
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड व्यवस्थापिका संसद्को आइतबारको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १७ वैशाख । नेपालको संविधानमा दोस्रो पटक संशोधन गर्न छलफलका लागि डाकिएको व्यवस्थापिका–संसद्को आजको बैठक उक्त विषयमा प्रवेश नै नगरी तीन दिन पछि सारिएको छ ।
यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न भन्दै बैठक वैशाख २१ गतेसम्म स्थगन गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १९ गते उम्मेदवारी दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । संसद्को आजको बैठक पूर्वसांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगन गरिएको थियो ।
बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वैशाख १९ गते उत्सवका रुपमा उम्मेदवारी दर्ता गर्न बैठक सारिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “वैशाख ३१ गते हुने निर्वाचनको तयारी गर्न सबै सांसदलाई जिल्ला पुग्ने वातावरण बनाउन बैठक सारिएको हो । त्यो सकेर मात्र संशोधन प्रस्तावका बारेमा वैशाख २१ गते छलफल हुन्छ ।”
वैशाख ३१ गतेको निर्वाचन कुनै पनि हालतमा हुने बताउँदै उहाँले भन्नुभयो – “अब कसैमा पनि कुनै खालको द्विविधा पर्न र पार्न आवश्यक छैन ।” निर्वाचनमा मधेस केन्द्रित दलको सहभागिताका सम्बन्धमा सोधिएको जिज्ञासामा प्रधानमन्त्री दाहालले उनीहरु पनि निर्वाचनमा आउने विश्वास व्यक्त गर्नुभयो । उम्मेदवारी दर्ता गरेर निर्वाचन सम्पन्न गर्ने विषयलाई सबैले प्राथमिकता दिनुपर्ने परिस्थिति बनेको पनि उहाँले स्मरण गराउनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यवस्थापिका संसद्को आइतबारको बैठकमा सहभागी हुन जादै । तस्बिर ः रोशन सापकोटा, रासस
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै ‘वैशाख ३१ गतेको निर्वाचन भयो’ भन्नुभयो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने बताउनुभयो र दलहरुबीच संविधान संशोधन प्रस्तावमाथि सहमति कायम गर्न संसद बैठक सारिएको खुलासा गर्नुभयो ।
नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको जानकारी दिँदै संशोधन प्रस्ताव सरकारले फिर्ता लिनुपर्ने बताउनुभयो । बजेट ल्याउनुपर्ने स्थिति पनि रहेकाले त्यस अघि नै निर्वाचन हुनुपर्ने उहाँको तर्क थियो ।
संसद् बैठकबाट बाहिरिने क्रममा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमाथि छलफल नगरी संसद् बैठक सारिएको विषयमा सङ्घीय गठबन्धनको बैठक बसेर निर्णय लिइने बताउनुभयो ।
सरकारले पहिलो चरणको स्थानीय तहको निर्वाचन यही वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा गर्ने तयारी गरेको छ । संसद्को अर्काे बैठक यही वैशाख २१ गते अपराह्न ३ बजे बस्नेछ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान