
सङ्घीय समाजवादी फोरमले बुधबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु । तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस
काठमाडौँ, २० वैशाख । सङ्घीय समाजवादी फोरम, नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाउनु अघि नै संविधान संशोधन गर्नुपर्ने माग गरेको छ ।
फोरमले आज पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले सरकारले दुई चरणको निर्वाचनका बीचमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएकाले पहिलो चरणको निर्वाचन प्रक्रियामा भाग लिएको जानकारी गराउनुभयो ।
“सबै जातजातिलाई समानता र सामाजिक न्याय नभएसम्म दलले उठाएका मुद्दा छोड्दैन, मधेसी मोर्चाको औचित्य भविष्यमा पनि निरन्तर रहिरहनेमा हाम्रो दल दृढ छ, केही दलले मोर्चाको औपचारिक बैठक समेत नबसी औचित्य समाप्त भयो भन्नु दुःखद् छ, मोर्चाको औचित्य छैन भन्ने आफैँ समाप्त हुन्छ” – उहाँले भन्नुभयो ।
मोर्चाको बैठक समेत नबसी केही दलले सरकारलाई गरेको समर्थनप्रति पनि नेता यादवले आपत्ति जनाउनुभयो । प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावले लोकतन्त्र र न्यायिक स्वतन्त्रतामाथि आक्रमण गरेको दाबीसमेत उहाँले गर्नुभयो ।
मोर्चामा कृत्रिम विवाद सिर्जना गरेर प्रतिगामी शक्तिलाई सहयोग पुरयाउन खोजिएको नेता यादवको भनाइ थियो ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान