
काठमाडौँ, १९ वैशाख । निर्वाचन आयोले पहिलो चरणमा यही वैशाख ३१ निर्वाचन हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनको लागि आज भएको उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण तथा उत्साहजनरुमा भएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणअन्तर्गत आज भएको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जानकारी दिनुभयो । प्रमुख राजनीतिक दलले कतिपय स्थानका उम्मेदवारको छनोट अन्तिम समयमा गरेको हुँदा बिहानको तुलनामा अपराह्नपछि मनोनयन स्थलमा निकै चाप बढको थियो । केही स्थानमा राति अवेरसम्म लाम बसेर उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।
काठमाडौँ महानगरपालिकासहितका पङ्क्तिबद्ध भएर बसेका मतदाताले मनोनयन दर्ता चुस्त हुन नसकेको जनाउँदै त्यसलाई थप व्यवस्थित तुल्याउन प्रमुख निर्वाचन आयुक्त यादवसँग अनुरोध समेत गरे । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म समय तोकिएको थियो । पहिलो चरणको निर्वाचनबाट ९७ प्रमुख त्यहीकै सङ्ख्यामा उपप्रमुख, १८६ अध्यक्ष र सोही सङ्ख्यामा उपाध्यक्ष चयन हुने छन् ।
उक्त निर्वाचनबाट दुई हजार ५९८ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित सदस्य निर्वाचित हुने संवैधानिक प्रावधान रहेको छ ।
काठमाडौँ र ललितपुर जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन प्रक्रियाको अवलोकनपछि प्रमुख निर्वाचन आयुक्तले निर्वाचनमा देखिएको उत्साहले निर्वाचन आयोगले खुसी र गौरव महसुस गरेको प्रतिक्रिया दिनुभयो ।
थोरै जनसङ्ख्या भएका स्थानीय तहमा भने उम्मेदवारी मनोनयन दर्ता समयमै पूरा भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम आजै रहेपनि कतिपय स्थानमा मनोनयन दर्ता कार्यमा भएको ढिलाइका कारण भोलि बिहानका लागि सारिएको जानकारी प्राप्त भएको छ ।
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]