काठमाडौँ, १८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने विषयप्रति असहमति जनाउँदै सरकारबाट फिर्ता हुने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महाभियोगको विपक्षमा तथा संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठका अनुसार स्थानीय तहको निर्वाचन सुनिश्चित गर्न भूमिका निर्वाह गर्ने तथा सांसद रामकुमार सुब्बा, विराज विष्ट र रेशम लामालाई स्पष्टीकरण लिने निर्णय गरेको छ । अघिल्लो दिन बसेको संसदीय दलको बैठकमा अनुपस्थित भएका कारण उहाँहरुलाई स्पष्टीकरण लिन लागिएको हो ।
पार्टीका तर्फबाट व्यवस्थापिका–संसद्मा ३७ सांसद छन् । तीमध्ये पार्टी अध्यक्ष कमल थापा तथा नेता दीपक बोहरा, विक्रम पाण्डे, दिलनाथ गिरी र परशुराम तामाङ सरकारमा सहभागी हुनुहुन्थ्यो ।
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार