन् । गोकर्णेश्वरमा ४७ जनप्रतिनिधि निर्वाचित हुनपर्नेमा २०७ जनाले उम्मेदवारी दिएका छन् । सो नगरपालिकामा नगरप्रमुखका लागि १२ जना र उपप्रमुखका लागि छ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कागेश्वरीमा ५७ पदाधिकारीका लागि कागेश्वरीमा ३०७ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तैगरी टोखामा ५७ जनप्रतिनिधि चयन हुनुपर्नेमा २६२ जना, कीर्तिपुरमा ५२ निर्वाचित हुनुपर्नेमा २६८ जना तथा बूढानीलकण्ठमा ६७ जना जनप्रतिनिधि निर्वाचित हुनुपर्नेमा २९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन