काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले व्यवस्थापिका–संसद्का केही सदस्यले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउनु ‘स्वेच्छाचारिताको पराकाष्टा’ भएको ठहर गरेको छ ।
सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकको निर्णयमा भनिएको छ, “ पूर्वाग्रह र दुराशयपूर्ण उक्त प्रस्ताव विधिको शासन र स्वतन्त्र न्यायलयमाथिको ठाडो हस्तक्षेप हो भन्ने हाम्रो ठहर छ ।” एमालेका सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमाा भनिएको छ, “यो प्रस्ताव लोकतान्त्रिक व्यवस्थाअन्तर्गतको संविधानले व्यवस्था गरेको शक्ति पृथकीकरणको सिद्धान्तका विरुद्धमा मात्र छैन, यसले नेपाली काँग्रेस र माओवादी केन्द्रको स्वेच्छचारिताको पराकाष्टासमेत प्रकट गरेको छ ।
‘निर्भीक, दक्ष तथा कर्तव्यपरायण प्रधानन्यायाधीश’का विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावको निन्दा गर्दै उक्त प्रस्ताव तत्काल फिर्ता लिन माग पनि गरिएको छ ।
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट