काठमाडौँ, १९ वैशाख । नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका १० नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसहितका नेताबीच आज सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको परामर्शबाट काठमाडौँ महानगरपालिका प्रमुखमा विद्यासुन्दर शाक्यलाई चयन गर्ने निर्णय भएको पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । यस्तै ललितपुर महानगरपालिका प्रमुखमा एमालेले हरिकृष्ण व्यञ्जनकारलाई उठाउने भएको छ । दुवै महानगरका उपप्रमुखमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्नेछ ।
यस्तै कागेश्वरी मनहरा नगरपालिका प्रमुखमा कृष्णहरि थापा र उपप्रमुखमा विन्दु सिंखडा, गोकर्णेश्वर प्रमुखमा पुण्य चौलागाईं र उपप्रमुखमा शान्ति श्रेष्ठ, टोखा प्रमुखमा प्रकाश अधिकारी र उपप्रमुखमा ज्ञानमाया डङ्गोल, तारकेश्वर प्रमुखमा रामकृष्ण बोहोरा र उपप्रमुखमा भानु डोटेल, दक्षिणकाली प्रमुखमा प्रह्लाद कार्की र उपप्रमुखमा लिसा नकर्मी, बूढानीलकण्ठ प्रमुखमा उद्धव खरेल र उपप्रमुखमा रमा राई, नागार्जुन प्रमुखमा कृष्णहरि खत्री र उपप्रमुखमा सुशीला अधिकारी, शङ्खरापुर प्रमुखमा सुवर्ण श्रेष्ठ र उपप्रमुखमा शुक्रलक्ष्मी श्रेष्ठ, चन्द्रागिरि प्रमुखमा शशि शर्मा अर्याल र उपप्रमुखमा मीरा आचार्य महर्जन तथा कीर्तिपुर प्रमुखमा रमेश महर्जन र उपप्रमुखमा सरस्वती खड्का उम्मेदवार बन्नुभएको छ ।
एमालेका काठमाडौँ जिल्ला इन्चार्ज सावित्रा भुसालले काठमाडौँ महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी सम्बन्धमा पार्टीका शीर्ष नेताहरुले केहीबेरपछि निर्णय दिने बताउनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता