
काठमाडौँ, १९ वैशाख । निर्वाचन आयोले पहिलो चरणमा यही वैशाख ३१ निर्वाचन हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनको लागि आज भएको उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण तथा उत्साहजनरुमा भएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणअन्तर्गत आज भएको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जानकारी दिनुभयो । प्रमुख राजनीतिक दलले कतिपय स्थानका उम्मेदवारको छनोट अन्तिम समयमा गरेको हुँदा बिहानको तुलनामा अपराह्नपछि मनोनयन स्थलमा निकै चाप बढको थियो । केही स्थानमा राति अवेरसम्म लाम बसेर उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।
काठमाडौँ महानगरपालिकासहितका पङ्क्तिबद्ध भएर बसेका मतदाताले मनोनयन दर्ता चुस्त हुन नसकेको जनाउँदै त्यसलाई थप व्यवस्थित तुल्याउन प्रमुख निर्वाचन आयुक्त यादवसँग अनुरोध समेत गरे । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म समय तोकिएको थियो । पहिलो चरणको निर्वाचनबाट ९७ प्रमुख त्यहीकै सङ्ख्यामा उपप्रमुख, १८६ अध्यक्ष र सोही सङ्ख्यामा उपाध्यक्ष चयन हुने छन् ।
उक्त निर्वाचनबाट दुई हजार ५९८ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित सदस्य निर्वाचित हुने संवैधानिक प्रावधान रहेको छ ।
काठमाडौँ र ललितपुर जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन प्रक्रियाको अवलोकनपछि प्रमुख निर्वाचन आयुक्तले निर्वाचनमा देखिएको उत्साहले निर्वाचन आयोगले खुसी र गौरव महसुस गरेको प्रतिक्रिया दिनुभयो ।
थोरै जनसङ्ख्या भएका स्थानीय तहमा भने उम्मेदवारी मनोनयन दर्ता समयमै पूरा भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम आजै रहेपनि कतिपय स्थानमा मनोनयन दर्ता कार्यमा भएको ढिलाइका कारण भोलि बिहानका लागि सारिएको जानकारी प्राप्त भएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान