उम्मेदवारी दर्ता, कुन जिल्लाबाट को परे ?

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव स्थानीय तह निर्वाचनको काठमाडौ महानगरपालिकाका लागि राष्टिय सभागृहमा भईरहेको उम्मेदवारी मनोनयन दर्ताको निरीक्षणका क्रममा नयाँ शक्ति पार्टीका नेतृ हिसिला यमीसँग कुराकानी गर्दै । तस्बिर ः नारायण न्यौपाने, रासस

काठमाडौँ, १९ वैशाख । काठमाडाँैको दक्षिणकाली नगरपालिकाको प्रमुखमा १० र उपप्रमुखमा पाँच जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

दक्षिणकाली नगरपालिकाका निर्वाचन अधिकृत प्रतिमा पोखरेलका अनुसार, प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिनुहुनेमा क्रमशः नेपाली काँङ्ग्रेसबाट मोहन बस्नेत र बसन्ती लामा, नेकपा (एमाले)बाट शशी शर्मा आर्याल र मीरा महर्जन तथा नेकपा (माओवादी केन्द्र)बाट सन्दीप लामा र कमला बोहरा क्षेत्री रहेका छन् ।

यसैगरी टोखा नगरपालिकामा २५५ जना उम्मेदवारको मनोनयन परेको छ ।

टोखाका निर्वाचन अधिकृत दिनवन्धु वरालकाअनुसार प्रमुखमा १४ र उपप्रमुखमा ९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रमुख पदमा उम्मेदवारी गराउनेमा काङग्रेसबाट हरिहर अधिकारी, एमालेबाट प्रकाश अधिकारी र नेकपा माओवादी केन्द्रबाट कल्पना शर्मा रहेका छन् ।

भक्तपुर– जिल्लाका चारवटै नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुले कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको मध्यपुर थिमि नगरपालिकामा कांग्रेसबाट प्रमुखमा अष्टकुमार कवे र उपप्रमुखमा अञ्जना मधिकर्मीले उम्मेदवारी दर्ता गराएका छन् भने एमाले, नेमकिपा र माओवादी केन्द्रकातर्फबाट प्रमुखमा एमालेका मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा नेमकिपाका केदार खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी भक्तपुर नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा राम अवाल र उपप्रमुखमा गङ्गा अवाले, नेमकिपाको तर्फबाट प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशी, माओवादी केन्द्रका तर्फबाट प्रमुखमा सत्यलाल मूल र उपप्रमुखमा इन्द्रमाया सुवाल, एमालेबाट प्रमुखमा विष्णु सुवाल र उपप्रमुखमा रीता अवालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

सूर्यविनायक नगरपालिकामा काँग्रेसबाट प्रमुखमा विष्णुराज कार्की र उपप्रमुखमा कल्पना राजथला, एमालेबाट प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा जुना बस्नेत, नेमकिपाबाट प्रमुखमा मनशोभा त्वाँटी र उपप्रमुखमा महेन्द्र बखुन्छें, माओवादी केन्द्रबाट प्रमुखमा दिलकृष्ण तजः, उपप्रमुखमा पूण्यवती चौंलागाई, नेकपा मालेबाट प्रमुखमा ज्ञानराम श्रेष्ठ र उपप्रमुखमा विना श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

चाँगुनारायण नगरपालिकाको प्रमुखमा कांग्रेसका राजाराम खड्का, नेकपा मालेका साधुराम दाहाल, नेमकिपाका न्हुँछे फोजु, नेकपा एमालेका सोम मिश्र, राप्रपाका रवीन्द्र प्रताप शाह र माओवादी केन्द्रका शिव अधिकारीले मनोनयन दर्ता गराएका छन भने उपप्रमुखमा काँग्रेसका सरु बाँनिया, मालेका लक्ष्मी मगराति, एमालेका बिना बास्तोला, राप्रपाका युवती कार्की, नेमकिपाका गीता काफ्ले र माओवादी केन्द्रका लक्ष्मी खड्काले मनोनयन दर्ता गराएका छन् ।

लमजुङ– जिल्लाका आठवटै स्थानीय तहमा आज उम्मेदवारी दर्ता भएका छन् ।

बेँसीसहर नगरपालिकामा काँग्रेसबाट प्रमुखमा भेषबहादुर पौडेल र उपप्रमुखमा इन्दिरा तिवारी, एमाले र माओवादी केन्द्रको संयुक्त गठवन्धनबाट प्रमुखमा गुमानसिंह अर्याल र उपप्रमुखमा लक्ष्मी अधिकारीले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सुन्दरबजार नगरपालिकामा काँग्रेसबाट प्रमुखमा बद्रीमान श्रेष्ठ र उपप्रमुखमा ज्ञानु शाहा तथा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट प्रमुखमा जनकराज मिश्र र उपप्रमुखमा शान्ता भुजेलले उम्मेदवारी दिएका छन् ।

मध्यनेपाल नगरपालिकामा काँग्रेसबाट प्रमुखमा रमेश पाण्डे र उपप्रमुखमा सीता ठकुरी, एमाले–माओवादी केन्द्र गठबन्धनबाट प्रमुखमा मनहरि पौडेल र उपप्रमुखमा राजकुमार श्रेष्ठ तथा राप्रपाबाट प्रमुखमा श्रीप्रसाद घिमिरे र उपप्रमुखमा गृह्यश्वरी विकले उम्मेदवारी दर्ता गराएका छन् ।

राइनास नगरपालिकामा काँग्रेसबाट प्रमुखमा गणेश चिलवाल र उपप्रमुखमा धनकुमारी गुरुङ, माओवादी केन्द्र–एमाले गठवन्धनबाट प्रमुखमा सिंहबहादुर थापा र उपप्रमुखमा पुष्पराज खनाल तथा राप्रपाबाट प्रमुखमा राजेन्द्र लौडारी र उपप्रमुखमा कोहिनुर श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

रसुवा– नौकुण्ड गाउँपालिकामा काँग्रेसबाट नोर्बुसाङ्बो तामाङ अध्यक्ष र लक्ष्मीमायाँ वाइवा उपाध्यक्ष, एमालेबाट विकास तामाङ अध्यक्ष र सिर्जना तामाङ उपाध्यक्ष, माओवादी केन्द्रबाट फुलमाया वाइवा अध्यक्ष र केशवप्रसाद पौडेल उपाध्यक्ष तथा नयाँशक्तिबाट भूमे लामा अध्यक्ष र युती लामिनी उपाध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ ।

त्यस्तै कालिका गाउँपालिकामा काँग्रेसबाट साधुराम पौडेल अध्यक्ष र सावित्री केसी उपाध्यक्ष, एमालेबाट सीतादेवी पौडेल अधिकारी अध्यक्ष र भवानीप्रसाद न्यौपाने उपाध्यक्ष, माओवादी केन्द्रबाट उद्धव रिजाल अध्यक्ष र उपाध्यक्षमा शीला मगर, नयाँशक्तिबाट कृष्ण तामाङ अध्यक्ष र सरिता न्यौपाने उपाध्यक्षमा मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जानकारी दिनुभयो ।

यसैगरी उत्तरगया गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा उपेन्द्र लम्साल र उपाध्यक्षमा पम्फादेवी तिमिल्सिना, एमालेबाट अध्यक्षमा अशोककुमार घिमिरे र उपाध्यक्षमा चमेली गुरुङ, माओवादी केन्द्रबाट अध्यक्षमा मेघनाथ घिमिरे र उपाध्यक्षमा रेणुमायाँ गुरुङ तथा नयाँशक्तिबाट अध्यक्षमा इन्द्र सापकोटा र उपाध्यक्षमा चमेली विकले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी गोसाइकुण्ड गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा पेम्बा छिरिङ तामाङ र उपाध्यक्षमा देवी तामाङ, एमालेबाट अध्यक्षमा काइसाङ नुर्पु तामाङ र उपाध्यक्षमा कर ग्याल्पो श्रेष्ठ तामाङ, नयाँ शक्तिबाट अध्यक्षमा कामीबुटी तामाङ र उपाध्यक्षमा नुर्पुसिङ्गी तामाङ, माओवादी केन्द्रबाट उपाध्यक्षमा फूर्वा तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

पावतीकुण्ड गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा अविनास तामाङ र उपाध्यक्षमा छेन्जुम तमाङ, एमालेबाट ल्हाक्पा गोम्बु तामाङ अध्यक्ष र नविना तामाङ उपाध्यक्ष, माओवादी केन्द्रबाट फूर्पा तेन्जेन तामाङ अध्यक्ष र तारा तामाङ उपाध्यक्ष तथा नयाँशक्तिबाट भुजुङ तामाङ अध्यक्ष र सङ्गीता तामाङ उपाध्यक्षमा मनोनयन दर्ता गराउनुभएका छन् ।

त्रिशूली (नुवाकोट)– स्थानीय तह निर्वाचनका लागि आज नुवाकोटको दुई नगरपालिका र १० गाउँपालिकामा उम्मेदवारको मनोनयन दर्ता भएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नयाँ शक्ति नेपाललगायत राजनीतिक दलबाट र केहीले स्वतन्त्र उम्मेदवार पनि दर्ता गराएका छन् ।

विदुर नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा ध्रुव अधिकारी र उपप्रमुखमा गीता अमात्य, एमालेका तर्फबाट प्रमुखमा सन्जु पण्डित र उपप्रमुखमा गीता दाहाल, माओवादी केन्द्रका तर्फबाट प्रमुखमा लीलानाथ न्यौपाने र उपप्रमुखमा सुभद्रा नेपाल तथा नयाँ शक्तिका तर्फबाट प्रमुखमा नवराज ढुङ्गानाले मनोनयन दर्ता गराउनुभएको छ ।

बेलकोटगढी नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा प्रताप लामा र उपप्रमुखमा हीरा पाण्डे, एमालेका तर्फबाट प्रमुखमा राजेन्द्ररमण खनाल र उपप्रमुखमा रुपा सापकोटा तथा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा जगतबहादुर गुरुङ र उपप्रमुखमा कविता ढुङ्गानाले मनोनयन दर्ता गराउनुभएको छ ।

जिल्लाको सबै गाउँपालिका र नगरपालिकमा मनोनयन दर्ता भएपनि विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

सुर्खेत– सुर्खेतका विभिन्न गाउँपालिका र नगरपालिकामा पनि मनोनयन दर्ता भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा देवकुमार सुवेदी र उपप्रमुख जानकी सिंह, एमालेका तर्फबाट प्रमुखमा बालाराम शर्मा र उपप्रमुखमा मोहनमाया ढकाल, माओवादी केन्द्रका तर्फबाट प्रमुखमा रत्न गाहा र उपप्रमुखमा हरिमाया शर्मा, राप्रपाका तर्फबाट प्रमुखमा इश्वर श्रेष्ठ र उपप्रमुख टीका योगी तथा स्वतन्त्र उम्मेदवार गेहेन्द्रप्रसाद दाहालले प्रमुख र भोजप्रसाद चपाईंले उपप्रमुख पदमा मनोनयन दर्ता गराउनुभएको छ ।

त्यस्तै गुर्भाकोट नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा हस्त पुन र उपप्रमुख मैना विक, एमालेका तर्फबाट प्रमुखमा देवबहादुर खत्री र उपप्रमुख सुशीला विक तथा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा हिराबहादुर थापा र उपप्रमुखमा नन्दकली विकले मनोनयन दर्ता गराउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी भेरीगङ्गा नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा भूपेन्द्रबहादुर चन्द र उपप्रमुखमा रेणु ढकाल, एमालेका तर्फबाट प्रमुखमा यज्ञप्रसाद ढकाल, उपप्रमुखमा चन्द्रा आचार्य तथा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा कृष्णप्रसाद गिरि र उपप्रमुखमा डिलसरा थापाले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै पञ्चपुरी नगरपालिकामा काँग्रेसबाट प्रमुखमा उपेन्द्रबहादुर थापा र उपप्रमुखमा मुक्तिदेवी पुरी, एमालेबाट प्रमुखमा मनबहादुर विक र उपप्रमुख राजकुमारी तिवारी तथा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा धनबहादुर थापा र उपप्रमुखमा सीता पाण्डेले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी लेकबेँसी नगरपालिकामा काँग्रेसबाट प्रमुखमा उमेश पौडेल र उपप्रमुखमा डिलमती विक, एमालेबाट प्रमुखमा गगनसिं सुनार र उपप्रमुखमा शान्तिकुमारी छन्तेल तथा माओवादी केन्द्रबाट प्रमुखमा खड्कबहादुर घर्ती र उपप्रमुख आरती विकले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

चौकुने गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा गजराज जोशी र उपाध्यक्षमा रेणु राना, एमालेबाट अध्यक्षमा धिरबहादुर शाही र उपाध्यक्ष निर्मला रानामगर तथा माओवादी केन्द्रबाट अध्यक्षमा खड्कबहादुर विक र उपाध्यक्षमा बिमला जिसीले मनोनयन दर्ता गराउनुभएको छ ।

बराहताल गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा तेजबहादुर बस्नेत र उपाध्यक्षमा शोभा शर्मा, एमालेबाट अध्यक्षमा ताराकेशर गौतम तथा माओवादी केन्द्रबाट अध्यक्षमा बलबहादुर कठायत, उपाध्यक्षमा गोमा गुरुङले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै सिम्ता गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा खड्ग पोखरेल, एमालेबाट अध्यक्षमा कविन्द्रकुमार केसी र उपाध्यक्ष चन्द्रकला शाही तथा माओवादी केन्द्रबाट अध्यक्षमा झुपबहादुर बुढा र उपाध्यक्ष चन्द्रकला खत्रीले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी चिङ्गाड गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा देवबहादुर चन्द र उपाध्यक्षमा मनमाया आचार्य, एमालेबाट अध्यक्षमा बखत खत्री र उपाध्यक्ष दीपा राना तथा माओवादी केन्द्रबाट अध्यक्षमा बोधविक्रम जिसी र उपाध्यक्षमा तेजकुमारी रानाले मनोनयन दर्ता गराउनुभएको छ ।

जाजरकोट– जाजरकोटका विभिन्न नगरपालिका र गाउँपालिकामा पनि विभिन्न राजनीतिक दलका उम्मेदवारले पनि मनोनयन गराउनुभएको छ ।

भेरी नगरपालिकामा काँग्रेसबाट अध्यक्षमा सनतकुमार कार्की र उपाध्यक्षमा धनाकुमारी चपाईँ, एमालेबाट अध्यक्षमा सिपी घर्ती र उपाध्यक्षमा भावना भण्डारी, माओवादी केन्द्रबाट अध्यक्षमा ढकवीर राना र उपाध्यक्षमा कृष्ण शर्मा तथा संयुक्त गठबन्धन (माले, सङ्घीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा) बाट अध्यक्षमा सीता दवाडी र उपाध्यक्षमा पदमावती पुनले मनोनयन दर्ता गराउनुभएको छ ।

छेडागाड नगरपालिकामा काँग्रेसबाट अध्यक्षमा रत्नबहादुर खड्का र उपाध्यक्षमा रेश्मा शाही, एमालेबाट अध्यक्षमा लालबहादुर महतारा र उपाध्यक्ष सरिता ओली तथा माओवादी केन्द्रबाट अध्यक्षमा चन्द्रबहादुर थापा र उपाध्यक्षमा धर्मशीला बस्नेतले मनोनयन दर्ता गराउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी त्रिवेणीनलगाड नगरपालिकामा काँग्रेसबाट अध्यक्षमा छवि पन्त र उपाध्यक्षमा धनमाया शाही, एमालेबाट अध्यक्षमा नवेन्द्र नेपाली र उपाध्यक्षमा सुनिता बोहरा तथा माओवादी केन्द्रबाट अध्यक्षमा टेकबहादुर रावल, उपाध्यक्षमा सुनिता बस्नेतले मनोनयन दर्ता गराउनुभएको छ ।

कुशेगाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा हरिचन्द्र बस्नेत र उपाध्यक्षमा रामछाया शाही, एमालेबाट अध्यक्षमा तप्त हमाल र उपाध्यक्षमा गङ्गाकुमारी आरसी तथा माओवादी केन्द्रबाट अध्यक्षमा जनकराज शर्मा र उपाध्यक्षमा अम्बिका बस्नेतले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी बारेकोट गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा महेन्द्र शाह र उपाध्यक्षमा कालु ज्योति, एमालेबाट नीमबहादुर सिंह र उपाध्यक्षमा गीता सिंह तथा माओवादी केन्द्रबाट अध्यक्षमा तिलक रावत र उपाध्यक्षमा ओमा शाही, जुनीचाँदे गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा सर्वराज रावत र उपाध्यक्षमा तुल्सीदेवी बस्नेत, एमालेबाट अध्यक्षमा बेदबहादुर शाही र उपाध्यक्षमा अम्वा शाह तथा माओवादी केन्द्रबाट अध्यक्षमा कृष्ण केसी र उपाध्यक्षमा शिव आचार्य बस्नेतले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै शिवालय गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा खड्क बिसी र उपाध्यक्षमा गीता शाही, एमालेबाट अध्यक्षमा नरेन्द्र शाही र उपाध्यक्षमा कुमारी थापा तथा माओवादी केन्द्रबाट अध्यक्षमा लालबहादुर थापा र उपाध्यक्षमा लक्ष्मी केसीले मनोनयन दर्ता गराउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बागलुङ– जिल्लाका दसवटै स्थानीय तहमा दलहरुले मनोनयत दर्ता गरेका हुन् ।

नेपाली काँग्रेसबाट बागलुङ नगरपालिकाको प्रमुखमा वसन्तकुमार श्रेष्ठ र उपप्रमुखमा शकुन्तला शर्मा, गलकोट नगरपालिकाको प्रमुखमा भरत शर्मा गैरे र उपप्रमुखमा रेणुका काउचा, जैमुनी नगरपालिकाको प्रमुखमा इन्द्रराज पौडेल र उपप्रमुखमा कौशिला विश्वकर्मा, ढोरपाटन नगरपालिकाको प्रमुखमा अर्जुन शेरचन र उपप्रमुखमा दिलमाया पौवीले उम्मदेवारी दिएका छन् ।

बागलुङ नगरपालिकामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ । जसअनुसार प्रमुखमा एमालेका जनक पौडेल र उपप्रमुखमा राप्रपाका सुरेन्द्र खड्काको उम्मेदवारी परेको छ । एमालले अन्य स्थानीय तहमा राष्ट्रिय जनमोर्चासँग एकता गरेर चुनावी मोर्चामा उत्रिएको छ । एमालेले जनमोर्चालाई प्रमुख दिएर गलकोट नगरपालिकामा उपप्रमुखमा रत्ना भण्डारीेलाई उम्मदेवार बनाएको छ । यस्तै, जैमुनी नगरपालिकामा प्रमुखमा राष्ट्रिय जनमोर्चाबाट नरबहादुर पुन र उपप्रमुखमा एमालेबाट लीला राना उम्मदेवारी दिएका छन् ।

ढोरपाटन नगरपालिकामा एमालेबाट प्रमुखमा देवकुमार नेपाली र उपप्रमुखमा कर्मती घर्तीले उम्मदेवारी दर्ता गराएका छन् । राजमोबाट प्रमुखमा गौरीश्वर पाण्डे र उपप्रमुखमा दर्गादेवी घर्तीले पनि मनोनयन दर्ता गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट बागलुङ नगरपालिकाको प्रमुखमा कुशुम बुढा र उपप्रमुखमा निर्मल श्रेष्ठ, गलकोट नगरपालिकाको प्रमुखमा फमलाल न्यूरे र उपप्रमुखमा ललिता थापा, ढोरपाटन नगरपालिकाको प्रमुखमा शेरमान घर्ती र उपप्रमुखमा दिपश्ना मगर सुनार, जैमिनी नगरपालिकाको प्रमुखमा शोभाप्रसाद शर्मा र उपप्रमुखमा देवी शर्माको उम्मदेवारी परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री