
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव काठमाडौ महानगरपालिकाको स्थानीय तह निर्वाचनको लागि राष्टिय सभागृहमा भईरहेको उम्मेदवारी मनोनयन दर्ता गरेका उम्मेदवारसग भलाकुशारी गरेर खुशीयाली साट्दै । तस्बिर ः नारायण न्यौपाने, रासस
काठमाडौँ, २० वैशाख । काठमाडाँै जिल्लाका १० वटा नगरपालिकामा पाँचगुणा बढी उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
दशवटा नगरपालिकामा ५५० जना निर्वाचित हुनपर्नेमा दुई हजार ६२४ जनाले उम्मेदवारी दिएका छन् । ती नगरपालिकामा नगरप्रमुखका लागि १३५ जनाले तथा उपप्रमुखका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सबैभन्दा बढी चन्द्रागिरि नगरपालिकामा नगरप्रमुखका लागि १८ जना र उपप्रमुखका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिनुभयो । सो नगरपालिकामा ७७ जना प्रतिनिधि निर्वाचित हुनुपर्नेमा कुल ३९८ जनाले उम्मदवारी दर्ता गराउनुभएको छ ।
सबैभन्दा कम दक्षिणकाली नगरपालिकामा नगरप्रमुखमा १० जना तथा उपप्रमुखमा छ जनाले उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृत प्रतीमा पोखरेलले जानकारी दिनुभयो । दक्षिणकालीमा १९९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी तारकेश्वरमा नगरप्रमुखका लागि १४ जना र उपप्रमुखका लागि नौ जनासहित कुल ३०७ जनाले उम्मेदवारी दिएका छन् । नागार्जुन नगरपालिकामा नगरप्रमुखका लागि १६ जना र उपप्रमुखका लागि छ जनासहित २६६ जनाले उम्मेदवारी परेको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनुभयो ।
यस्तै शङ्खरापुरमा कुल ४७ जनप्रतिनिधि निर्वाचित हुनपर्नेमा २०९ जनाले उम्मेदवारी दिएका छन् । नगरप्रमुख र उपप्रमुखमा १०- १० जनाले उम्मेदवारी दिएका छन् । गोकर्णेश्वरमा ४७ जनप्रतिनिधि निर्वाचित हुनपर्नेमा २०७ जनाले उम्मेदवारी दिएका छन् । सो नगरपालिकामा नगरप्रमुखका लागि १२ जना र उपप्रमुखका लागि छ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कागेश्वरीमा ५७ पदाधिकारीका लागि कागेश्वरीमा ३०७ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तैगरी टोखामा ५७ जनप्रतिनिधि चयन हुनुपर्नेमा २६२ जना, कीर्तिपुरमा ५२ निर्वाचित हुनुपर्नेमा २६८ जना तथा बूढानीलकण्ठमा ६७ जना जनप्रतिनिधि निर्वाचित हुनुपर्नेमा २९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा