
स्थानीय तहको निर्वाचनको लागि भारत सरकारले सहयोग स्वरुप उपलब्ध गराएको सवारी साधनको साँचो प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको उपस्थितिमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई हस्तान्तरण गर्दै नेपालका लागि भारतीय राजदूत मन्जिभसिह पुरी । तस्बिर ः नारायण न्यौपाने, रासस
काठमाडौँ, १८ वैशाख । भारत सरकारले स्थानीय तहको निर्वाचनका लागि रु आठ करोड ९१ लाख मूल्य बराबरका ८६ वटा सवारीसाधन सहयोगस्वरुप उपलब्ध गराएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको उपस्थितिमा निर्वाचन आयोगमा आज आयोजित समारोहमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले सवारीसाधनको साँचो हस्तान्तरण गर्नुभयो ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन यही वैशाख ३१ र दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हँुदैछ । भारत सरकारले स्थानीय तहको निर्वाचनका लागि आयोगलाई ३५ वटा पिकअप, सात वटा स्करपियो जिप, पाँच वटा कार, एउटा मिनीबस, एउटा माइक्रो बस, ३० वटा पल्सर मोटरसाइकल र सात वटा स्कुटर उपलब्ध गराएको हो ।
नेपाल-भारतबीच सहयोग आदानप्रदानको एउटा कडीको रुपमा पछिल्लो सहयोग उपलब्ध गराइएको यहाँ स्थित भारतीय राजदूतावासले जनाएको छ ।
सो अवसरमा राजदूत पुरीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आयोगले गरिरहेको बृहत् तयारीप्रति बधाई दिदैं नेपालको सामाजिक र आर्थिक रुपान्तरण तथा शान्ति र स्थायित्वका लागि भारत सधँै सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
नेपाल सरकारको आग्रहमा भारतले स्थानीय तह निर्वाचनका लागि सहयोग स्वरुप सवारीसाधन र बन्दोबस्तीका सामग्री उपलब्ध गराएको भारतीय राजदूतावासले जनाएको छ ।
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त